English

एसिड पीडित जो आफैं जुटाउँदैछन् हिम्मत

‘एसिड पीडितलाई समाजले हेर्ने नजर बदलिएन’


जघन्य अपराध मध्येको एक हो– एसिड आक्रमण । जसको आक्रमणबाट नेपालमा वर्षेनी थुप्रै मानिसहरु पीडित भएका छन् । नेपालको सन्दर्भमा पुरुषको तुलनामा महिला धेरै एसिड पीडित भएको तथ्यांकले देखाउँछ ।

नुवाकोट घर भई हाल बालाजुमा बस्दै आएका रामराजा थापाको कथा पनि एसिड आक्रमणसँग जोडिएको छ । २०७६ सालमा आफ्नै श्रीमतीले एसिड प्रहार गर्दा उनको शरीरको अधिकांश भाग एसिडले जल्यो । ८ पटकसम्म शल्यक्रिया गर्दा पनि उनको घाउ अझै खाटा बस्न सकेको छैन । तर, श्रीमती भने धरौटीमा हिरासतमुक्त भइसकेकी छिन् ।

यद्यपि, के कारण श्रीमतीले आफूमाथि एसिड प्रहार गरिन् भन्ने अझै उनले चाल पाउन सकेका छैनन् । तर, उनीहरु अहिलेसँगै छैनन् । एसिड आक्रमणबाट महिलाहरु पीडित भएको खबर सुनिरहँदा थापा कहिलेकहिँ भकानिन्छन् । ‘एसिड आक्रमणमा परेका पुरुषहरु महिलाभन्दा धेरै पीडित हुन्छन्,’ उनी भन्छन्, ‘अपराधी पुरुष भयो भने उसलाई हदैसम्मको सजायको माग गरिन्छ तर त्यही ठाउँमा महिला भए सजाय बदर गरिन्छ ।’

६ महिनाको टिचिङ अस्पतालको बसाईमा उनलाई साथ र सहयोग दिने एसिड आक्रमणविरुद्ध सक्रिय अभियन्ता उज्ज्वल विक्रम थापा मात्र थिए । उपचारको क्रममा रहँदा अन्य कसैको पनि सहयोग र साथ नपाएको सम्झँदै भाबुक बन्छन् । एसिड आक्रमण पछि सामाजले गर्ने व्यवहारमा परिवर्तन आएको छैन । आक्रमणपछि झन सबैको माया र सहयोगले गर्दा आत्मबल बढेको उनी बताउँछन् । ‘अपराधीको अगाडी केही गरेर देखाउन मन छ,’ उनले भने ।

अहिले उनी महान्यायधिवक्ताको कार्याालयमा कार्यरत छन् । केही शल्यक्रिया बाँकी रहेपनि जीवन लयमा फर्कन थालेको उनी सुनाउँछन् । ‘आक्रमण भएको केही समय त बाँच्दिन होला जस्तो पनि लाग्थ्यो तर, अहिले आत्मबल बढेको छ,’ उनले सुनाए ।

अहिले उनी महान्यायधिवक्ताको कार्याालयमा कार्यरत छन् । केही शल्यक्रिया बाँकी रहेपनि जीवन लयमा फर्कन थालेको उनी सुनाउँछन् । ‘आक्रमण भएको केही समय त बाँच्दिन होला जस्तो पनि लाग्थ्यो तर, अहिले आत्मबल बढेको छ,’ उनले सुनाए ।

विद्यालय जाँदै गर्दा एसिड आक्रमणमा घाइते बनेकी मुस्कान खातुन हिजोआज पठनपाठनमा मात्र सिमित नभई विभिन्न सामाजिक कार्यक्रममा पनि सहभागी भइरहेकी छिन् । उनको पनि एसिड आक्रमणका कारण अनुहार र शरीरका विभिन्न अंगहरु जले । उनै एसिड पीडित खातुन एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने माग राख्दै आएकी छन् । ‘कुनै पनि अपराधलाई लुकाउन हुँदैन त्यसले अपराधीको आत्मबल बढ्छ,’ उनी भन्छिन्, ‘हरेस खाएरपछि हटियो भने अपराधिको जित हुन्छ ।’

उनको साहस र बलियो आत्मबलको कारण नै अन्तर्राष्ट्रिय साहसी महिला ‘आईडब्ल्यूओसी अवार्ड’ पाउने खातुन नेपालकै पहिलो महिला बनिन् । साथै उक्त अवार्ड पाउनेमध्ये सबैभन्दा कम उमेरकी समेत हुन् ।

हाल कक्षा १० मा अध्यनरत मुस्कानको वकिल र समाजसेवी बन्ने सपना छ । त्यो सपनालाई पुरा गर्न उनी मेहेनत गरिहेकी छन् । साथै, उनले ‘मुस्कान खातुन’ नामक संस्था पनि खोलेकी छन् । जीवनमा सोच्दै नसोचेका घटना हुन सक्छन् तर त्यसलाई बिर्सिएर अघि बढ्नु पर्ने मुस्कान बताउँछिन् । ‘कुनै पनि अपराधलाई नलुकाई न्यायको लागि आवाज उठायो भने परिवारको साथसाथै समाजले पनि साथ दिँदो रहेछ,’ उनी भन्छिन्, ‘तर, एसिड पीडितलाई हेर्ने नजरमा अझै परिवर्तन आएको छैन ।’ मुस्कानको पनि हालसम्म ३ वटा शल्यक्रिया भइसकेको छ । यो अपरेसन १२ वर्ष सम्म निरन्तर चलिरहनेछ । तिनै जलेका घाउहरु भर्दै आफ्नो सपना पुरा गर्ने बाटोमा यतिबेला मुस्कान छिन् ।

आक्रमणमा परेकाहरुले आफ्नो जीवन बर्बाद भयो भन्दै आत्मविश्वास गुमाउने गरेका छन् तर त्यस्तो गर्न नहुने उनी बताउँछिन् । ‘त्यो घटनाले मलाई झन् बलियो बनाएको छ,’ उनी भन्छिन्, ‘एसिड पीडितहरु हाम्रो समाजमा खुलेर अघि बढ्न समेत सक्दैनन् । उनीहरुलाई बाहिर निस्कन गाह्रो परिरहेको हुन्छ त्यसैले उनीहरुलाई नै उत्प्रेरित गर्ने उद्धेश्यले मैले फोटोसुट गरेकी थिएँ ।’

दुई वर्षअघि एसिड आक्रमणमा परेपछि जेनी खड्का आफूजस्तै पीडितहरुको मनोबल उच्च बनाउन प्रयासरत छिन् । एसिड आक्रमणले जीवनमा अघि बढ्न रोक्दैन भन्ने सन्देश दिने अभिप्रायले उनले ‘मोडल हन्ट’ नेपालमा भाग लिएकी थिइन् । साथै, फोटोसुट पनि गरिन् । आक्रमणमा परेकाहरुले अब जीवन बर्बाद भयो भन्ने सोच्छन् तर उनले त्यसलाई बिर्सिएर जीवनमा अघि बढ्न सिकिन् ।

आक्रमणमा परेकाहरुले आफ्नो जीवन बर्बाद भयो भन्दै आत्मविश्वास गुमाउने गरेका छन् तर त्यस्तो गर्न नहुने उनी बताउँछिन् । ‘त्यो घटनाले मलाई झन् बलियो बनाएको छ,’ उनी भन्छिन्, ‘एसिड पीडितहरु हाम्रो समाजमा खुलेर अघि बढ्न समेत सक्दैनन् । उनीहरुलाई बाहिर निस्कन गाह्रो परिरहेको हुन्छ त्यसैले उनीहरुलाई नै उत्प्रेरित गर्ने उद्धेश्यले मैले फोटोसुट गरेकी थिएँ ।’

हाल कुमारी बैंकमा कार्यरत उनको दिनचर्या सामान्य रुपले चलिरहेको छ । सबै कुराहरु बिर्सदै अघि बढेकी जेनीलाई दागको कारण आफूले चाहे जस्तो कपडा लगाउन नपाउँदा र खुलेर हिड्न नपाउँदा चाहीँ थोरै दुःख लाग्छ । वर्तमानमा रमाउने उनको भविश्यको केही योजना त छैन तर, सामाजिक कार्य गर्ने उनको चाहना छ ।

एसिड आक्रमणबाट पीडित हुने माथिका तीनजना प्रतिनिधिमूलक पात्र मात्र हुन् । उनीहरु जस्ता थुप्रै एसिड पीडितहरुको जीवन भोगाई यस्तै छ ।

यो पनि पढ्नुहोस् :
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !
महिला ‘बरघर’ले चलाएको थारू समाज

यी हुन् गर्भवतीले गर्न नहुने १२ गल्ती
१ लाख १० हजार तिर्न नसक्दा सुत्केरी ४ दिनदेखि अस्पतालमै बन्धक
‘एकल आमा’
एकल आमा–२



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,