English

निषेधाज्ञामा थप कडाई– पसल साँझ ७ बजेसम्म र सवारीसाधन बेलुका ८ बजेसम्म मात्र चलाउन पाइने



काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्बिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले निषेधाज्ञालाई केही कडाइ गर्दै लम्ब्याउने निर्णय गरेको हो ।

बिहिबारबाट लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन बेलुकी ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने र पसल साँझ ७ बजेसम्म मात्र खोल्न पाइने आदेशमा जनाइएको छ । यसैगरी, अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेव अवे वा होम डेलिभरी पनि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्ममात्र गर्न पाइने आदेशमा उल्लेछ । त्यस्तै, सभा सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, विद्यालय मनोरन्जन स्थल, संग्रहालय, रंगशालालाई खोल्न अझै प्रतिबन्ध लगाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested