English

तातोपानीमा बिरामीका ताँती



म्याग्दीका धार्मिक पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थल फागुन १ गतेबाट खुला गरेसँगै धर्मावलम्बीहरूको चहलपहल बढेको हो ।

त्यसैगरी, प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिङगा तातोपानीमा डुबेर उपचार लिनका लागि पनि बिरामी आउन थालेका छन् । तातोपानीमा डुबेर प्राकृतिक उपचार गर्नका लागि विभिन्न ठाउँबाट बिरामीहरू आउने गर्दछन् । यहाँको पानीले छालारोग, बाथ, चिसोका कारण लाग्ने रोगहरू निको हुने विश्वास छ ।

कोरोना सङ्क्रमण कम भएकाले सबै धार्मिकस्थलमा भक्तजनको लागि पूजा गर्न खुला गरिनुका साथै स्वास्थ्य मापदण्ड पालना गरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलमा आउजाउ गर्न थालेपछि चहलपहल बढेको हो ।

म्याग्दीको गलेश्वर शिवालय धाममा लामो समयको बन्दपछि धार्मिकस्थल खुला गरिएकोले भक्तजनको भीड लागेको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए ।

गलेश्वरमा सोमबार र शनिबार करिब दुई सयजना भक्तजन पूजा गर्न मन्दिरमा आएको उहाँले बताउनुभयो । भक्तजनको चहलपहल बढेसँगै कोरोना कहरले थलिएको पर्यटन व्यवसायीले राहतको महसुस गरेका छन् ।

धार्मिक पर्यटक आउन थालेपछि कोरानाले थलिएको पर्यटन व्यवसायीले राहतको महसुस गरेका छन् ।

प्रसिद्ध धार्मिकस्थल गलेश्वर धाम, महारानी थान, बेनी शिवालय, स्थानीय मठ मन्दिरलगायतका धार्मिक, ऐतिहासिक पर्यटकीयस्थलमा चहलपहल बढेको छ । कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गरी मन्दिरमा पूजाको व्यवस्था गरिएको कोषका कार्यालय सचिव बानियाँले बताए ।

त्यसैगरी, मालिका धुरी, गाजने लगायतका ठाउँमा घुम्न आउने धार्मिक पर्यटकको चहलपहल बढेको छ । धार्मिक पर्यटक आउन थालेपछि कोरानाले थलिएको पर्यटन व्यवसायीले राहतको महसुस गरेको होटल व्यवसाय सञ्चालन गरेका डम्मर घर्तीले बताए ।

मन्दिर बन्द रहेको अवस्थामा पूजारीमार्फत नित्य पूजा हुँदैआएको थियो । ओमिक्रोन सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै माघ मसान्तसम्मका लागि जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद बन्द गरेको थियो ।

यसैगरी म्याग्दीका पर्यटकीय तथा ऐतिहासिकस्थलमा पनि फागुनको सुरुवातसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । सदरमुकाम बेनी बजारमा पनि फागुन लागेसँगै व्यापार व्यवसायका साथै चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् ।

कोभिड– १९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँको चहलपहल शून्य भएको थियो ।

तर, फागुनदेखि सङ्क्रमणदर घटेसँगै बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल शुरु भएको छ । पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रशिद्ध पर्यटकीय स्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा दुई वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् ।

यो पनि…
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल
बेथानचोकको पर्यटकीयस्थल ‘गजराम थुम्का’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,