English

नयाँ कम्पनी दर्ता गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया र लाग्ने शुल्क



कुनै निश्चित उद्देश्य प्राप्तिको लागि प्रचलित कानुनअनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ । उद्योग व्यवसाय गर्न चाहने व्यक्ति वा समूहले कम्पनी ऐन, २०६३ अनुसार कम्पनी दर्ता गर्नुपर्ने हुन्छ । यो ऐन अनुसार प्राइभेट, पब्लिक र मुनाफा वितरण नगर्ने कम्पनी गरि तीन प्रकारका हुन्छन् । तिनै कम्पनी दर्ता गर्ने प्रक्रिया थाहा नहुँदा धेरै युवा उद्यमीहरु अलमलमा परेका छन् । त्यसो यहाँ कम्पनी दर्ता गर्ने प्रक्रिया र लाग्ने शुल्कका बारेमा चर्चा गरिएको छ ।

प्राइभेट कम्पनी

प्राइभेट कम्पनीमा कम्तिमा २ जना र बढीमा १०१ जना संचालक हुनुपर्छ । यस कम्पनीको पुँजी कम्तिमा १ लाख रुपैयाँसम्म हुनुपर्छ । यो कम्पनी दर्ता गर्न कम्पनीको रकममा भर पर्ने हुन्छ ।

पब्लिक कम्पनी

पब्लिक कम्पनीमा संस्थापित कम्पनीमध्ये प्राइभेट कम्पनी बाहेकको कम्पनी हो । जसमा कम्तीमा ७ जना संस्थापक हुन्छन् । यस कम्पनी दर्ताका लागि चुक्ता पूँजी कम्तीमा १ करोड रुपैयाँ हुनुपर्छ । यस कम्पनीले कम्तिमा पनि ३० प्रतिशत सेयर पब्लिकको लागि छुट्याएको हुनुपर्छ । यो कम्पनी दर्ता गर्न कम्पनीको रकममा भर पर्ने हुन्छ ।

मुनाफा वितरण नगर्ने कम्पनी

कुनै उद्देश्य प्राप्तीको लागि बचत गरेको रकमबाट लाभांश वा अन्य कुनै रकम सदस्यहरुलाई वितरण वा भुक्तानी गर्न नपाउने गरी कम्पनी ऐन, २०६३ बमोजिम संस्थापित कम्पनीलाई मुनाफा वितरण नगर्ने कम्पनी भनिन्छ । यस कम्पनीमा कम्तिमा ५ जनासम्म संस्थापक हुन्छन् । यस्तो कम्पनीले नामको पछाडि सामान्यतया कम्पनी लिमिटेड वा प्रा.लि.जस्ता शब्द लेखिरहनु पर्दैन । यो कम्पनी समाज कल्याण परिषद्मा दर्ता हुन्छ । यसको पुँजी हुँदैन ।

कम्पनी दर्ता गर्दा आवश्यक कागजात

१) प्रबन्धपत्र

२) नियमावली

३) निवेदक÷निवेदन

४) अख्तियारी (आफू अनुपस्थित भएको खण्डमा)

५) नागरिकता

कम्पनी दर्ता गर्ने प्रक्रिया

– कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनीको नाम र उद्धेश्य अरुसँग मेल नखाने गरी कम्पनी रजिष्ट्रारको कार्यालय (ओसिआर) को धधध।यअच।नयख।लउ वेइबसाइटमा गएर अनलाइन सबमिसन गर्ने । (आफू नभएको खण्डमा आख्तियारी दिएर अरुलाई दर्ता गर्न दिने)

– यसरी सबमिसन गरेको नाम १४ दिनमा स्वीकृत हुन्छ ।

– नाम स्वीकृत भएपछि नाम र उद्धेश्य मिल्ने गरी प्रबन्धपत्र, नियमावली र निवेदन तयार गर्ने ।

– नागरिकताको प्रतिलिपी नोटरी गर्ने ।

– यी कागजात तयार गरेपछि फेरि अनलाइन सबमिसन गर्ने र सदर भएपछि ओसिआरमा गएर कम्पनी दर्ता प्रमाणपत्र लिने ।
कम्पनी दर्ता गर्दा कति लाग्छ शुल्क ?

कम्पनी दर्ता गर्दा १ लाख पुँजीको कम्पनी भएमा १ हजार रुपैयाँ दर्ता शुल्क लाग्छ । त्यसैगरी ९ लाखको पुँजी भएमा ४ हजार ५ सय रुपैयाँ, २५ लाखकोे पुँजी भएमा ९ हजार ५ सय रुपैयाँ र १ करोड रुपैयाँ पुँजी भएमा १६ हजार रुपैयाँ दर्ता शुल्क लाग्छ । यसरी रकम बढी भएमा प्रत्येक एक करोडमा ३ हजार रुपैयाँ दर्ता शुल्क थपिन्छ । तर, मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गर्दा १५ हजार रुपैयाँ मात्र दर्ता शुल्क लाग्छ ।

कम्पनी दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरु

– प्राइभेट लिमिटेड कम्पनीको हकमा कम्तीमा एकजना र बढीमा ५० जनासम्म र प्रा.लि. कम्पनीको हकमा कम्तीमा ७ जना संस्थापक शेयरधनीहरु हुनु आवश्यक छ । तर, कुनै पब्लिक लिमिटेड कम्पनी संस्थापक भई अर्को पब्लिक लिमिटेड कम्पनी स्थापना गर्दा ७ जना संस्थापकहरुको आवश्यकता पर्दैन ।

– प्रवन्धपत्र र नियमावली यथासक्य नेपाली कागजमा अथवा टिकाउ खालको कागजमा एकातर्फमात्र टाइप भएको हुर्नुपर्दछ ।

– प्रबन्धपत्र र नियमावली शुद्ध तथा स्पष्ट नेपाली भाषामा तयार गरिएको हुर्नुपर्दछ । विदेशी लगानी हुने कम्पनीको हकमा प्रवन्धपत्र र नियमावली शुद्ध तथा स्पष्ट अंग्रेजी भाषामा तयार गरिएको हुर्नुपर्छ तर, ती दुवैको नेपाली रुपान्तरण पनि पेश गर्नु पर्छ ।

– प्रबन्ध पत्र र नियमावलीको प्रत्येक पानामा तलतिर सबै संस्थापक शेयरवालाहरुले दस्तखत गरेको हुनुपर्दछ ।

– प्रवन्धपत्र र नियमावलीको अन्तिम प्रकरणमा संस्थापक शेयरवालाहरुको पूरा नाम, ठेगाना, लिन कवुल गरेको शेयर संख्या र दस्तखतको साथ साथै प्रत्येक संस्थापकको दस्तखत मुनि स्पष्ट बुझिने गरी ल्याप्चे सहि छाप हुर्नुपर्दछ ।

– संस्थापक शेयरवाला पिच्छे एकजना साक्षीको पूरा नाम, ठेगाना र दस्तखत हुनु आवश्यक छ ।

– नयाँ कम्पनी दर्ता हुँदा त्यस्तो कम्पनीको शेयर पुरानो कम्पनीले खरीद गर्ने प्रावधान राखिएम पुरानो कम्पनीको आर्थिक अवस्था चित्रण भएको प्रमाण पेश गर्नुपर्छ ।

– कम्पनी दर्ता गर्न आउँदा संस्थापक शेयर धनीहरु मध्ये कम्तीमा १ जना कार्यालयमा स्वयम् उपस्थित भइ सनाखत गर्नु पर्दछ ।
(अधिवक्ता गीता चौधरीसँग गरिएको कुराकानीमा आधारित)

यो पनि पढनुहोस् ।

आफैं व्यवसायी बन्न चाहनुहुन्छ ? यी हुन् थोरै लगानीमा सुरु गर्न सकिने ५ व्यवसाय
बैंकबाट कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया
भूकम्पपीडित : घर ठडियो, ऋणले पोल्यो
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’



...
Kelvinutima

Hi! mexi tab excellent web site.

...
Jason Collins

If you want reliable service: canadian online pharmacy insomnia meds – ensure secure HTTPS connection

...
Dorothy Allen

For budget friendly meds: {canadian online pharmacy|legitimate canadian online pharmacy|top canadian online pharmacy|affordable canadian online pharmacy|reliable canadian online pharmacy|verified canadian online pharmacy|discount canadian online pharmacy|cheapest canadian online pharmacy|best rated canadian online pharmacy|honest canadian online pharmacy|canadian online pharmacy that ship to usa|canadian online pharmacy with free shipping|canadian online pharmacy no hidden fees|canadian online pharmacy real reviews|canadian online pharmacy price match|canadian online pharmacy licensed|canadian online pharmacy cipa approved|canadian online pharmacy 24 hour support|canadian online pharmacy fast shipping|canadian online pharmacy usa delivery|canadian online pharmacy generic drugs|canadian online pharmacy brand meds|canadian online pharmacy insulin cheap|canadian online pharmacy asthma inhalers|canadian online pharmacy blood pressure pills|canadian online pharmacy cholesterol meds|canadian online pharmacy antidepressants|canadian online pharmacy anxiety treatment|canadian online pharmacy pain relief|canadian online pharmacy antibiotics|canadian online pharmacy antivirals|canadian online pharmacy diabetes supplies|canadian online pharmacy thyroid medication|canadian online pharmacy hair loss treatment|canadian online pharmacy ed medication|canadian online pharmacy birth control|canadian online pharmacy allergy medicine|canadian online pharmacy sleep aids|canadian online pharmacy arthritis relief|canadian online pharmacy acid reflux meds|canadian online pharmacy seizure medication|canadian online pharmacy cancer support|canadian online pharmacy pet prescriptions|canadian online pharmacy travel vaccines|how to buy from canadian online pharmacy|canadian online pharmacy vs local prices|what to know before using canadian online pharmacy|is this canadian online pharmacy legit|canadian online pharmacy safety tips – verify contact phone number

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested