जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’



काठमाडौंको प्राक–ऐतिहासिक (नियो–क्लासिकल) उद्गमस्थलमध्ये एक हो– गार्डेन अफ ड्रिम्स । सन् २०१३ मा टाइम पत्रिकाले विश्वका घुम्नैपर्ने १० स्थानमध्येमा राखेको गार्डेन अफ ड्रिम्सको विशेषता भनेको कलात्मक शैली, सौन्दर्यता र शान्त वातावरण हो । काठमाडौंको मुटुमा रहेको यो गार्डेनमा नपुग्ने सायदै कोही होला । कोभिड–१९ संक्रमणभन्दा अघि दैनिक सयौँ मानिस त्यहाँ पुगेर आनन्द लिन्थे । तर, यतिबेला भने ठमेल प्रवेश क्षेत्रमा रहेको सुन्दर बगैंचा सुनसान छ ।

‘केशर महल’ नाम यसरी रह्यो

गार्डेन अफ ड्रिम्सको नाम आउना साथ त्यससँग केशर महल जोडिन्छ । हाल केशर महल रहेको क्षेत्र कुनैबेला तत्कालिन राणा हस्तीहरु धीर शमशेर, उनका भाइ वीर शमशेर र जीत शमशेरको थियो । पछि जीत शमशेरले सो क्षेत्र नेपालका पाचौँ राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई बेचे । उनले त्यहाँ अवस्थित पुरानो संरचना हटाएर सन् १८९५ मा नयाँ संरचना निर्माण गरे । पछि चन्द्र शमशेरले सो संरचना आफ्ना छोरा केशर शमशेर (सन् १८९२) लाई दिए । त्यसपछि त्यस भवनको नाम केशर महल रहन गयो ।

केशर शमशेर बेलायत भ्रमण गएका बेला उनले त्यहाँ बेलायती राजा एडवार्ड सातौँको बगैँचा (एडवार्डियन गार्डेन) देखे । सो गार्डेनबाट उनी निकै प्रभावित भए । उनलाई नेपालमा पनि त्यस्तै बगैँचा बनाउन मन लाग्यो । अझ आफ्नै केशर महलमा । सो कुरा उनले आफ्ना बाबु चन्द्र शमशेरलाई सुनाए ।

उनले पछि त्यहाँ पुस्ताकालय र बगैँचा निर्माण गरे । केशर शमशेर पुस्तकका निकै सौखिन थिए । त्यहाँ स्थापना गरिएको पुस्तकालयमा करिब ५० हजारभन्दा बढी पुस्तक, पत्रपत्रिका, पाण्डुलिपी र कागजातहरु रहेको पाइन्छ । त्यहाँ रहेका धेरै पुस्तक उनले बेलायत भ्रमणका क्रममा ल्याएका थिए । ‘कमाण्डर इन चीफ’ समेत भएका उनको बेलायतसँगको साइनो निकै गहिरो थियो । पटक–पटक भ्रमणमा गइरहन्थे । उतिबेलाको केशर बगैँचा अर्थात, हालको ‘गार्डेन अफ ड्रिम्स’ पनि उनको बेलायत भ्रमणका कारण नै बन्न पुगेको हो । यसको प्रशंग पनि निकै रोचक छ ।

केशर शमशेर बेलायत भ्रमण गएका बेला उनले त्यहाँ बेलायती राजा एडवार्ड सातौँको बगैँचा (एडवार्डियन गार्डेन) देखे । सो गार्डेनबाट उनी निकै प्रभावित भए । उनलाई नेपालमा पनि त्यस्तै बगैँचा बनाउन मन लाग्यो । अझ आफ्नै केशर महलमा । सो कुरा उनले आफ्ना बाबु चन्द्र शमशेरलाई सुनाए । ‘केशर शमशेर बेलायत भ्रमणमा गइरहनुहुन्थ्यो, सोही क्रममा त्यहाँका राजाले बनाएको गार्डेन देखेर केशर महलमा पनि त्यस्तै गार्डेन बनाउने ईच्छा उहाँले आफ्नो बाबुलाई सुनाउनुभयो र बन्यो पनि,’ ड्रिम्स अफ गार्डेन विकास समितिका फिन्जो शेर्पा सुनाउँछन् ।

तर, त्यति सजिलै सँग भने बनेको होइन– केशर बगैँचा । केशरले बगैँचा बनाउन चन्द्र शमशेरलाई अनुरोध गरेका त थिए तर, चन्द्रले उनको अनुरोध स्वीकारेनन् । त्यसपछि केही समय यो कुरा त्यत्तिकै सेलायो ।

अनि बन्यो केशर बगैंचा

राणाहरु जुवा खेल्नमा निकै रुची राख्थेँ । विशेष चाडपर्वमा त अझ परिवारका मुख्य सदस्य भेला भएर कौडा खेल्थे । सोही क्रममा चन्द्र शमशेरसँग जुवा खेल्दा केशर शमशेरले एक लाख रुपैयाँ जिते । त्यही पैसाले केशर महलमा एडवार्डियन गार्डेनजस्तै एउटा बगैँचा बनाउन लगाए । ‘खास बगैँचा बन्नुको रहस्य त यस्तो रहेछ नि ?,’ शेर्पा भन्छन्, ‘हामीले पनि त्यही कुरा सुनेका हौँ । आँखाले देखेको कुरा त होइन तर, धेरै इतिहासका जानकारहरुले यसै भन्ने गर्नुहुन्छ । त्यसलाई आधार मानेर हामीले पनि अहिलेसम्म मानेकै छौँ ।’

संस्कृतविद् सत्यमोहन जोशी उतिबेला राणाहरु यमपञ्चकमा विशेष महत्वका साथ जुवा खेल्ने गरेको स्वीकार्छन् । उनी भन्छन्, ‘राणाहरु तिहारमा खुबै जुवा खेल्थे । सोही जुवामा जितेको पैसाले खुसीयाली मनाउन केशर शमशेरले बगैँचा बनाएका हुन सक्छन् । इतिहासमा सुनेको र कतै लेखिएको कुरा हो । मान्नै पर्यो ।’

जुवामा पैसा जितेकाले उहाँले यसको श्रेय धनकी लक्ष्मीलाई दिनुभयो र लक्ष्मीको मूर्तिसँगै कौडाको बिम्व पनि बनाउन लगाउनुभयो ।’ उनको कुरामा साँच्चै दम छ । हरेक ऐतिहासिक स्थलमा कुनै न कुनै प्रतिकात्मक चिन्ह लुकेका छन् । जुन कुरा गार्डेन अफ ड्रिम्समा पनि छ । तर, धेरैले यसको अन्दाज लगाएका छैनन् ।

बगैँचा जुवा खेलेर जितेको पैसाले बनाएको प्रमाण त्यहाँ रहेको धनकी देवी लक्ष्मीको मूर्ति हुनु पनि हो । अझ त्यसकै आडमा कौडाको तस्बिर छ । झन्डै दुई दशक बगैँचाको रेखदेखमा बिताएका तारा दाहाल भन्छन्, ‘केशर शमशेरले आफ्ना बाबुसँग जुवामा एक लाख रुपैयाँ जितेर यो बगैँचा बनाउनु भएको हो ।

जुवामा पैसा जितेकाले उहाँले यसको श्रेय धनकी लक्ष्मीलाई दिनुभयो र लक्ष्मीको मूर्तिसँगै कौडाको बिम्व पनि बनाउन लगाउनुभयो ।’ उनको कुरामा साँच्चै दम छ । हरेक ऐतिहासिक स्थलमा कुनै न कुनै प्रतिकात्मक चिन्ह लुकेका छन् । जुन कुरा गार्डेन अफ ड्रिम्समा पनि छ । तर, धेरैले यसको अन्दाज लगाएका छैनन् ।

यो बगैँचा तत्कालिन समयको अत्यधिक आधुनिक थियो । एडवर्डिएन शैलीबाट प्रेरित बगैँचालाई त्यतिबेलाका चर्चित आर्किटेक्ट किशोर नरसिंहले डिजाइन गरेका थिए । बगैँचाको वास्तुशिल्पी ढाँचा प्रदान गर्ने ६ वटा पञ्जाहरु नेपालको ऋतुहरुबाट प्रभावित छ । यो बगैँचा आर्किटेक्ट र साहित्यसँग पनि जोडिएको छ । बगैँचामा थप गरिएका आधुनिक भवनहरु भने निकै पछिका हुन् ।

सन् १९२० को दशकमा बनेको केशर बगैँचा केशर शमशेरले आफ्नो मृत्यु (सन् १९६४) अघि तत्कालिन श्री ५ को सरकारलाई हस्तान्तरण गरे । सन् २००७ पछि यो सर्वसाधारणका लागि खुला गरियो । केशर महलमा भने हाल शिक्षा मन्त्रालयका विभिन्न शाखाहरु छन् । पुस्तकलय २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि बन्द अवस्थामा छ ।

केशर बगैंचाबाट स्वप्न बगैंचा

केशर शमशेरको मृत्युपछि बगैँचा अस्तव्यस्त बन्यो । बगैँचाको सौन्दर्यतामा नै ह्रास आउन थाल्यो । लामो समय बगैँचाको स्वरुप खन्डहरजस्तै बन्न पुग्यो । भनिन्छ नि १२ वर्षपछि बगेको खोला पनि फर्कन्छ । बगैँचाको सवालमा पनि त्यस्तै भयो । अष्ट्रियन सरकारले १० लाख डलर सहयोग गरेपछि नेपाल भ्रमण वर्ष २०६४ मा आएर यसले पहिलेकै रुप पायो । र, गार्डेन अफ ड्रिम्स अर्थात स्वप्न बगैँचाको रुपमा अहिले परिचित छ ।

त्यहाँभित्र रहेका चरा बस्ने घरहरु, कमल पोखरी, कृत्रिम झरना, बसन्त, गृष्म र शरद ऋतुको झ–झल्को दिनेगरी बनाइएका सदनहरु, विभिन्न प्रकृतिका वनस्पती फूलहरुले धेरैको मन पुलकित बनाउँछन् । अझ त्यहाँ रहेको आर्ट ग्यालरीमा शेखर शमशेरको पालाको तस्बिरहरु समेत हेर्न पाइन्छ । आशा गरौँ कोरोना महामारी अन्त्य हुनेछ र ‘नियो–क्लासिकल गार्डेन’ मा फेरि रौनक थपिनेछ ।

२०७२ को भूकम्पका कारण केही ऐतिहासिक कुराहरु भत्किएको भए तापनि पुननिर्माण भइसकेको छ । दैनिक पाँच सयको हाराहारीमा आन्तरिक तथा विदेश पर्यटकहरु गार्डेन अफ ड्रिम्स पुग्ने गरेको तथ्यांक छ । विशेष गरी यो स्थल युवा जोडीको रोजाइमा पर्ने गरेको पाइन्छ । अर्थात, गार्डेन अफ ड्रिम्स प्रेम जोडीका लागि खुला संसार जस्तै हो ।

तर, आगन्तुकहरुले ‘नियो–क्लासिकल गार्डेन’ लाई केवल मनोरञ्जनस्थलको रुपमा बुझ्ने गरेकोमा जानकारहरुको भने गुनासो छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको बगैँचा निकै मनमोहक छ । त्यहाँ पुग्ने जो कोहीलाई पनि यसले मन्त्रमुग्ध बनाउँछ । यो प्राकृतिक सौन्दर्यको एउटा अनुपम संग्रह बनेको छ ।

त्यहाँभित्र रहेका चरा बस्ने घरहरु, कमल पोखरी, कृत्रिम झरना, बसन्त, गृष्म र शरद ऋतुको झ–झल्को दिनेगरी बनाइएका सदनहरु, विभिन्न प्रकृतिका वनस्पती फूलहरुले धेरैको मन पुलकित बनाउँछन् । अझ त्यहाँ रहेको आर्ट ग्यालरीमा शेखर शमशेरको पालाको तस्बिरहरु समेत हेर्न पाइन्छ । आशा गरौँ कोरोना महामारी अन्त्य हुनेछ र ‘नियो–क्लासिकल गार्डेन’ मा फेरि रौनक थपिनेछ ।

यो पनि पढ्नुहोस् :
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल



...
नारायणमान बिजुक्छेले भोगेको संसद– ‘जहाँ दलालहरुको हालिमुहाली चल्छ’ « Mero LifeStyle

[…] […]

...
लुम्बिनीका दुःख – २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन् « Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै काठमाडौंसहित देशभरका चलचित्र हलहरु बन्द भए । करिव ५ महिना बन्द भएका हलहरु काठमाडौं

सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र दिमागमा भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई स्ट्रोक अर्थात् पक्षघात भनिन्छ । पक्षघात हुँदा

डा.वासुदेव कृष्ण शास्त्री हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक