English

जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’



काठमाडौंको प्राक–ऐतिहासिक (नियो–क्लासिकल) उद्गमस्थलमध्ये एक हो– गार्डेन अफ ड्रिम्स । सन् २०१३ मा टाइम पत्रिकाले विश्वका घुम्नैपर्ने १० स्थानमध्येमा राखेको गार्डेन अफ ड्रिम्सको विशेषता भनेको कलात्मक शैली, सौन्दर्यता र शान्त वातावरण हो । काठमाडौंको मुटुमा रहेको यो गार्डेनमा नपुग्ने सायदै कोही होला । कोभिड–१९ संक्रमणभन्दा अघि दैनिक सयौँ मानिस त्यहाँ पुगेर आनन्द लिन्थे । तर, यतिबेला भने ठमेल प्रवेश क्षेत्रमा रहेको सुन्दर बगैंचा सुनसान छ ।

‘केशर महल’ नाम यसरी रह्यो

गार्डेन अफ ड्रिम्सको नाम आउना साथ त्यससँग केशर महल जोडिन्छ । हाल केशर महल रहेको क्षेत्र कुनैबेला तत्कालिन राणा हस्तीहरु धीर शमशेर, उनका भाइ वीर शमशेर र जीत शमशेरको थियो । पछि जीत शमशेरले सो क्षेत्र नेपालका पाचौँ राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई बेचे । उनले त्यहाँ अवस्थित पुरानो संरचना हटाएर सन् १८९५ मा नयाँ संरचना निर्माण गरे । पछि चन्द्र शमशेरले सो संरचना आफ्ना छोरा केशर शमशेर (सन् १८९२) लाई दिए । त्यसपछि त्यस भवनको नाम केशर महल रहन गयो ।

केशर शमशेर बेलायत भ्रमण गएका बेला उनले त्यहाँ बेलायती राजा एडवार्ड सातौँको बगैँचा (एडवार्डियन गार्डेन) देखे । सो गार्डेनबाट उनी निकै प्रभावित भए । उनलाई नेपालमा पनि त्यस्तै बगैँचा बनाउन मन लाग्यो । अझ आफ्नै केशर महलमा । सो कुरा उनले आफ्ना बाबु चन्द्र शमशेरलाई सुनाए ।

उनले पछि त्यहाँ पुस्ताकालय र बगैँचा निर्माण गरे । केशर शमशेर पुस्तकका निकै सौखिन थिए । त्यहाँ स्थापना गरिएको पुस्तकालयमा करिब ५० हजारभन्दा बढी पुस्तक, पत्रपत्रिका, पाण्डुलिपी र कागजातहरु रहेको पाइन्छ । त्यहाँ रहेका धेरै पुस्तक उनले बेलायत भ्रमणका क्रममा ल्याएका थिए । ‘कमाण्डर इन चीफ’ समेत भएका उनको बेलायतसँगको साइनो निकै गहिरो थियो । पटक–पटक भ्रमणमा गइरहन्थे । उतिबेलाको केशर बगैँचा अर्थात, हालको ‘गार्डेन अफ ड्रिम्स’ पनि उनको बेलायत भ्रमणका कारण नै बन्न पुगेको हो । यसको प्रशंग पनि निकै रोचक छ ।

केशर शमशेर बेलायत भ्रमण गएका बेला उनले त्यहाँ बेलायती राजा एडवार्ड सातौँको बगैँचा (एडवार्डियन गार्डेन) देखे । सो गार्डेनबाट उनी निकै प्रभावित भए । उनलाई नेपालमा पनि त्यस्तै बगैँचा बनाउन मन लाग्यो । अझ आफ्नै केशर महलमा । सो कुरा उनले आफ्ना बाबु चन्द्र शमशेरलाई सुनाए । ‘केशर शमशेर बेलायत भ्रमणमा गइरहनुहुन्थ्यो, सोही क्रममा त्यहाँका राजाले बनाएको गार्डेन देखेर केशर महलमा पनि त्यस्तै गार्डेन बनाउने ईच्छा उहाँले आफ्नो बाबुलाई सुनाउनुभयो र बन्यो पनि,’ ड्रिम्स अफ गार्डेन विकास समितिका फिन्जो शेर्पा सुनाउँछन् ।

तर, त्यति सजिलै सँग भने बनेको होइन– केशर बगैँचा । केशरले बगैँचा बनाउन चन्द्र शमशेरलाई अनुरोध गरेका त थिए तर, चन्द्रले उनको अनुरोध स्वीकारेनन् । त्यसपछि केही समय यो कुरा त्यत्तिकै सेलायो ।

अनि बन्यो केशर बगैंचा

राणाहरु जुवा खेल्नमा निकै रुची राख्थेँ । विशेष चाडपर्वमा त अझ परिवारका मुख्य सदस्य भेला भएर कौडा खेल्थे । सोही क्रममा चन्द्र शमशेरसँग जुवा खेल्दा केशर शमशेरले एक लाख रुपैयाँ जिते । त्यही पैसाले केशर महलमा एडवार्डियन गार्डेनजस्तै एउटा बगैँचा बनाउन लगाए । ‘खास बगैँचा बन्नुको रहस्य त यस्तो रहेछ नि ?,’ शेर्पा भन्छन्, ‘हामीले पनि त्यही कुरा सुनेका हौँ । आँखाले देखेको कुरा त होइन तर, धेरै इतिहासका जानकारहरुले यसै भन्ने गर्नुहुन्छ । त्यसलाई आधार मानेर हामीले पनि अहिलेसम्म मानेकै छौँ ।’

संस्कृतविद् सत्यमोहन जोशी उतिबेला राणाहरु यमपञ्चकमा विशेष महत्वका साथ जुवा खेल्ने गरेको स्वीकार्छन् । उनी भन्छन्, ‘राणाहरु तिहारमा खुबै जुवा खेल्थे । सोही जुवामा जितेको पैसाले खुसीयाली मनाउन केशर शमशेरले बगैँचा बनाएका हुन सक्छन् । इतिहासमा सुनेको र कतै लेखिएको कुरा हो । मान्नै पर्यो ।’

जुवामा पैसा जितेकाले उहाँले यसको श्रेय धनकी लक्ष्मीलाई दिनुभयो र लक्ष्मीको मूर्तिसँगै कौडाको बिम्व पनि बनाउन लगाउनुभयो ।’ उनको कुरामा साँच्चै दम छ । हरेक ऐतिहासिक स्थलमा कुनै न कुनै प्रतिकात्मक चिन्ह लुकेका छन् । जुन कुरा गार्डेन अफ ड्रिम्समा पनि छ । तर, धेरैले यसको अन्दाज लगाएका छैनन् ।

बगैँचा जुवा खेलेर जितेको पैसाले बनाएको प्रमाण त्यहाँ रहेको धनकी देवी लक्ष्मीको मूर्ति हुनु पनि हो । अझ त्यसकै आडमा कौडाको तस्बिर छ । झन्डै दुई दशक बगैँचाको रेखदेखमा बिताएका तारा दाहाल भन्छन्, ‘केशर शमशेरले आफ्ना बाबुसँग जुवामा एक लाख रुपैयाँ जितेर यो बगैँचा बनाउनु भएको हो ।

जुवामा पैसा जितेकाले उहाँले यसको श्रेय धनकी लक्ष्मीलाई दिनुभयो र लक्ष्मीको मूर्तिसँगै कौडाको बिम्व पनि बनाउन लगाउनुभयो ।’ उनको कुरामा साँच्चै दम छ । हरेक ऐतिहासिक स्थलमा कुनै न कुनै प्रतिकात्मक चिन्ह लुकेका छन् । जुन कुरा गार्डेन अफ ड्रिम्समा पनि छ । तर, धेरैले यसको अन्दाज लगाएका छैनन् ।

यो बगैँचा तत्कालिन समयको अत्यधिक आधुनिक थियो । एडवर्डिएन शैलीबाट प्रेरित बगैँचालाई त्यतिबेलाका चर्चित आर्किटेक्ट किशोर नरसिंहले डिजाइन गरेका थिए । बगैँचाको वास्तुशिल्पी ढाँचा प्रदान गर्ने ६ वटा पञ्जाहरु नेपालको ऋतुहरुबाट प्रभावित छ । यो बगैँचा आर्किटेक्ट र साहित्यसँग पनि जोडिएको छ । बगैँचामा थप गरिएका आधुनिक भवनहरु भने निकै पछिका हुन् ।

सन् १९२० को दशकमा बनेको केशर बगैँचा केशर शमशेरले आफ्नो मृत्यु (सन् १९६४) अघि तत्कालिन श्री ५ को सरकारलाई हस्तान्तरण गरे । सन् २००७ पछि यो सर्वसाधारणका लागि खुला गरियो । केशर महलमा भने हाल शिक्षा मन्त्रालयका विभिन्न शाखाहरु छन् । पुस्तकलय २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि बन्द अवस्थामा छ ।

केशर बगैंचाबाट स्वप्न बगैंचा

केशर शमशेरको मृत्युपछि बगैँचा अस्तव्यस्त बन्यो । बगैँचाको सौन्दर्यतामा नै ह्रास आउन थाल्यो । लामो समय बगैँचाको स्वरुप खन्डहरजस्तै बन्न पुग्यो । भनिन्छ नि १२ वर्षपछि बगेको खोला पनि फर्कन्छ । बगैँचाको सवालमा पनि त्यस्तै भयो । अष्ट्रियन सरकारले १० लाख डलर सहयोग गरेपछि नेपाल भ्रमण वर्ष २०६४ मा आएर यसले पहिलेकै रुप पायो । र, गार्डेन अफ ड्रिम्स अर्थात स्वप्न बगैँचाको रुपमा अहिले परिचित छ ।

त्यहाँभित्र रहेका चरा बस्ने घरहरु, कमल पोखरी, कृत्रिम झरना, बसन्त, गृष्म र शरद ऋतुको झ–झल्को दिनेगरी बनाइएका सदनहरु, विभिन्न प्रकृतिका वनस्पती फूलहरुले धेरैको मन पुलकित बनाउँछन् । अझ त्यहाँ रहेको आर्ट ग्यालरीमा शेखर शमशेरको पालाको तस्बिरहरु समेत हेर्न पाइन्छ । आशा गरौँ कोरोना महामारी अन्त्य हुनेछ र ‘नियो–क्लासिकल गार्डेन’ मा फेरि रौनक थपिनेछ ।

२०७२ को भूकम्पका कारण केही ऐतिहासिक कुराहरु भत्किएको भए तापनि पुननिर्माण भइसकेको छ । दैनिक पाँच सयको हाराहारीमा आन्तरिक तथा विदेश पर्यटकहरु गार्डेन अफ ड्रिम्स पुग्ने गरेको तथ्यांक छ । विशेष गरी यो स्थल युवा जोडीको रोजाइमा पर्ने गरेको पाइन्छ । अर्थात, गार्डेन अफ ड्रिम्स प्रेम जोडीका लागि खुला संसार जस्तै हो ।

तर, आगन्तुकहरुले ‘नियो–क्लासिकल गार्डेन’ लाई केवल मनोरञ्जनस्थलको रुपमा बुझ्ने गरेकोमा जानकारहरुको भने गुनासो छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको बगैँचा निकै मनमोहक छ । त्यहाँ पुग्ने जो कोहीलाई पनि यसले मन्त्रमुग्ध बनाउँछ । यो प्राकृतिक सौन्दर्यको एउटा अनुपम संग्रह बनेको छ ।

त्यहाँभित्र रहेका चरा बस्ने घरहरु, कमल पोखरी, कृत्रिम झरना, बसन्त, गृष्म र शरद ऋतुको झ–झल्को दिनेगरी बनाइएका सदनहरु, विभिन्न प्रकृतिका वनस्पती फूलहरुले धेरैको मन पुलकित बनाउँछन् । अझ त्यहाँ रहेको आर्ट ग्यालरीमा शेखर शमशेरको पालाको तस्बिरहरु समेत हेर्न पाइन्छ । आशा गरौँ कोरोना महामारी अन्त्य हुनेछ र ‘नियो–क्लासिकल गार्डेन’ मा फेरि रौनक थपिनेछ ।

यो पनि पढ्नुहोस् :
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested