English

तातोपानी र रसुवागढी नाकाबाट आयात अर्बौंको निर्यात शून्य



फागुन महिनाको समाप्तिसँगै चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको दुई वर्ष बित्छ । यो अवधिमा नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फीरूपमा बन्द छन् ।

२०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको छ । अर्थात् चीनबाट मात्र नेपालमा वस्तुहरू भित्रिएका छन् । नेपालबाट भने केही बाहिरिएको छैन ।

नाका खुलाउन नेपालले पटक–पटक अनुरोध गर्यो तर, चीनले कुनै चासो देखाएको छैन । कोरोना महामारी नियन्त्रण गर्ने बहानामा नेपाली वस्तुको प्रवेशमा चीनले रोक लगाएको हो ।

‘चीनबाट नेपालतर्फ वस्तुहरू पठाउँदा कोरोना नसर्ने तर, नेपालबाट चीनतर्फ वस्तु पठाउँदा कोरोना सर्ने’ जस्तो कुतर्क गर्दै चीनले करिब दुई वर्षदेखि नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको हो ।

एकतर्फी मात्रै बन्द

कोरोना महामारी शुरु भएपछि चीनले रसुवागढी र तातोपानी नाका एकतर्फी बन्द गरेको हो । विश्वमा पहिलोपटक कोरोना भाइरस २०७६ पुसको पहिलो साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलियो ।

चीनमा कोरोना संक्रमण बढेपछि २०७६ माघ १५ गते गृह मन्त्रालयले तातोपानी र रसुवागढी नाकाबाट चिनियाँ पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । शुरुमा यो रोक १५ दिनको लागि भनिए पनि पछि समय थप गरिएको थियो ।

चीनले रोक नलगाउन दबाब दिइरहेका बेला नेपालले त्यसबेला चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगायो । कोरोना संक्रमण झन् बढ्दै गएपछि २०७६ चैत ११ गते नेपालले लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चीनले तातोपानी र रसुवागढी नाका एकतर्फीरूपमा बन्द गरेको थियो । त्यसयता यी नाका आजसम्म दोहोरो खुलेका छैनन् ।

तातोपानी नाका २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प आएपछि चीनले लामो समय बन्द गरेको थियो । सुरक्षाको कारण देखाउँदै चीनले तातोपानी नाका बन्द गरेको हो । त्यसपछि, पनि खुलेको केही महिनामा नै कोरोनाका कारण चीनले उक्त नाका एकतर्फी बन्द गर्यो ।

यो त अघोषित नाकाबन्दी नै हो । यसको कूटनीतिक सन्देश चीन नेपालसँग खुसी छैन भन्ने हो । चीन किन खुसी छैन हामीले बुझ्नु पर्यो र बुझ्ने सार्थक प्रयास गर्नुपर्यो ।

नेपाललाई दोहोरो घाटा

चीनले एकतर्फी नाकाबन्दी लगाउँदा नेपालले करोडौँ रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको छ । २०७६ चैतदेखि २०७८ माघ महिनासम्म चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै नेपालमा ४७ अर्ब ५६ करोड ५७ लाख ४९ हजार रुपैयाँको वस्तु भित्रिएको छ । सो अवधिमा नेपालबाट ती नाका हुँदै चीनमा एक रुपैयाँको वस्तु पनि निर्यात भएको छैन ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष ०७८/७९ को पहिलो सात महिना (साउनदेखि माघसम्म)मा चीनबाट नेपालमा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख ४३ हजार रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा नेपालबाट चीनमा मात्र ४८ करोड ७९ लाख १५ हजार रूपैयाँको वस्तु निर्यात भएको छ ।

चालू आर्थिक वर्षको पहिलो सात महिनामा रसुवागढी नाकाबाट १६ अर्ब ७४ करोड ६४ लाख ३३ हजार रुपैयाँ र तातोपानी नाकाबाट ७ अर्ब ९५ करोड ५२ लाख ८१ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । उक्त अवधिमा नेपालबाट ती नाका हुँदै कुनै वस्तुले चीनमा प्रवेश पाएको छैन ।

अघिल्लो आर्थिक वर्ष (०७७–०७८) मा चीनबाट नेपालले २ खर्ब ३३ अर्ब ९२ करोड ३० लाख ६० हजार रुपैयाँको वस्तु आयात गरेको देखिन्छ । सो वर्ष नेपालले भने चीनमा मात्र १ अर्ब १ करोड ६० लाख ५७ हजार रूपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

त्यसैगरी, अघिल्लो आर्थिक वर्ष रसुवागढी नाकाबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँ र तातोपानी नाकाबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो । नेपालबाट सो वर्ष ती नाकाबाट कुनै वस्तु चीन गएन अर्थात् निर्यात शून्य रह्यो ।

आर्थिक वर्ष २०७६/७७ को शुरुको आठ महिना तातोपानी र रसुवागढी दुवै नाका दुईतर्फी रूपमा खुला थिए । उक्त आर्थिक वर्ष चीनबाट नेपालमा १ खर्ब ८१ अर्ब ९२ करोड ३ लाख ८ हजार रुपैयाँको वस्तु आयात भएको थियो भने नेपालबाट १ अर्ब १९ करोड ११ लाख ८१ हजार रुपैयाँको वस्तु चीनमा निर्यात भएको थियो ।

आर्थिक वर्ष ०७६÷७७ मा नेपालले तातोपानी नाकाबाट ९ अर्ब ५३ करोड ७६ लाख ४६ हजार रुपैयाँको वस्तु आयात र १३ करोड ७६ लाख ७९ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । सोही वर्ष रसुवागढी नाकाबाट २६ अर्ब ४६ करोड ८१ लाख ९५ हजार रुपैयाँको वस्तु आयात र ५८ करोड २३ लाख ५४ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

चीनका परराष्ट्रमन्त्रीसँग पनि माग गरेका थियौँ । कोभिडकै कारण नाका बन्द भएको हो, आर्थिक रूपमा अप्ठेरो भएको छ । हाम्रो निर्यात लगभग ठप्पजस्तै छ । कोरोना कम हुँदै जाँदा यो समाधान होला ।

नाका दुईतर्फी खुलाउन पहल तर प्रगति शून्य

तातोपानी र रसुवागढी नाका दुईतर्फी खुलाउन परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावास र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले पहल गर्दै आएका छन् । तर, प्रयास पर्याप्त गरेको देखिँदैन । यसैकारण नेपालको प्रयासलाई चीनले समाधान गर्नेगरी चासो दिएको छैन ।

‘यो त अघोषित नाकाबन्दी नै हो । यसको कूटनीतिक सन्देश चीन नेपालसँग खुसी छैन भन्ने हो । चीन किन खुसी छैन हामीले बुझ्नु पर्यो र बुझ्ने सार्थक प्रयास गर्नुपर्यो,’ पूर्वराजदूत दिनेश भट्टराईले भने ।

चीनसँग नाका खुलाउने विषयमा धेरै पहल भइरहेको परराष्ट्रमन्त्री डा. नारायण खड्का बताउँछन् । ‘चीनका परराष्ट्रमन्त्रीसँग पनि माग गरेका थियौँ । कोभिडकै कारण नाका बन्द भएको हो,’ परराष्ट्रमन्त्री खड्को भनाइ थियो, ‘आर्थिक रूपमा अप्ठेरो भएको छ । हाम्रो निर्यात लगभग ठप्पजस्तै छ । कोरोना कम हुँदै जाँदा यो समाधान होला ।’

यो पनि…
रुस–युक्रेन युद्ध : नेपालमा कस्तो असर ?
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested