English

सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?



प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेर झण्डै एक महिनादेखि आन्दोलन भइरहेको छ । यस्तो प्रतित हुन्छ, मुलुकमा योभन्दा अर्को कुनै मुद्घा नै बाँकी छैन । आजका दिनसम्म पनि यो समस्याले निकास पाउन सकेको छैन । रामशाह पथस्थित सर्वोच्च अदालत परिसरमा दिनहुँ लाठीचार्ज, हुलहुज्जत र नारावाजीको जुन दृश्य देखिदैँ आएको छ, त्यसले धेरै कुरा बोल्छ । प्रधानन्यायाधीश राणामाथि न्यायालयको दुर्गतीको बाहकको आरोप लगाएर राजीनामा मागिरहँदा हाम्रो न्यायप्रणाली कुन हदसम्म कमजोर र उत्तिकै बदनाम बनिसकेको रहेछ भन्ने सन्देश पनि दिन्छ ।

प्रधानन्यायाधीस राणाले प्रमुख राजनीतिक दलका केही नेताहरुलाई उनीहरुले गरेको ‘पाप’ को सजाय दिन खोजेकै कारण अहिलेको परिस्थिती प्रस्फूटित भएको हो कि यसभित्र अन्य कुनै शक्तिले खेलिरहेको छ ? यो प्रश्नको जवाफ खोज्ने बेला हो यो । प्रधानन्यायाधीश राणाले नेताहरूलाई विचाराधीन मुद्दाको खुकुरी देखाएर कसलाई रिझाउन खोजेका हुन् ? स्पष्ट छैन । तर, राणाले गलत नियतका साथ आफ्नो शक्ति प्रयोग गर्न खोजेको बुझ्न कठिन छैन ।

प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलहरुको मौनता आफैमा रहस्यमय छ । हाम्रा नेताहरूको कानले सुन्न चाहिरहेको छैन, आँखाले हेर्न मानिरहेको छैन । तैँ चुप मै चुपको स्थितीमा देखिन्छन् ।

बहालवाला प्रधानन्यायाधीशमा भरमार बेथिती देखिएको भन्दै बार–बेन्च एक ठाउँमा आएको छ । उनीहरु वारपारको लडाईमा छन् । चाहे त्यो बार होस वा बेन्च अथवा सार्वजनिक रुपमै प्रधानन्यायाधीश राणाको राजीनामा नमागिएको कुनै ठाउँ छैन । उनीमाथि चौतर्फी अविश्वास उब्जिएको छ । तैपनि चोरबाटो प्रयोग गरेर कार्यालय जाने तर राजीनामा नदिने अडानमा देखिन्छन्, उनी । यसको पछाडि कुन तत्वले काम गरिरहेको छ ? प्रश्न स्वभाविक रुपमा उठ्छ ।

तर, प्रश्न हाम्रा राजनीतिक दलहरुमाथि पनि उठ्छ, उठिरहेकै छ । प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलहरुको मौनता आफैमा रहस्यमय छ । हाम्रा नेताहरूको कानले सुन्न चाहिरहेको छैन, आँखाले हेर्न मानिरहेको छैन । तैँ चुप मै चुपको स्थितीमा देखिन्छन् । नेपालको सर्वोच्च न्यायालयको इतिहासमै यो निकाय गम्भिर मोडमा पुगेको छ । कुनै पनि लोकतान्त्रिक मुलुकको गहना भनेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हो । यी निकायहरुबीच एकआपसमा शक्ति पृथकीकरण र सन्तुलन हुन्छ, हुनुपर्छ भन्ने आम मान्यता हो । यी तीन निकायमध्ये कुनै एउटा निकाय चोटग्रस्त हुँदा अर्कोले मल्हम लगाउनु आवश्यक छ । किनकी,यी तीन निकायको एक आपसमा नङ–मासुको सम्बन्ध हुन्छ । एउटा चोटग्रस्त हुँदा अर्कोले पनि त्यसको पीडा सहनुपर्ने हुन्छ ।

संवैधानिक परिषद्, कार्यपालिका र व्यवस्थापिकाको नेतृत्व, सत्ताको नेतृत्व गरिरहेको दलले गरेको हुन्छ । के न्यायालयले संकटबाट मुक्ति मागिरहेको अहिलेको परिस्थितीमा सत्ताधारी दलको नेतृत्वले बालुवामा टाउको लुकाउन मिल्छ ? जवाफ हो– मिल्दैन । सरकारको नेतृत्वले न्यायालयमा सल्किसकेको आगो बुझाउने दायित्वबाट सरकारको नेतृत्व अलग बस्न मिल्दैन । नत्र न्यायालयमा लागेको आगोले उनीहरुलाई पनि नपोल्ने कुनै कारण छैन । सरकार, सत्तारुढ दल र स्वयम् प्रतिपक्षी दलको काँधमा न्यायालयमा देखिएको समस्या समाधानमा अग्रसरता आवश्यक छ ।

संवैधानिक परिषदमा विपक्षी नेताको प्रतिनिधित्व रहने जुन संवैधानिक व्यवस्था छ । त्यसले पनि न्यायालयमा देखिएको समस्या समाधानमा प्रतिपक्षी दलले पनि अग्रसरता लिन आवश्यक छ । प्रतिपक्षी दलले न्यायालयको मुद्घालाई आफ्नो राजनीतिको रोटी सेक्ने भद्घा हर्कत गर्दा त्यसले निम्त्याउने जटिलताको जिम्मेवारी पनि उसले लिनुपर्ने हुन्छ ।

प्रधानन्यायाधीश राणाले आफ्नो पदबाट राजीनामा नदिएसम्म न्यायालयमा देखिएको समस्या समाधान हुने देखिदैन । यदि प्रधानन्यायाधीस राणाले राजीनामा दिदैनन् भने महाअभियोगको ब्रम्हास्त्र प्रयोग गरेर भए पनि उनलाई पदबाट हटाएर न्यायालयलाई आफ्नो स्वभाविक बाटो हिँड्न दिनुपर्छ ।

प्रधानन्यायाधीसको राजीनामासँगै न्यायालयको समग्र फोहरमैलाको सफाई गरेर न्यायालयलाई साँच्चै नै पवित्र थलो बनाउने यो अवसरको उपयोग गर्ने यही उपयुक्त बेला पनि हो । यदि हामी लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शमा विश्वास राख्छौँ भने न्यायालयलाई न्यायको मन्दिरमा परिणत गर्नैपर्छ ।

यसमा राजनीतिक नेतृत्वले खुट्टा कमाउनु हुदैँन । ‘सर्वोच्च अदालतको आगनबाट किन ‘हामी अरु जान्दैनौँ,चोलेन्द्र मान्दैनौँ’ भन्ने नारा घन्किरहेको छ ? राजनीतिक नेतृत्वले बुझ्नुपर्ने कुरा हो यो । प्रश्न उठ्छ, के प्रधानन्यायाधीस राणाले राजीनामा दिनासाथ हाम्रो न्यायालयका सारा बेथिती र बदनामीका दागहरु रातारात पखालिन्छन् ? जवाफ हो– पखालिदैन ।

यो एउटा अवसर पनि हो, न्यायालयको समग्र धुलो मैलो सफा गर्ने । हाम्रो न्याय प्रणालीमाथि आम विश्वास उठिसकेको छ । न्याय खरिद–विक्री हुन्छ भन्ने कुरा अब लुकेको बिषय रहेन । अन्यायमा परेकालाई न्यायालयले न्याय दिन्छ भन्ने कुरामा कसैको पनि विश्वास छैन । पैसा खर्च गर्न सक्ने ल्याकत छ भने न्याय छ,त्यो क्षमता छैन भने न्याय पाउने स्थिती छैन । हाम्रो न्यायालयप्रतिको आम बुझाइ यही हो । त्यसैले न्यायालयको संरचनामै सुधार आवश्यक छ । त्यहाँको काम गर्ने शैली र प्रवृत्तिमा परिवर्तन त झनै खट्किएको छ ।

प्रधानन्यायाधीसको राजीनामासँगै न्यायालयको समग्र फोहरमैलाको सफाई गरेर न्यायालयलाई साँच्चै नै पवित्र थलो बनाउने यो अवसरको उपयोग गर्ने यही उपयुक्त बेला पनि हो । यदि हामी लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शमा विश्वास राख्छौँ भने न्यायालयलाई न्यायको मन्दिरमा परिणत गर्नैपर्छ ।

किनकी, लोकतन्त्रको पहिलो शर्त नै स्वतन्त्र, सम्मानित र विश्वासयुक्त न्यायालय हो । यसैले न्यायालयको गरिमा जोगाउन सबैभन्दा पहिले प्रधानन्यायाधीश राणाले छिटोभन्दा छिटो आफ्नो पदबाट राजीनामा दिनु नै उपयुक्त हुन्छ । तैपनि न्यायालयमाथि प्रश्न उठिरहन्छ ।

यो पनि…
युद्ध मैदानको झल्को दिने सर्वोच्च परिसर ! (फोटो फिचर)
८८ दिनपछि मन्त्रीपरिषद्ले पायो पूर्णता, को–को बने मन्त्री ?
एसिड पीडित जो आफैं जुटाउँदैछन् हिम्मत
नेपाल सरकारको पदक गोरखा दक्षिण बाहुको ‘डेमोक्रेटिक भर्सन’



...
Shenna

Homer simpson hentaiMan growing breast through hormoneCoach spank water polo boyPontiac trans am & sexy womenMother and daghter lesbiansGirlfriend has a weak bladder wears pull ups sexBdsm torture girl xnxx Hot sexy semi nude celebrity picturesFoursome sex booksJogging bottoms tubeBlack midget bbwExtreme bbw sex videosTabitha blue pornGirl piss bbsSenior women seaking sexAnthropomorphic sex vids https://xxxxvideos.cc/ Rough gay blowjobs moviesPrint screen silk vintageFee live porn camWife doesn't care about sexTrojan condoms radio commercialLingerie crotchless pantyNude sister moanedMandylor nakedDefensor virginMovie rated vintage x xnxx Harisu nakedNasty mature grandma pornNaked muscular womenOf gay people in americaSteel aluminum bimetal stripGretchen carlson upskirt 2010Free totally spies hentaiLeaking anal sac glandAsian inspired living roomVaginal rectal picturesHairy coed pussieMalene denmark nude sexYounggirls fuck clipsDominican porn picturesMature private russian sceneBondage suspension kitsAverage people free porn moviesPretty young pink pussiesFee cyber sexSocial teensZafira lesbian porn My webpage webpage

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested