English

८८ दिनपछि मन्त्रीपरिषद्ले पायो पूर्णता, को–को बने मन्त्री ?



प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै ३ महिनापछि मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले शुक्रबार मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीलाई समेट्दै देउवाले मन्त्री बनाएका हुन् । यसअघि नेपाली कांग्रेसबाट ३ मन्त्री, १ जना राज्यमन्त्री र नेकपा माओवादी केन्द्रबाट २ जना मन्त्री बनेका थिए । जसमा कांग्रेसका तर्फबाट कानून मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका थिए । उनको जिम्मेवारी हेरफेर गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पठाइएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइएको छ । गृहमन्त्री बालकृष्ण खाँड र परराष्ट्रमन्त्री डा. नारायण खड्का भने सोही जिम्मेवारीमा छन् । त्यस्तै, माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा जलस्रोत तथा सिंचाई मन्त्रीमा पम्फा भुसाल नियुक्त भएका थिए ।

आज नियुक्त भएका मन्त्रीहरुको सपथ साँझ गरिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

को के मन्त्री बने ?

राजेन्द्रप्रसाद श्रेष्ठ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
बिरोध खतिवडा – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
डा. मीनेन्द्रप्रसाद रिजाल – रक्षा मन्त्रालय
उमाकान्त चौधरी – खानेपानी मन्त्रालय
रेनुकुमारी यादव – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
प्रेमबहादुर आले – संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय
दिलेन्द्रप्रसाद बडू – कानून न्याय तथा संसदीय मामिला मन्त्रालय
देवेन्द्र पौडेल – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
महिन्द्र राय यादव – कृषि तथा पशुपन्छी विकास मन्त्रालय
उमा रेग्मी – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
शशी श्रेष्ठ – भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
रामकुमारी झाक्री – सहरी विकास मन्त्रालय
गजेन्द्रकुमार हमाल – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
रामसहाय प्रसाद यादव – वन तथा वातावरण मन्त्रालय
कृष्णकुमार श्रेष्ठ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
महेश्वरजंग गहतराज – युवा तथा खेलकुद मन्त्रालय
भवानीप्रसाद खापुङ – राज्यमन्त्री (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)
बोधमायाकुमारी यादव – राज्यमन्त्री (शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested