English

उत्पादन बढाऔँ, आयात घटाऔँ



निर्यातको महत्व कति हो भन्ने कुरा आजभन्दा २ सय ४५ वर्षअघि नै पृथ्वीनारायण शाहलाई तत्वबोध रहेछ । त्यसैले त उनले त्यतिबेलै भनेका थिए, ‘आफ्ना मुलुकको जिनिस् जरिबुटी देश लैजानु अनि नगद षैंचनु’ देशमा भएको उत्पादनलाई विदेश निर्यात गरेर नगद आम्दानी गर्नुपर्छ भन्ने उनको आशय बुझ्न सकिन्छ ।

कुनै पनि वस्तु विदेश निर्यात गर्नका लागि पहिले देशमै उत्पादन बढाउनुपर्छ भन्ने कुरा पृथ्वीनारायण शाहले त्यसबेलै बुझेका थिए । यसैले, उनले आशय व्यक्त गरे, ‘खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानी चलाउनुपर्छ र उब्जनीयोग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।’

तर, आज २ सय ४५ वर्षपछि आइपुग्दा हाम्रो देशको आयात–निर्यातको तस्वीर हेर्दा मन बुझाउने ठाउँ पनि छैन ।

व्यापार घाटा चुलिँदै जान थालेपछि अहिले हामी उत्पादन बढाउन किन अपरिहार्य छ भन्ने बहसको तहमा आइपुगेका छौँ ।

हामीले उत्पादन बढाउनका लागि प्रोत्साहन नीति ल्याउन सकेनौंँ । ल्याएको नीतिबाट पनि लक्षित समूहले लाभ पाउन सकेन । गाउँमै बसेर उत्पादन बढाउने र त्यसबाट सुखमय जीवनशैली व्यतित गर्ने वातावरण तयार हुन सकेन । परिणामस्वरूप युवाको हुल खाडी, मलेसियालगायत देशहरूमा श्रम बेच्न बाध्य भयो ।

हामीले उत्पादन बढाउनका लागि प्रोत्साहन नीति ल्याउन सकेनौंँ । ल्याएको नीतिबाट पनि लक्षित समूहले लाभ पाउन सकेन । गाउँमै बसेर उत्पादन बढाउने र त्यसबाट सुखमय जीवनशैली व्यतित गर्ने वातावरण तयार हुन सकेन । परिणामस्वरूप युवाको हुल खाडी, मलेसियालगायत देशहरूमा श्रम बेच्न बाध्य भयो । नतिजा विगतमा भइरहेको उत्पादन पनि घट्न पुग्यो । फलस्वरूप आयात बढदै गयो, व्यापार घाटाको ग्राफ माथि–माथि उक्लिँदै गयो । त्यसमाथि विदेशबाट आएको व्रिपेषणले हाम्रो जीवनशैली ‘अल्छे तिघ्रोे–स्वादे जिब्रो’ बन्न पुग्यो ।

यसपछि त हामीले आयात गर्न आवश्यक नै नभएको कुरा पनि आयात गर्न थाल्यौँ । विश्वका झन्डै डेढ सय मुलुकसँग नेपालको व्यापारिक साइनो त जोडियो । तर, केही अपवाद छाडेर त्यो एकतर्फी मात्र भयो ।

यो किन भयो ?

किनकि, हामीकहाँ न खेतमा उत्पादन बढ्न सक्यो न त उद्योग कलकारखानाले नै लामो जुनी पाउन सके । खुलेका कतिपय उद्योग बन्द भए । चलेका उद्योग पनि सरकारको असहिष्णु नीतिका कारण जसोतसो सञ्चालन भइरहेका छन् ।

अनि, यसपछि हामीसँग बाँकी नै के रह्यो र ! चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा व्यापार घाटा १० खर्ब १६ अर्ब रुपैयाँको नजिक पुग्नु के अनौठो भयो र ? यो बीचमा हामीले ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ तिरेर विभिन्न वस्तु आयात गरेका रहेछौँ । दुःखद् पक्ष के हो भने आयातित वस्तुमा कृषिजन्य उत्पादनको अंश ठूलो छ । हामी आयातमुखी भएकाले घाटाको व्यापार गर्न हामी अभिसप्त भयौँ । भान्सामा प्रयोग हुने तेलदेखि सवारीसाधनमा हाल्ने इन्धनसम्ममा हामीले ठूलो धनराशी विदेश पठाएका छौँ ।

हामी कहिलेसम्म यो नियतिको चक्रमा अल्झिरहने ? स्वाभाविक छ, यो प्रश्न अब जोडपूर्वक उठाउनै पर्छ ।

हामीले रेमिटयान्स भित्र्याई बसेर खाने बानी त्याग्नु आवश्यक छ । अब सरकारले पनि उद्योग, कल–कारखाना खोल्न प्रोत्साहित गर्न आवश्यक छ । देशभरि कृषि र पर्यटनमा आधारित उद्योग सञ्चालनमा सरकारले सफा दिलले ‘होस्टे’ गर्ने हो भने त्यो कुन नेपालीले ‘हैँसे’ नगर्ला ? यदि, यसो नगर्ने हो भने हाम्रो अर्थतन्त्रलाई पक्षघात नहोला भन्न सकिन्न ।

यो पनि…
त्यो एक चटक थियो,यो एक नाटक हो
देवत्वकरण थाँती राख, नियमित बिजुली देऊ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested