English

सन्दर्भ: राजदरबार हत्याकाण्ड

यस्तो थियो राजा वीरेन्द्रको लाइफस्टाइल



टिका धमला, राजा वीरेन्द्रका अंगरक्षक

पूर्व राजा वीरेन्द्र शाहको परिवारसहित १० जनाको ज्यान जानेगरी रहस्यमय दरवार हत्याकाण्डको भएको आज २० वर्ष पूरा भएको छ । वि.सं. २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको राजदरवार हत्याकाण्ड अझै रहस्यमै सिमित छ ।

नेपालको इतिहासकै अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो ।

हत्याकाण्डबारे तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाटसहितको छानबिन समिति बनाइएको थियो । उक्त समितिले युवराज दीपेन्द्रले परिवारमाथि गोली चलाएको र आफूले गोली हानी आत्महत्या गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

बेनीघाटबाट र्याफ्टिङ सुरु भयो । हामी दासढुङ्गामा पाल टाँगेर बस्यौँ । त्यहाँ पुगेपछि पारीपट्टि एउटा छाँगा आएको रहेछ । हामीले नोटिस पनि गरेका थिएनौँ, तर उहाँले मलाई ए टीका एता आउ त, हेर त्यहाँ नुहाउन मन लाग्यो मलाई भन्नुभयो र उहाँसँग म पछिपछि गएँ ।

तर, सबैको प्रीय राजा वीरेन्द्रको जीवनशैली कस्तो थियो ? यसबारेमा २० वर्षसम्म अंगरक्षकको रुपमा रहेर राजासँग निकट रहेका नेपाली सेनाका अवकास प्राप्त उपरथी टिका धमलासँग स्वर्गीय राजा वीरेन्द्रको लाइफस्टाइलमा केन्द्रीत रहेर गरिएको कुराकानीमा आधारितः

प्रकृति प्रेमी

राजा वीरेन्द्र राजाको रुपमा नभइकन एउटा पक्का राष्ट्रवादी नेपाली हुनुहुन्थ्यो । उहाँसँग मैले २० वर्ष अभिछिन्न रुपमा मेरो परिवार भन्दा धेरै समय बिताएको छु । विदेशमा हुँदा पनि र नेपालमा हुँदा पनि जहिल्यै नेपाल र नेपालीको मात्रै चिन्ता गर्नुहुन्थ्यो । २०४७ सालको संविधान आइसकेपछि राजा वीरेन्द्र एकपटक र्‍याफ्टिङमा सवारी हुनुभयो । त्यो टीममा म पनि परेको थिएँ । बेनीघाटबाट र्‍याफ्टिङ सुरु भयो । हामी दासढुङ्गामा पाल टाँगेर बस्यौँ । त्यहाँ पुगेपछि पारीपट्टि एउटा छाँगा आएको रहेछ । हामीले नोटिस पनि गरेका थिएनौँ, तर उहाँले मलाई ए टीका एता आउ त, हेर त्यहाँ नुहाउन मन लाग्यो मलाई भन्नुभयो र उहाँसँग म पछिपछि गएँ ।

त्यहाँ सानो हाते ट्याक्टरले खेत जोतिरहेको थियो, अनि उहाँले नेपालमा त यो भन्दा पनि सानो ट्याक्टर चाहिन्छ, अनि कृषि राम्रो हुन्छ भन्नुभयो । गोरु अब पुरानो भयो नयाँ टेक्नोलोजी आउनुपर्छ भन्नुहुन्थ्यो । उहाँमा यस्तो सोच जहिल्यै आउँथ्यो, बेकाममा कहिल्यै घुम्नुभएन ।

त्यसपछि त्यहि पोखरी बनेको रहेछ, सरकारले नुहाउनु भयो, मैले एउटा फोटो लिउँ सरकार भनेँ, अनुमति दिनुभयो । त्यसपछि उहाँले भन्नुभयो, ए टीका हेर, यत्तिको झर्ना र पानी शिवपुरीमा भइदिएको भए काठमाडौंमा कति सजिलो हुन्थ्यो है, उहाँको त्यस्तो सोच थियो । उहाँले काठमाडौं वरिपरिको एउटा रुख पनि काट्न हुँदैन भन्नुहुन्थ्यो । त्यहाँ विकसित भएपछि अर्को ठाउँ पनि डेभलप हुन्छ र वरिपरीको रुख सकिन्छ भनेर नागार्जुन र शिवपुरी जलाधारमा टूरिजम सेक्टर डेभलभ गर्न अस्विकार गर्दै पर्खाल लगाउनुभएको थियो । त्यसैले उहाँ दिर्घकालिन सोच र प्रकृति प्रेमी हुनुहुन्थ्यो ।

बिनाकाम घुम्न नजाने

उहाँ बिना काममा कतै पनि घुम्न जान खोज्नुहुन्न थियो । विदेशमा विभिन्न भ्रमण हुँदा पनि नेपाललाई आवश्यक पर्ने भएमात्र भ्रमणमा जानुहुन्थ्यो । एकपटक थाइल्याण्डको बैंककमा पहाडी इलाकामा जाँदा बीच बाटोमा गाडी रोक भन्नुभयो ।

त्यहाँ सानो हाते ट्याक्टरले खेत जोतिरहेको थियो, अनि उहाँले नेपालमा त यो भन्दा पनि सानो ट्याक्टर चाहिन्छ, अनि कृषि राम्रो हुन्छ भन्नुभयो । गोरु अब पुरानो भयो नयाँ टेक्नोलोजी आउनुपर्छ भन्नुहुन्थ्यो । उहाँमा यस्तो सोच जहिल्यै आउँथ्यो, बेकाममा कहिल्यै घुम्नुभएन ।

किताव पढ्ने बानी

उहाँले धेरै किताव पढ्नुहुन्थ्यो । किताव पढ्ने शौख धेरै थियो । इतिहाससम्बन्धिका पुस्तक धेरै रुचाउनुहुन्थ्यो । उहाँले धेरै इतिहासका किताव पढेको देखेको थिएँ । ग्लोबल पोलिटिक्स, नेशनल मण्डेला, महात्मा गान्धीको बायोग्राफी । एक पटक कितावकै सन्दर्भमा, धनकुटा सवारी थियो ।

२०३९ साल जस्तो लाग्छ मलाई, त्यो बेलामा म पनि साथमै थिएँ । एकदिन दिउँसो २ बजेतिर मैले एउटा किताव पढिरहेको थिएँ । त्यो के किताव पढेको भनेर हुकुम भयो । मैले त्यतिबेला चुज लाइफ (जीवन रोज्नुहोस्) भन्ने किताब पढिरहेको थिएँ । राजाले खै लेउ त तिम्रो किताव भन्नुभयो ।

नेशनल जीयोग्राफीका कितावहरु धेरै पढ्नुहुन्थ्यो । जनावरहरुलाई धेरै माया गर्नुहुन्थ्यो । साथै संरक्षण पनि गर्नुभयो ।

मैले त्यहिँ आधा पढिसकेको थिएँ । त्यसपछि उहाँले मलाई पनि तिमीले पढिसकेपछि देउ भन्नुभयो । मैले रोक्न सकिन र बेलुका लगेर दिएँ । त्यसपछि तिमीले पढिसक्यौ भन्नुभयो । मैले चिन्ह लगाएर राख्या छु पछि पढ्छु भनेँ । त्यसको दुई, तीन दिनपछि तिमी यो पेजमा पुग्या छौ कि, छैनौ भन्नुभयो ।

त्यसमा २० औँ शताब्दीको राजसंस्था कस्तो हुनुपर्छ भन्ने कुरा छ, नछोडी पढ है भन्नुभएको थियो । नेशनल जीयोग्राफीका कितावहरु धेरै पढ्नुहुन्थ्यो । जनावरहरुलाई धेरै माया गर्नुहुन्थ्यो । साथै संरक्षण पनि गर्नुभयो ।

भुटेको मकै धेरै मन पर्दथ्यो

धेरै सिम्पल हुनुहुन्थ्यो । म त कल्पना पनि गर्न सक्दिन । राजाले के लगाउँछन् के खान्छन् भन्ने आश्चर्य हुन्थ्यो तर राजा वीरेन्द्र सामान्य लाउने र खाने गर्नुहुन्थ्यो । जीन्सको पाइन्ट लगाउनुहुन्थ्यो । धेरैजसो उहाँ नेपाली उत्पादन लगाउन मन पराउनुहुन्थ्यो ।

उहाँको एउटा सपना थियो । बाहिरबाट ल्याउने भन्दा नेपाल भित्रै केही गर्नपर्छ भन्ने सोच राख्नुहुन्थ्यो । उहाँको लवाई पनि धेरै सिम्पल र खुवाई पनि उस्तै थियो । उहाँलाई भुटेको मकै धेरै मन पर्दथ्यो । खानामा साधारण दाल भात तरकारी नै रुचाउनुहुन्थ्यो ।

निमुखालाई अत्याधिक माया गर्नुहुन्थ्यो

जनतालाई धेरै नै मन पर्ने राजा हुनुहुन्थ्यो । हामी त राजाको अंगरक्षक । राजा सवारी हुँदा हामी मानिसहरुको हुललाई धकेल्थ्यौँ । तर, उहाँ भन्नुहुन्थ्यो, नधकल, तिनीहरुलाई नधकल, हुकुम हुन्थ्यो ।

एकपटक रसुवामा एक कार्यक्रम थियो । मञ्चमा कार्यक्रमको बेला प्रहरीले मानिसहरुलाई धकेल्ने काम भइरह्यो । म पनि शाहको नजिकै उभिएको थिएँ । अनि टीका जाउ त, त्यहाँ के भयो हेरेर आउ भन्नुभयो । त्यहाँ एक भूपू प्रधानपञ्चको नाम राजालाई भेट्न पाउने लिस्टमा परेनछ । त्यसपछि राजालाई दर्शन गर्छु भन्ने प्रधानपञ्च र जान पाउँदैन भन्ने प्रहरीबीच भनाभन भएछ ।

उहाँ ६ घण्टामात्र सुत्नुहुन्थ्यो । कहिलेकाहीँ सोसल ग्यादरिङ बाहिर भएको बेलामा यसो घडी हेरर हामीलाई भोलि मलाई यति बजे उठाउनु भन्नुहुन्थ्यो ।

त्यसपछि मैले यही कुरा सुनाउँदा आफैँ लिएर आउ म सबैभन्दा पहिला उसैलाई भेट्छु भन्ने हुकुम भयो । जनतालाई त्यति माया गरिबक्सिन्थ्यो । बलियो मान्छेमाथि यसले केही बदमास गर्छकि भनेर शंका गर्नुहुन्थ्यो तर निमुखालाई अत्याधिक माया गर्नुहुन्थ्यो ।

६ घण्टामात्र सुत्नुहुन्थ्यो

बिहान प्रायः वाकिङमा सवारी हुनुहुन्थ्यो । चाँडै उठ्नुहुन्थ्यो, जम्मा ६ घण्टा सुत्नपर्छ भन्ने उहाँको सिद्धान्त थियो । त्यसो त उहाँ ६घण्टामात्र सुत्नुहुन्थ्यो । कहिलेकाहीँ सोसल ग्यादरिङ बाहिर भएको बेलामा यसो घडी हेरर हामीलाई भोलि मलाई यति बजे उठाउनु भन्नुहुन्थ्यो ।

शनिवार बाहेक आईतवारदेखि शुक्रवारसम्म बिहान दरवारमा राज हुँदा जहिल्यै पनि १ देखि २ घण्टासम्म वाकिङ गर्नुहुन्थ्यो । स्विमिङ र लेखनमा उहाँको शौख थियो । नेपाली जनताले मात्रै होइन, उहाँलाई घोडाले समेत चिन्थ्यो । तबेलामा जान लाग्दा घोडा आफैँ गेटसम्म आउँथ्यो । हामी वाकिङमा हिँड्दा मिश्री लिएर हिँड्नुपथ्र्यो । किनभने घोडालाई मिश्रीको टुक्रा एकदमै मन पर्थ्यो ।

परिवारसँग साह्रै घुलमिल हुने

पारिवारिक माहोल एकदमै राम्रो थियो । बच्चाहरुसँग दिनको एकपटक खेल्ने गर्नुहुन्थ्यो । दीपेन्द्र, श्रुती र निराजनलाई ठूलो मान्छे जाँदा दर्शन गर भनेर सिकाउनुहुन्थ्यो, झगडा गर्नुहुन्न है भन्ने, सकेसम्म सँगै बसेर खाना खाने, स्कूल छोड्न पहिला–पहिला सकेसम्म आफैँ जाने, कहिलेकाहीँ हामीले लिन, पुर्याउन जाने गर्दथ्यौँ । बच्चाको बानीव्यहोरा कस्तो छ मलाई भन है भन्नुहुन्थ्यो ।

काठमाडौंमा घर बनाउँदा धेरै गैह्रो ठाउँमा नबनाउनु, पोखरीको छेउमा घर नबनाउनु, घर बनाउँदा माटोको परीक्षण गरेर मात्रै बनाउनु । उहाँले भनेजस्तै २०७२ मा भूकम्प जाँदा सबैभन्दा धेरै क्षति बालाजु क्षेत्रमा भयो, जुन गहिरो ठाउँमा छ ।

२०३२ सालतिर हुनुपर्छ । म पनि दरवार आएको थिइनँ । त्यो बेला उहाँले नापीको कुरामा सडकको वरपर लगभग (१०–११) मिटर जति हुनुपर्छ । पुराना घर जति बने बने, अब चाहीँ नबनाउनु है भन्नुभएको थियो । अब बनेकाको मुआब्जा दिनुपर्दैन, बनिसकेकाको उचित क्षतिपूर्ति दिएर मात्र भत्काउनु भन्नुभएको थियो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बाटोको कुरा आएको भनेको राजा वीरेन्द्रको भिजनको आधारमा टेकेर भएको हो ।

यस्तो दूरदर्शी सोच थियो राजा वीरेन्द्रको । यो चाहीँ मैले सुनेको हो । अर्को ४५ सालमा भूकम्प गयो । तत्कालीन गृहमन्त्री निरञ्जन थापा हुनुहुन्थ्यो जस्तो लाग्छ । उहाँले त्यो बेला एउटा नीति निर्देशन बनाउनु भएको थियो । उहाँले भन्नुभएको थियो, काठमाडौंमा घर बनाउँदा धेरै गैह्रो ठाउँमा नबनाउनु, पोखरीको छेउमा घर नबनाउनु, घर बनाउँदा माटोको परीक्षण गरेर मात्रै बनाउनु । उहाँले भनेजस्तै २०७२ मा भूकम्प जाँदा सबैभन्दा धेरै क्षति बालाजु क्षेत्रमा भयो, जुन गहिरो ठाउँमा छ ।

सेनाको तालिम हर्ने रुची

उहाँ आफ्नो सुरक्षा आफैँले गर्नुपर्छ भन्नुहुन्थ्यो । हरेक ठाउँको सुरक्षा आफ्नै नीति अनुसारको हुन्छ । हामीले धान्ने कसिमको नीति बनाउनु पर्छ भन्नुहुन्थ्यो । उहाँ आर्मीको ट्रेनिङमा धेरै इच्छा हुनुहुन्थ्यो । एकपटक म सम्झिन्छु, जर्मन सवारीमा जर्मन आर्मीको एउटा, एक्सरसाइज भएको रहेछ । त्यो कुरा थाहा पाएपछि उनीहरुको ट्रेनिङ हेर्न जानुभयो । म पनि साथमै थिएँ । उनीहरुको त धेरै माथिको लेभल हुन्छ ।
अनि उहाँले भनिबक्स्यो, तिमीहरुले यो लेभलको एक्सपेक्ट नगर है । हामी त्यसमा पुग्या छैनौँ, यिनीहरु मेसिनले लड्छ, हामी मान्छेले लड्नुपर्छ । यस्तो सोच राख्नुहुन्थ्यो ।

त्यसैले यो देशको एक युग पुरुष, यो देशको नीति र निर्माताको काममा सक्षम, उहाँको शान्ति सन्देश नमान्ने अन्य मुलुक कमै थिए । राज्याभिषेकमा उहाँले शपथ गर्नुभएको थियो । नेपाल एउटा शान्ति क्षेत्रको लागि उदाहरण बन्नेछ । फ्रेन्च प्रसिडेन्ट एकदिनको भ्रमणमा आउँदा उहाँसँग ‘जोन अफ पीस’को बारेमा छलफल भएको थियो । उहाँसँग शाहले ‘जोन अफ पीस’ नेपालको मात्र नभएर भविष्यमा विश्वमा सुरक्षाको निम्ति ठूलो रोल खेल्छ भन्नुभएको थियो । आज म त्यो झलझल सम्झिन्छु ।

दुर्भाग्य भन्नुपर्छ, त्यो बेला १ सय १६ देशले त्यसलाई पी फायर्स गरे । भारतले त्यसमा इन्ट्रेस देखाएन । तर अहिले भारत र नेपालका केही भूपू प्रधानमन्त्रीहरुले यो भिजन राम्रो रहेछ भन्ने गर्छन् । २०४७ को संविधानमा यो कुरा एक क्षेत्रमा राखिछोड है पछि नेपाललाई काम लाग्छ, एउटा आधार हुन्छ भन्नुभएको थियो ।



...
Stephan

References: Payid pokies real money no deposit instant play payid pokies

...
Roland

References: Pokies payid instant https://artre.net/members/bookdeath5/activity/55667/

...
Silvia

References: Online pokies that accept payid new payid pokies australia

...
Milan

References: Desktop payid pokies https://cooney-rich-4.blogbright.net

...
Sarah

References: Instant play payid pokies pokies payid accepted australia

...
Jana

References: Play online pokies payid australia https://bbs.airav.cc/home.php?mod=space&uid=4943932

...
Felicitas

References: Payid mobile pokies australia http://pandora.nla.gov.au/

...
Shirleen

References: Neosurf Casino App https://irsau.ru

...
Maddison

References: Princess Casino App cyprusjobs.com.cy

...
Mattie

References: Lollybet Casino 100 Freispiele http://cse.google.gm

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested