यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
काठमाडौंको मैतिदेवीस्थित शास्त्रीय बस्तीभित्र दुई वटा पुराना घर छन् । एउटा महाकवि लक्ष्मीप्रसाद देवकोटाको (बिहीबार भत्काइएको घर) र अर्को उनकी माइली छोरी अम्बिकादेवी देवकोटा रिमालको । यी दुई घर वरिपरी बडा मानका बिल्डिङहरु ठडिएका छन् । लाग्छ, ती बिल्डिङले अम्बिकादेवीको घरलाई गिज्याइरहेका छन् । तर, यसले उनलाई खासै फरक पारेको छैन । किनकि सोही पुरानो दुई तले पक्की घर उनका लागि जीवन जिउने सहारा बनेको छ । सुख, दुःख जे–जस्तो छ त्यसैसँग साटिरहेकी छन् । अनि कहिले छत त कहिले बार्दलीबाट नियालिरहेकी छन्, महाकवी देवकोटाको नजिकै रहेको भत्किरहेको घर ।
आफूले लेखेका हरेक कविता महाकवि देवकोटाले आफ्नी श्रीमती मनदेवीलाई सुनाउँथे । मनदेवी कविता सुनेर मख्ख पर्थिन् । उनले लयमा–लय मिलाएर सुनाएको कविताले मनदेवीको हृदयमा स्पर्श गथ्र्यो । त्यसपछि साटासाट गर्थे उनीहरु आफ्नो गहिरो प्रेम । मन्द मुस्कानका साथ ।
उमेरले सात दशक पार गरिसकेकी अम्बिकादेवी कुरा गर्न निकै सिपालु छिन् । दाहिने कान सुन्दिनन् । देब्रे कानले पनि नजिकै बसेर जोडले बोलेपछि बल्ल सुन्छिन् । तर, उनको शरीरमा फूर्ति भने अझै छ । दुई नातीको जिम्मेवारी काँधमा बोकेकी छन् । र, उनीहरुको हेरचाह गर्दै रमाइलो गरेर बितिरहेको छ, दैनिकी ।
अम्बिकादेवीले आफ्ना बाबु महाकवि देवकोटासँग बाँचिरहेको जीवनको पाँच भागको एक भागमात्र समय बिताउन पाइन् । अर्थात्, उनी १६ वर्षको हुँदा महाकवि देवकोटाले संसार छाडे । तर, बाबुका धेरै यादहरु उनीसँग अहिले पनि ताजै छन् । कसैले नदेखेको आफ्ना आमा–बाबुको गहिरो प्रेम उनले अनुभव गरेकी छन् ।
आफूले लेखेका हरेक कविता महाकवि देवकोटाले आफ्नी श्रीमती मनदेवीलाई सुनाउँथे । मनदेवी कविता सुनेर मख्ख पर्थिन् । उनले लयमा–लय मिलाएर सुनाएको कविताले मनदेवीको हृदयमा स्पर्श गथ्र्यो । त्यसपछि साटासाट गर्थे उनीहरु आफ्नो गहिरो प्रेम । मन्द मुस्कानका साथ ।
कहिलेकाहीँ रिसाएकी श्रीमतीलाई उनी कवितामार्फत नै फकाइदिन्थे । यो सबै अम्बिकादेवीले थाहा पाउँथिन् । उतिबेला त बा’ले के गरेका हुन् भन्ने उनमा खासै सद्बुद्धी थिएन तर, जब बुझ्ने भइन् सबै कुरा चाल पाइन् ।
अम्बिकादेवीका अनुसार मार्सी चामलको भात, दाल र डुकू उनको मनपर्ने खाना थियो । चरेसको थालमा थालभरी हातले ग्वाम… ग्वाम… पारेर महाकवि देवकोटा खाना खान्थे ।
अम्बिकादेवीकाअनुसार महाकवि देवकोटालाई कविता लेख्न समयको कुनै पावन्दी नै थिएन । उनी जतिबेला पनि लेख्न सक्थे । गीत भने बिहान वा बेलुका गाउँथे । अम्बिकादेवी उनको गीत सुनेर मन्त्रमुग्ध हुन्थिन् । मनमनै आफूले पनि यस्तै गीत गाउन पाए त भन्ने पुकार गर्थिन् ।
महाकवि देवकोटा मनदेवीले पकाएको खाना मीठो मानेर खान्थे । मनदेवीले जे दियो त्यसमै सन्तुष्ट हुन्थे । मगमग वासना आउने मार्सी चामलको भात उनलाई औधी मनपथ्र्यो । अम्बिकादेवीका अनुसार मार्सी चामलको भात, दाल र डुकू उनको मनपर्ने खाना थियो । चरेसको थालमा थालभरी हातले ग्वाम… ग्वाम… पारेर महाकवि देवकोटा खाना खान्थे ।
देवकोटाले आफूलाई मनपर्ने खाना दाल, भात, डुकूको विषयमा एउटा कवितासमेत लेखेका छन् । एकपटक साहित्यिक गोष्ठीमा भाग लिन भारतका महापण्डित राहुल सांस्कृत्यायान नेपाल आएका थिए । गोष्ठीमा महाकवि देवकोटालाई पनि निमन्त्रणा गरिएको थियो । एक मित्र आएर कार्यक्रममा जाने होइन भनेपछि महाकवि देवकोटा झस्किए । हतार–हतार, दाल, भात, डुकू खाएर उनी निस्किए । अम्बिकादेवी भन्छिन्, ‘गोष्ठीमा कविहरुले कविता सुनाउने कार्यक्रम रहेछ । बुबाले त कविता नै लान बिर्सनुभएछ । त्यसपछि त्यहिँ दाल, भात, डुकू नामक कविता लेख्नुभयो रे ।’ यसरी महाकवि देवकोटाले घरबाट भर्खरै खाएर गएको दाल, भात, डुकूलाई कविताको शीर्षक बनाइदिए ।
कविता लेखेर उनले संकलनकर्तालाई दिए । तर, संकलनकर्ताले उनको अपमान गरे । यस्तो पनि कविता हुन्छ भनेर कविता लेखेको कागज नै कच्याककुचुक पारिदिए । पछि उनका एक मित्रले छाड्नुस् बेइज्जत भए यसको नै हुन्छ भन्न दिम् भनेपछि उनको कविता अन्तिममा राखियो । महाकवि देवकोटाको सोही कविता सुनेपछि महापण्डित राहुल सांस्कृत्यायानले उनको खुबै तारिफ गरे ।
त्यतिबेला देवकोटाले उक्त कविता चुरोटको डिब्बामा लेखेका थिए । उनका अक्षर निकै मसिना हुन्थे । अम्बिकादेवी कपी चाँडो सकिन्छ भनेर बुबाले मसिना अक्षर लेख्ने गरेको बताउँछिन् ।
महाकवि देवकोटा निकै कोमल हृदयका व्यक्ति थिए । सधै सबैलाई सहयोग गरिरहन्थे । कसैको दुःख पीडा हेर्न सक्दैनथे । घरखर्च चलाउन मनदेवीले गाउँबाट ऋण गर्थिन् । मनदेवी अलि कडा स्वाभावकी थिइन् । त्यसैले धेरैले महाकवि देवकोटासँग उनको विषयमा कुरा लगाइदिन्थे । देवकोटा ती सबै कुरा सुन्थे र हो’मा हो मिलाइदिन्थे । तर, यो केवल देखावटी थियो । वास्तवमा उनीहरुबीच अथाह प्रेम थियो । महाकवि देवकोटाको बच्चादेखि वृद्धसम्म सबैसँग निकै राम्रो सम्बन्ध थियो । साना बच्चासँग मीठामीठा कुरा गरेर बस्थे । उनीहरुसँग गफ गर्न पाएपछि समय बितेको पत्तै पाउँदैनथे ।
एकपटक घर आउँदा देवकोटाले ज्यापूलाई बोकाएर तीन खर्पन काउली ल्याए । घरकाले आज घरमा पार्टी रहेछ क्यारे भन्ने सोचेछन् । मनदेवीले काउली ल्याउनुको कारण सोधिन् । देवकोटाले गाईंलाई खुवाउन ल्याएको भन्ने उत्तर दिए ।
उतिबेला दाउरा बाल्ने चलन थियो । एकदिन दाउरे देवकोटाको घरमा आएका थिए । उनी अलिपर उभिरहेका थिए । देवकोटाले उनी हिचकिचाइरहेको देखेर दाउरेलाई बोलाई चकटीमा बसाले । त्यसपछि उनीसँग मीठामीठा कुरा गर्न थाले । अम्बिकादेवीलाई यो कुरा अझै पनि याद छ । प्राय देवकोटा कवितामा मस्त हुन्थे । मनदेवी कृष्ण भगवानको ध्यानमा । अम्बिकादेवीहरु आफ्नै तालमा रमाउँथे । देवकोटाले कहिल्यै कुनै कुरामा छोरीहरुलाई नियन्त्रणा गरेनन् ।
देवकोटाले घरमा गाई, भैंसी पालेका थिए । गाईंलाई उनी निकै माया गर्थे । गाईं पनि देवकोटाजस्तै सालिन थियो । ‘उसको थुनमा लगेर मुख छुवाइदिनासाथ दूध दिने गाईं थियो । बुबाले निकै माया गर्नुहुन्थ्यो, पछि उहाँ बिरामी हुँदा चोरेर लगे’ तलतिर झरेको सेत्तै फुलेका कपाल माथि लाँदै अम्बिकादेवी भन्छिन् ।
एकपटक घर आउँदा देवकोटाले ज्यापूलाई बोकाएर तीन खर्पन काउली ल्याए । घरकाले आज घरमा पार्टी रहेछ क्यारे भन्ने सोचेछन् । मनदेवीले काउली ल्याउनुको कारण सोधिन् । देवकोटाले गाईंलाई खुवाउन ल्याएको भन्ने उत्तर दिए ।
‘मुमाले गाईंलाई काउली किन खुवाउनुपर्यो भन्नुभयो,’ अम्बिकादेवी विगततिर टोलाउँदै एकछिनपछि भन्छिन्, ‘बुबाले तिमीलेमात्र मीठो खानुपर्छ भन्ने छ र, कहिलेकाहीँ गाईले पनि खानुपर्यो नि भन्नुभयो ।’ त्यसपछि देवकोटाले काउली भटाभट गाईंलाई खुवाउन थाले ।
उतिबेला महाकवि देवकोटाले घरमा चार जना कामदार राखेका थिए । गाई चराउने, घरको सरसफाई गर्ने, खाना बनाउने र गाई चराउन जाने । मनदेवी एउटै मान्छेले सबै काम गर्न सकिहाल्छ नि किन यतिका मान्छे राख्नुपर्यो भन्थिन् । देवकोटा एउटालाई मात्र यतिका काम गर्दा दुःख हुन्छ भन्थे ।
मनदेवी कामदारलाई तौली चामल खुवाउँथिन् । तर, देवकोटा आफूहरुले जे खायो त्यही दिन निर्देशन दिन्थे । भन्थे, ‘यिनीहरु पनि हाम्रै छोराछोरी हुन् । भेदभाव नगर है मनु ।’ यसै विषयमा देवकोटा र मनदेवीको कुरा बाझ्थ्यो ।
लालबहादुर नाम गरेका एक कामदार थिए । लालबहादुरकी ८ वर्षकी छोरी थिइन् । मनदेवी आफ्ना केटाकेटीले फालेको जुठो भात लालबहादुरकी छोरीलाई दिन्थिन् । तर, लालबहादुर खुवाउन मान्दैनथे । यो कुरा थाहा पाएपछि देवकोटा मनदेवीसँग रिसाउँथे ।
उतिबेला मासिक ३/४हजार रुपैयाँको हाराहारिमा आम्दानी गर्थे । तर, हातमा पैसा पर्नासाथ अरुलाई बाँड्दै हिँड्ने । यतिसम्म कि तलब बुझेर घर आउँदा उनको हात रित्तो हुन्थ्यो । घर चलाउन मनदेवीले गाउँघरमा सापटी लिनुपर्थ्यो ।
‘मुमाले तीन तलामाथिबाट लालबहादुर… ए लालबहादुर… भन्दै चिच्याउनुहुन्थ्यो तर, लालबहादुर बुबाको मुख हेरेर बसिरहन्थ्यो,’ हाँस्दै अम्बिकादेवी भन्छिन्, ‘बुबाले कतिबेला कुन काम अर्ह्याउनुहुन्छ र गर्न पाउँला भनेर ऊ त्यसो गथ्र्यो । ऊ त्यो मसी ल्याउ त, त्यो किताब ल्याउ त, त्यो कपी ल्याउ त भन्दा मख्ख पर्थ्यो ।’
लालबहादुर मनदेवीको भए नभएको कुरा देवकोटालाई सुनाउँथे । त्यसवापत देवकोटा उसलाई बक्सिस दिन्थे । पैसा पाउने लोभमा लालबहादुरले हुँदै नभएको कुरा पनि सुनाउन थाले । यसो हुँदै जाँदा एकदिन त घरमा भयाभह स्थिति नै आइलाग्यो ।
चिच्याउँदै महाकवि देवकोटाले भने, ‘ए लालबहादुर छिटो गुन्टा कस् अब हामी होटलमा गएर बस्नुपर्छ ।’
फेरि मनदेवीतिर हेर्दै भने, ‘तिमीलाई महिनाको १० हजार दिन्छु । तिमी यहाँ बस् म लालबहादुरलाई लिएर गएँ ।’ यो कुरा मनदेवीलाई असह्य भयो । त्यसपछि तिमीहरु बस् बरु म नै जान्छु भनेर माइत लागिन् । अम्बिकादेवीले थाहा पाएदेखि कहिल्यै माइत नगएकी मनदेवी यसरी एक्कासी हिँडेपछि बच्चाबच्ची अलपत्र परे । आत्तिएर उनीहरु मामाघर गए । रोई, कराई गरेर आमालाई फर्काएर घरमा लिएर आए ।
घरमा आउनासाथ हातमा लौरो समाएर मायादेवीले लालबहादुरलाई भनिन्, ‘ए मोरा यहाँबाट निस्कन्छस् कि यै लौरोले तलाईंँ ठटाऊँ हँ…।’ त्यसपछि लालबहादुर टाप कसे । ‘बेलुका बुबा आएर लालबहादुरलाई बोलाउनुभयो’ अम्बिकादेवी रोमाञ्चीत हुँदै भन्छिन्, ‘मुमाले अब आएको आयै हो लालबहादुर भन्नुभयो, बुबा मुमा घरमा आएको देखेर चुप लाग्नुभयो ।’
अम्बिकादेवीको बुझाईमा बाबु लक्ष्मीप्रसाद देवकोटा धनी भएर पनि निकै गरिब थिए । उनीसँग प्रसस्त पैसा हुन्थ्यो । उतिबेला मासिक ३-४ हजार रुपैयाँको हाराहारिमा आम्दानी गर्थे । तर, हातमा पैसा पर्नासाथ अरुलाई बाँड्दै हिँड्ने । यतिसम्म कि तलब बुझेर घर आउँदा उनको हात रित्तो हुन्थ्यो । घर चलाउन मनदेवीले गाउँघरमा सापटी लिनुपर्थ्यो ।
छोरीहरुलाई पढाउन लाग्दा गाउँभर हल्ला गरेर छोराछोरी पठाउन आग्रह गर्थे देवकोटा । अम्बिकादेवीको संगीतप्रति रुची देखेर घरमै संगीत शिक्षक राखिदिएका थिए । उनले त्यहीँबाट संगीत सिकेर पछि रेडियो नेपालमा गीत रेकर्ड गरिन् । अझै पनि उनको स्वर सुरिलो छ । तर, स्वास्थ्यमा समस्या आएका कारण डाक्टरले गीत गाउन प्रतिबन्ध लगाएका छन् । उनलाई भने गाउँ–गाउँ लाग्छ ।
देवकोटाको विषयमा कुरा गर्दा–गर्दै उनले आफू भारतमा गएर संगीत सिकेको कुरा पनि सुनाउन भ्याइन् । संगीतको विषयमा कुरा गर्दै जाँदा उनको मुहारमा प्रसन्नता छायो । उनले आफूलाई रोक्न सकिनन् । सुनाइन् देवकोटाले लेखेको र आफूले रेडियो नेपालमा रेकर्ड गरेको एउटा गीत :
कुन मन्दिरमा जान्छौँ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ?
मानिसहरुका काँध चढी, कुन देवपुरीमा जाने हो ?
बिरामी भएपछि भने महाकवि देवकोटालाई आफ्नो परिवारको चिन्ता थियो । छोरा–छोरीले दुःख पाउने भए भन्ने लागिरहन्थ्यो । देवकोटा बिरामी भएका बेला उनलाई हेर्ने जिम्मा प्राय अम्बिकादेवीले पाउँथिन् । सानोमा धेरैको चञ्चले स्वभाव हुन्छ । अम्बिकादेवी पनि त्यस्तै थिइन् । एकै ठाउँमा बसिरहन कहाँ सक्थिन् र ! यताउता गर्थिन् । एकछिनपछि आउँदा त झुलभित्र बुबा हुँदैनथे । उनी आत्तिएर आमालाई बोलाउँथिन् ।
मान्छे जम्मा भएर खोज्न जाँदा उनी चोकको पिपलको बोटमुनी सुतिरहेका भेटिन्थे । ‘क्यान्सरको पीडाले सहिनसक्नु हुँदोरहेछ,’ गम्भीर हुँदै अम्बिकादेवी भन्छिन्, ‘त्यही भएर उठेर पिपलको बोटमुनी जानुहुँदोरहेछ । त्यतिबेला सानै भएकाले खासै वास्ता थिएन, अहिले बुबालाई कति पीडा हुन्थ्यो होला भन्ने सोच्छु ।’
महाकवि देवकोटा धेरै बिरामी भएपछि उपचारका लागि कलकत्ता पुगे । डाक्टरले क्यान्सर भएकाले उपचार गर्नुपर्ने कुरा बताए । तर, देवकोटाले उपचार गर्न आनाकानी गरे । त्यतिबेला डाक्टरले अहिले उपचार गरे ठूलो आन्द्राको एक इन्च निकाले पुग्छ नत्र पछि थप जटिल बन्नसक्छ भनेर सम्झाए । तर, देवकोटाले मरिगए मानेनन् ।
अपरेशन गर्दा मरेपछि परिवारसँग भेट हुँदैन भन्ने डर रहेछ उनमा । सल्लाह गरेर आउँछु भनेर उनी काठमाडौं आए । आएपछि पैसाको चाँजोपाँजो मिलाएर, घरमा दुई महिनालाई पुग्ने खानेकुरा किनेर अप्रेशन गर्न जान पाए हुन्थ्यो भन्दाभन्दै एक वर्ष बित्यो । यसरी उनको रोग झन् जटिल बन्दै गयो । पछि (२०१५ सालमा) अप्रेशनका लागि भारत जाँदा ठूलो आन्द्राको तीन ईन्च निकालियो । त्यसपछि महाकवि देवकोटा निकै कमजोर भए । खाना पच्न छाड्यो ।
मनदेवीले त्यतिबेला देवकोटाको निकै स्याहार गरिन् । हावापानी छल्न भनेर विभिन्न स्थानमा घुमाउन लगिन् । दिनरात नभनी सेवा गरिरहिन् । उनको चम्किलो मुहारमा अशान्ती छायो । ‘त्यो त मुमाको बुबाप्रतिको प्रेम रहेछ, मैले निकै पछिमात्र पो बुझेँ’ अम्बिकादेवीको आँखा रसाउँछ ।
महाकवि देवकोटा छोरालाई मुसारेर खेलाउँदै थिए । त्यत्तिकैमा अम्बिकादेवीले भात खान लैजाने भन्दै भाईलाई लिएर गइन् । ‘बुबाले आफूसँगै राख्न खोज्नुभएको थियो । तर, त्यतिबेला मेरो बुद्धि कहाँ थियो र । मैले खोसेर लगेँ’ उनी भावुक भइन् । आँखाबाट तरर आँसु खस्यो ।
लक्ष्मीप्रसाद देवकोटा अस्पतालमा जीवनको अन्तिम सास फेरिरहेका थिए । भेट्न आउनेहरुको निकै भिड हुन्थ्यो । अम्बिकादेवीका अनुसार तत्कालिन बडा महारानी देवकोटालाई भेट्न अस्पताल गएकी थिइन् । ‘कान्छी बहिनी मुनालाई देखेपछि बडा महारानीले यी छोरी म लिन्छु है देवकोटाजी भन्नुभयो’ अम्बिकादेवी सुनाउँछिन् । तर, यो कुरा पछि त्यत्तिकै हराएर गयो ।
यतिबेला महाकवि देवकोटाको कान्छो छोरा (दीपक) १८ महिनाका थिए । अम्बिकादेवीले दीपकलाई बोकेर अस्पताल पुर्याइन् । ‘भाईले बुबालाई देखेर बा’बा भनेर करायो’ अम्बिकादेवी भन्छिन्, ‘बुबाले पनि बाबा भनेर लिनुभयो ।’
महाकवि देवकोटा छोरालाई मुसारेर खेलाउँदै थिए । त्यत्तिकैमा अम्बिकादेवीले भात खान लैजाने भन्दै भाईलाई लिएर गइन् । ‘बुबाले आफूसँगै राख्न खोज्नुभएको थियो । तर, त्यतिबेला मेरो बुद्धि कहाँ थियो र । मैले खोसेर लगेँ’ उनी भावुक भइन् । आँखाबाट तरर आँसु खस्यो ।
त्यसपछि देवकोटाले कहिल्यै छोरालाई काखमा लिन पाएनन् । देवकोटाको अवस्था निकै नाजुक भइसकेको थियो । उनी आफैले अब म तीन दिनभन्दा बाँच्दिन भनेका थिए । त्यसैले उनकै ईच्छाअनुसार आर्यघाट लगियो । र, तीन दिनपछि २०१६ साल भाद्र २९ गते साँझको ६ बजे उनको मृत्यु भयो ।
यो पनि पढ्नुहोस्
यस्तो थियो गिरिजाप्रसाद कोइरालाको लाइफस्टाइल
यस्तो थियो जननेता मदन भण्डारीको लाइफस्टाइल
यस्तो थियो राजा वीरेन्द्रको लाइफस्टाइल
यस्तो थियो शिवजीको लाइफस्टाइल










Doug
Tit fucking vids fromKitten natividad analNormal size of erected penisNutrition for teen girlsGo 2 amateurDick dale no longer on 96.5Free clips of classic retro pornBondage crotch ropeAsian teacher stockings xnxx Spice twins assCavalier girls nudePre cum cfnmGay help for the elderlyHarold llyod 3d nudesNaked beach picturesExtreme porn storyHuge tit huge ass tube https://hiporn.cc/ Shot women with big boobsAvatar the last airbender sex freeOffice fuck tubeSlut load erin andrewsArab boy gay turkishDebbie dunning nakeFree gay man movie sexSore bumps vulvaHentai xxx masturbates xnxx Is kim kirkley a lesbianSexy shoe manufacturerBradley rivers jonathan blaine sexErotic porn dvd ukBrazil sex free movieAnal in waterDick hillis church of christFucked after passing outFree homemade chubby women videoFrank keeling the sexual molesterLooking into vaginaPorn stars massive cockVintage veteran motorcycle uk32dd nudeGreek sex vacationSex male staminaTeen hitchhikers baileyGuy having sex on airplaneTiva tube pornPenis weight hanging vacuumYoung girl hand jobs Take a look at my web site; homepage