English

आफैं व्यवसायी बन्न चाहनुहुन्छ ? यी हुन् थोरै लगानीमा सुरु गर्न सकिने ५ व्यवसाय



धेरैलाई आफैं केही व्यवसाय गरौं भन्ने चाहना हुन्छ । तर, व्यवसाय सुरु गर्न भनेजस्तो सजिलो कहाँ छ र ! कुनै व्यवसायका बारेमा सोच्ने बित्तिकै त्यहाँ लगानीको कुरा आइहाल्छ । यसैको अभावमा थुप्रै नेपाली युवा बेरोजगार छन् । यस्तै, अर्को समस्या भनेको दुविधा पनि हो । व्यवसाय सुरु गरेपछि चल्ने हो कि होइन, कतै लगानी डुब्ने पो हो कि भन्ने दुबिधाले पनि सताइरहेको हुन्छ । तर, कतिपय व्यवसाय यस्ता छन् जसमा लगानी गरेर घाटामा जाने सम्भावना पनि कम हुने र लगानी पनि थोरै गरेपुग्छ । तिनै व्यवसायहरुको बारेमा यहाँ चर्चा गरिएको छ :

मास्क
अहिले कोरोना महामारीमा मास्कको प्रयोग अनिवार्य भएकोले यसको व्यापार एकदमै फस्टाएको छ । कोरोना माहामारी भन्दा अघि मास्कको त्यति धेरै प्रयोग हुँदैन थियो । विशेषगरी मास्क विदेशबाट आयात हुन्थ्यो, तर अहिले नेपालमै प्रशस्त मास्क उत्पादन हुन थालेका छन् । त्यसैले यसको उत्पादनलाई व्यवसाय बनाउँदा कम लगानीमा धेरै नाफा निकाल्न सकिन्छ ।

मास्क बनाउनको लागि प्रयोग हुने मेसिन ३० देखि ३५ हजार रुपैयाँमा पाइन्छ । जसलाई ‘एयर लोप मेसिन ल’ भन्निछ । यो मेसिन चलाउनको लागि एउटा एयर कम्पे्रसर चाहिन्छ । जसको मुल्य नेपाली बजारमा १० देखि १५ हजार पर्छ । त्यसैले ४५ देखि ५० हजार भित्र मास्क बनाउने मेसिन प्राप्त गर्न सकिन्छ ।

मास्क बनाउनको लागि प्रयोग हुने मेसिन ३० देखि ३५ हजार रुपैयाँमा पाइन्छ । जसलाई ‘एयर लोप मेसिन ल’ भन्निछ । यो मेसिन चलाउनको लागि एउटा एयर कम्पे्रसर चाहिन्छ । जसको मुल्य नेपाली बजारमा १० देखि १५ हजार पर्छ । त्यसैले ४५ देखि ५० हजार भित्र मास्क बनाउने मेसिन प्राप्त गर्न सकिन्छ । मास्क बनाउन प्रयोग हुने कच्चा पदार्थ मास्क ब्यान्क र लुपको खर्च १० देखि १५ हजार यसरी लगभग ६० हजारको लगानीमा मास्क बनाउने व्यवसाय सुरु गर्न सकिन्छ ।

चाउमिन
चाउमिन बनाउने व्यवसाय पनि थोरै लगानीबाट सुरु गर्न सकिन्छ । छोटो समयमा तयार गरेर बेच्न सकिने खानेकुरा मध्ये चाउमिन पनि पर्छ । त्यसैले यसको व्यवसाय सुरु गर्नु पनि आम्दानी गर्ने एउटा राम्रो उपाय हो ।

यसका लागि चाउमिन बनाउने मेसिनमा लगानी लाग्छ । चाउमिन बनाउने अटोसेमि मेसिन जसमा मिक्चर, कटिङ्ग मेसिन र स्टिमर समावेस हुन्छन् । जसको मुल्य २ लाख रुपैयाँसम्म पर्न आउँछ । यो मेसिन एकपटक किनिसकेपछि त्यति खर्च भने हुँदैन । मैदाको पीठो र प्याकिङका सामग्री मात्र किने पुग्छ ।

फाइबर झोला
प्लास्टिकको प्रयोगले वातावरणमा असर पर्छ भन्ने कुरा बुझेका थुप्रै व्यक्तिहरूले कागज र कपडाका झोला बोक्न सुरु गरिसकेका छन् । प्लास्टिकको दाँजोमा लामो समयसम्म टिक्ने भएकाले पनि यस्ता झोलाको सम्भावना धेरै छ । कागज र कपडाबाट बनेका झोलामा खाद्य सामाग्री, फलफूल, तरकारी, कपडा, जुत्ता, गहना आदि राख्न मिल्ने भएकाले आजकाल साना तथा ठूला पसल र मार्टहरूमा पनि यसको व्यापार हुने गरेको छ ।

साइज कटिङ मेसिन, अल्ट्रा सोनिक सिलिङ मेसिन, पन्चिङ मेसिन र कम्प्रेसर चाहिन्छ । कच्चा पदार्थको रुपमा नन ओबन फेब्रिकको कच्चा पदार्थबाट यो झोला बन्छ । यसका लागि ३ लाख देखि ५ लाखसम्म लगानी लाग्छ ।

लिक्विड साबुन
लुगा धुने झोल साबुन, भाडा धुने झोल साबुन, हार्पिक, फिनेल आदि उत्पादन गर्ने व्यवसाय पनि थोरै लगानीबाटै सुरु गर्न सकिन्छ । यदि सम्भावनाको हिसाबले हेर्ने हो भने सरसफाइका समानहरु जुनसुकै ठाउँमा सदाबहार चलिरहने आइटम हुन् । नेपाली बजारमा लुगा धुने झोल साबुन र भाडा धुने झोल साबुन जस्ता समानहरु भित्रिन थालेको खासै धेरै समय पनि भएको छैन ।

सप केक ले भन्दा लिक्विड सपले लुगा धुन र भाडा धुन सजिलो हुने भएकोले यस्ता झोल साबुनहरु ग्राहकको रोजाईमा पर्न थालेका छन् । यो व्यवसाय सुरु गर्नको लागि लिक्विड साबुन बनाउने एटोमेटीक लिक्विड फिलिङ मेसिनको आवश्यकता पर्छ । जसको मुल्य १ लाख ५० हजार रुपैयाँसम्म पर्छ ।

सप केक ले भन्दा लिक्विड सपले लुगा धुन र भाडा धुन सजिलो हुने भएकोले यस्ता झोल साबुनहरु ग्राहकको रोजाईमा पर्न थालेका छन् । यो व्यवसाय सुरु गर्नको लागि लिक्विड साबुन बनाउने एटोमेटीक लिक्विड फिलिङ मेसिनको आवश्यकता पर्छ । जसको मुल्य १ लाख ५० हजार रुपैयाँसम्म पर्छ । लिक्विड साबुन बनाउने फर्मुला र केमिकलको लागि पनि थोरै लगानी लाग्छ । ग्राहकको मागलाई मध्यनजर गर्दै डिमाण्ड अनुसारका सामानहरु उत्पादन गरेर मार्केटमा थोरै मेहनत गर्दा यसबाट मनग्य आम्दानी गर्न सकिन्छ ।

अगरबत्ती
थोरै लगानीमा नै सुरु गर्न सकिने अर्को व्यवसायहरुमा अगरबत्ती पनि हो । अगरबत्ति पनि सदाबाहार बिक्री हुने सामानमा पर्छ । यो बनाउनका लागि मेसिन बाँसको सुइरा र अगरबत्ति प्रिमिक्स पाउडरको आवश्यकता पर्छ । अगरबत्ती बनाउने सेमि अटोमेटिक मेसिनलाई ३ लाख रुपैयाँ पर्छ । अगरबत्ती बनाउन आवश्यक कच्चा पदार्थको भने ५ देखि १० हजार लगानी लाग्छ ।

यो पनि पढ्नुहोस् ।

निषेधाज्ञामा थप कडाई– पसल साँझ ७ बजेसम्म र सवारीसाधन बेलुका ८ बजेसम्म मात्र चलाउन पाइने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार