English

देवत्वकरण थाँती राख, नियमित बिजुली देऊ



ऊर्जामन्त्री पम्फा भुसालदेखि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसम्मले केही समय अघिसम्म बिजुलीका उपभोक्तालाई बढीभन्दा बढी बिजुली उपभोग गर्न हौस्याइरहेका थिए । मन्त्री भुसालदेखि कार्यकारी निर्देशक घिसिङसम्मले बिजुलीका उपभोक्तालाई भान्सामा ग्यासको विकल्पमा इन्डक्सन चुल्हो प्रयोग गर्नदेखि जाडोमा कोठा तताइरहन प्रेरित गरिरहेका थिए ।

उनीहरूको कुरा सुन्दा यस्तो लाग्थ्यो, अब देशले लोडसेडिङको अन्धकार युगबाट मुक्ति पायो । हुन पनि हो, नेपालमा पछिल्लो समय विद्युत् उत्पादन यसरी बढ्यो कि आपूर्ति धेरै माग कम हुने स्थिति आयो । बिजुलीको उत्पादन बढ्यो । भुसाल र घिसिङले उपभोक्तालाई बढीभन्दा बढी बिजुली उत्पादन गर्न हौस्याउनुको कारण यही थियो ।

पछिल्लो समय हाम्रो विद्युत् प्रणाली भरपर्दो र सुरक्षित नरहेको पोल खुलेको छ । गुणस्तरीय विद्युत् आपूर्तिमा प्राधिकरणको संयन्त्र कमजोर रहेछ भन्ने कुरा छताछुल्ल भएको छ । प्राधिकरणले यसलाई समयमै व्यवस्थित गर्न नसक्दा अहिले आमउपभोक्ता अघोषित लोडसेडिङको मारमा परेका हुन् ।

तर, अहिले मन्त्री भुसाल र प्रबन्ध निर्देशक घिसिङ चुपचाप देखिन्छन् । उपभोक्तालाई बढीभन्दा बढी बिजुली खपत गर्न प्रेरित गर्न छाडेका छन् । किन ? यसको कारण छ । पछिल्लो डेढ महिनादेखि काठमा उपत्यका लगायतका देशका ठूला शहरहरूमा बिनापूर्वसूचना लामो समयसम्म बत्ती गइरहेको छ । लोडसेडिङ हटेको भनिए पनि बेलाबखत अन्धकार युगको झल्को आउन थालेको छ ।

किन भयो यस्तो ?

प्रबन्ध निर्देशकका रूपमा घिसिङलाई प्राधिकरणको दोस्रो कार्यकालको लगाम हातमा दिँदा धेरैले त्यसलाई उत्साहका रूपमा लिएका थिए । एक किसिमले घिसिङको देवत्वकरण नै भएको थियो । ‘प्राधिकरणमा कुलमान आएपछि घोषित–अघोषित लोडसेडिङ हुँदैन’ भन्ने मान्यता स्थापित गर्न खोजियो ।

तर, पछिल्लो समय हाम्रो विद्युत् प्रणाली भरपर्दो र सुरक्षित नरहेको पोल खुलेको छ । गुणस्तरीय विद्युत् आपूर्तिमा प्राधिकरणको संयन्त्र कमजोर रहेछ भन्ने कुरा छताछुल्ल भएको छ । प्राधिकरणले यसलाई समयमै व्यवस्थित गर्न नसक्दा अहिले आमउपभोक्ता अघोषित लोडसेडिङको मारमा परेका हुन् । प्राधिकरणले बिजुली व्यवस्थापनमा देखाएको नालायकीपनको उदाहरण हो यो । किनभने ‘जीर्ण र न्यून गुणस्तरको विद्युत् वितरण पूर्वाधारका कारण बत्ती गइरहेको हो’ भन्ने दलिलले अब काम गर्दैन ।

बिजुलीको माग धान्न अहिले उत्पादन पर्याप्त छ । तर, विद्यमान कमजोर वितरण प्रणाली सुधार नगरेको खण्डमा समस्याको चक्र चलिरहन्छ ।

बिजुलीको माग धान्न अहिले उत्पादन पर्याप्त छ । तर, विद्यमान कमजोर वितरण प्रणाली सुधार नगरेको खण्डमा समस्याको चक्र चलिरहन्छ । ट्रान्सफर्मरहरूले भार धान्न नसकेर बिजुली आपूर्तिमा अवरोध देखिइरहेको छ । फिडरमा आगलागीसमेत भएको छ । विद्युत् आपूर्ति बढाउनुअघि मौजुदा संरचना सक्षम छ कि छैन भनेर बुझ्न नसक्नु प्राधिकरणको चरम लापरवाही हो । भार व्यवस्थापनमा प्राधिकरण चुस्त नदेखिएकै हो । बिजुलीको खपतको आयतन बढाउने हो भने त्यसलाई धान्न जीर्ण र न्यून क्षमताको प्रसारण प्रणालीको सुधारमा प्राधिकरणले अर्जुनदृष्टि पुर्याउनै पर्छ ।

आफ्नो देवत्वकरणमा रमाउनेभन्दा पनि विद्युत् वितरणलाई व्यवस्थित, भरपर्दो, सुरक्षित र गुणस्तरीय बनाउनमै प्रबन्ध निर्देशक घिसिङ घोत्लिनु आवश्यक छ ।

किनकि, दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेका आमनेपाली जनता फेरि ती दिन सम्झिन चाहँदैनन् ।


यो पनि…
सम्पादकीय : एनआरएनएमाथि बुल्डोजर चलाउन बन्द गर सरकार
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
त्यो एक चटक थियो,यो एक नाटक हो
सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested