English

एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating” कार्यक्रम सम्पन्न



चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating” कार्यक्रम सम्पन्न भएको छ।

गत मंसिर ५ गते Neplease Young Entrepeneurs Forum(NYEF) को आयोजनामा “Road To IPO & Credit Rating” सम्पन्न भएको हो । उद्यमी व्यवसायीहरूलाई शेयर निष्कासन (आईपीओ) प्रक्रिया तथा क्रेडिट रेटिङबारे मार्गदर्शन दिने उद्देश्यका साथै सर्वसाधारणहरूमा वित्तीय साक्षरता अभिवृद्धि गने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

NYEF चितवनका अध्यक्ष तथा F.C.A. निशान पौडेलले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । उहाँले नयाँ उद्यमीका लागि क्षमता अभिवृद्धि कार्यक्रमको महत्व माथि प्रकाश पार्नुभएको थियो ।

एनआईएमबी एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुँगानाले आईपीओका लागि रणनीतिक योजना सम्बन्धी महत्वपूण वर्कशप(Workshop) सञ्चालन गर्नुभएको थियो । कम्पनीहरूले आईपीओका लागि कसरी तयारी गर्ने, सूचीकरणका लागि उचित योजना किन आवश्यक पर्छ, नेपालको वर्तमान आईपीओ बजार अवस्था र उद्यमीहरूले प्रायः गर्ने सामान्य गल्तीहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

पायोनियर ल फर्मका व्यवस्थापकीय साझेदार अनुपराज उप्रेतीले सार्वजनिक निष्कासनका लागि कानुनी पक्षहरूको विस्तारमा प्रकाश पार्नुभयो । सार्वजनिक निष्कासनतर्फ अघि बढ्दा कम्पनीहरूले बुझ्नैपर्ने प्रमुख कानुनी प्रावधान, नियामकीय प्रक्रिया र अनिवार्य अनुपालनाका उपायहरूबारे स्पष्ट पार्नुभयो ।

यसैगरी, केयर एज रेटिङस् नेपालका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झाले क्रेडिट रेटिङको दृष्टिकोणबारे आफ्नो प्रस्तुती दिनुभएको थियो । कम्पनीको वित्तीय सबलता र सुशासन अभ्यासले क्रेडिट रेटिङमा कसरी ठूलो प्रभाव पर्छ र लगानीकर्ताको विश्वास तथा बजार धारणाबारे धारणा राख्नुभएको थियो। चितवनका उद्यमीहरूले यस कार्यक्रमबाट लाभ लिएको आयोजकले जनाएको छ ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested