भान्सा कोठाबाट साङ्ला हटाउने प्राकृतिक उपाय
मानिसलाई घरमा तनाव हुने कारणहरूमध्ये साङ्ला पनि एक हो । घरका कुना–कुनामा बसेका साङ्ला (कक्रोच)हरूले गर्दा कुनै बेला ठूलै आपत पार्छ । साङ्लाको धेरै प्रजातिहरू छन् । यसलाई संसारकै सबैभन्दा जिद्दी जीव भनेर बुझिन्छ ।
कक्रोचले फोहोर मात्र फैलाउँदैन, ब्याक्टेरिया र किटाणुहरू फैलाएर मानिसलाई बिरामी पनि बनाउँछ ।
साङ्लाबाट छुटकारा पाउन बजारमा धेरै उत्पादनहरू उपलब्ध छन् । तर, तिनीहरूमा रसायन हुनाले अप्रत्यक्षरूपमा हाम्रा लागि पनि हानिकारक छ । तर, साङ्लाहरू हटाउने केही प्राकृतिक उपाय छन्, जुन विधिबाट तपाईंले साङ्लाहरू सजिलै हटाउन सक्नुहुन्छ ।
ब्राउन्ड कफी
कफीको सुगन्ध, जसले हाम्रो दिमागलाई ताजा बनाउँछ । माटो पिउने कफीको सुगन्ध र यसमा रहेको क्याफिनले साङ्लाको लागि विषको रूपमा काम गर्छ । कफीलाई राम्ररी पिसेर यसलाई कपडामा बेरेर स–साना बन्डलहरू बनाई भान्साको कुनामा राख्नुहोस् । जब साङ्ला खानाको खोजीमा बाहिर निस्किन्छ तब यी कफीका झोलाहरूले काम असरदार काम गर्नेछ ।
बोरक्स पाउडर र चिनी
धुलो कफी जस्तै, बोरक्स पाउडरले पनि साङ्लालाई एक ढिलो विषको रूपमा काम गर्छ । जब बोरक्सको धुलो र चिनी मिसाउँदा साङ्ला चिनीको मिठासले गर्दा आकर्षित भएर खान्छ तब बोरक्स पाउडरले तिनीहरूको शरीरमा निर्जलीकरण नित्याउँछ । डिहाइड्रेसनको कारणले तिनीहरू सुकेर मर्छन् ।
यसका लागि तीन भाग बोरक्स पाउडर र एक भाग चिनी मिसाउनुपर्छ र भान्सामा छर्किएपछि रातभरि यसलाई राखेर भोलिपल्ट झाडुले हटाउनुपर्छ ।
माउथवास
माउथवासहरू जसको स्वाद र कडा गन्धले हाम्रो दिमागलाई जगाउँदछ । घरमा आउने साङ्लाका लागि माउथवास र पानी बराबर मात्रामा मिलाउनुहोस र तपाईंले प्रायः साङ्ला खेल्ने ठाउँमा स्प्रे गनुहोस् । यसले साङ्लालाई मार्ने र भगाउने काम गर्छ ।
कपडा सफ्टनर
कपडा सफ्टनरको गन्धले पनि साङ्लालाई सास फेर्न गाह्रो बनाउँछ । यसका लागि दुई कप पानी तीन साना कपडा सफ्टनर मिलाउनुहोस् । यो घोललाई स्प्रे बोतलमा हालेर राम्ररी हल्लाउनुहोस् । त्यसपछि, यसलाई साङ्लाको वासस्थानमा छर्किनुहोस् ।
यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार
इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्










Heriberto
Aftedr exploring a feew off tthe articoes on you site, I seriously like yojr tchnique of writing a blog. I saveed itt tto mmy bkokmark websitfe lisst annd will bbe checking bzck soon. Plase check outt mmy websitte aas welpl and tell me yyour opinion. xnxx Feel frewe too visit mmy siite ... xnxxx.win