English

सन्दर्भ : जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्ती

यस्तो थियो जननेता मदन भण्डारीको लाइफस्टाइल



ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका जननेता मदन भण्डारीको आज ७० औं जन्मदिन । पिता देवीप्रसाद र माता चन्द्रकुमारीको दोस्रो सन्तानको रुपमा जन्मिएका भण्डारी ४१ वर्षको उमेरमै संसारबाट बिदा भए । तर, नेपाली राजनीतिमा उनले फरक पहिचान र छाप छोडेका छन् ।

साहित्यकार मोदनाथ प्रश्रित

बहुदलीय जनवादका व्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा निधन भयो । उनीसँगै नेता जीवराज आश्रितको निधन भएको थियो । उक्त घटनाको सत्यतथ्य छानविन गर्न धेरै आयोग बने, नेकपा एमालेकै नेतृत्वमा कैयौं सरकार बने, आफ्नै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपती छिन् । तैपनि, घटनाको वास्तविकता बाहिर आउन सकेको छैन । २०३९ सालमा विद्यासँग विवाह गरेका भण्डारीका उषाकिरण र निशाकुसुम दुई छोरी छन् ।

जननेता भण्डारीका राजनीतिक गुरु तथा उनलाई नजिकबाट चिनेका साहित्यकार तथा एमालेका नेता मोदनाथ प्रश्रितसँग जननेता भण्डारीको लाइफस्टाइलमा केन्द्रीत रहेर गरिएको कुराकानीमा आधारित :

दाई कांग्रेस, भाई बामपन्थी
जननेता मदन भण्डारी

हाम्रो पहिलो भेट बनारसमा भएको हो । उहाँको जेठो दाजुसँग पनि मेरो चिनजान थियो । अरु कतिजना दाजुभाई हुनुहुन्थ्यो ख्याल गरिन । तर, जेठो आध्यात्मिक क्षेत्रमा लाग्नुभएको थियो । मदनले १३–१४ वर्षको उमेरमा मार्क्सवादका केही कुराहरु पढ्नुभएको रहेछ । तर, दाई नेपाली कांग्रेसको समर्थक हुनुहुन्थ्यो । उहाँ वामपन्थी विचारबाट प्रभावित । त्यसैले दाजुभाईको बीचको सम्बन्ध त्यति राम्रो नभएपछि उहाँले नेपाल छोडेर वृन्दावन जानुभएको रहेछ ।

त्यहाँ नाचगान, भजन कीर्तन धेरै हुन्थ्यो । त्यसले उहाँको सांगीतिक झुकाव बढायो । केही गीत सिर्जना पनि गर्नुभएछ । वृन्दावन बसाई खासै चित्त बुझ्दो नभएपछि उहाँ बनारस जानुभयो । त्यतिबेला म बनारसमा थिएँ । उहाँले मेरा केही सिर्जना पढ्नुभएको रहेछ । जगन्नाथ भन्ने एकजना साथीले मदनलाई पढ्ने, बस्ने, भर्ना, खानपिनको व्यवस्था मिलाइदिनु भएछ ।

त्यो भेट…

बनारस आएपछि उहाँ मलाई भेट्न आउनुभयो । पहिलो भेटमा मैले उहाँलाई बनारससम्म कसरी आइपुग्नुभयो ? सोधेँ । उहाँले सिधै दाई कांग्रेस पक्षको हुनुहुन्थ्यो । मलाई वामपन्थी तिर नलाग भन्न थाल्नुभयो । कुरा मिलेन । त्यसैले घर छोडेर वृन्दावन आएँ । त्यहाँपनि त्यति चित्त बुझेन । तपाईंहरु पनि बनारसमै हुनुहुन्छ । सबैसँग भेटघाट, छलफल हुन्छ भनेर वृन्दावन छोडें ।

उहाँको भाषण कला असाध्यै राम्रो थियो । साच्चिकै जननेता हुनुहुन्थ्यो । दूरदर्शी, युगनायक र सिद्धान्तकार हुनुहुन्थ्यो । ज्येष्ठ पुस्तालाई सम्मान, समकालीन पुस्तालाई आवश्यक स्थान र भूमिकासहित सँगै हिँडाउने, अनि सानालाई वैचारिक, सैद्धान्तिक र सांगठनिक दृष्टिले खार्दै असिमित उर्जा दिने र आफू पनि फराकिलो सोचसहित राष्ट्रलाई उचित दिशामा लिएर जान सक्ने सोच राख्नुहुन्थ्यो ।

परिवारप्रेमी

त्यतिबेला म पुष्पलाल कमरेडको कोठामा बस्थें । पुष्पलालसँग मैले मदनका कुरा गरिदिएँ । एउटा युवा छन्, राम्रो, सक्षम र बुझेका छन्, गीत–कविता लेख्छन्, भनेर सुनाइदिएँ । केहीदिनपछि उहाँसँग पुष्पलालले भेट्नुभयो । त्यहीक्रममा पार्टीमा प्रवेश गर्ने कि नगर्ने भनेर सोध्नुभएको थियो । उहाँले अहिले म सक्दिनँ, मेरो ठूलो परिवार छ । सबै मैले नै हेर्नुपर्छ । पहाडबाट झरेर एउटा सानो (कटेरो) जस्तो घर बनाउँदै छौँ । अहिले तत्काल त म केही फैसला गर्न सक्दिनँ, पछि अनुकुल भयो भने लागौँला अहिले समर्थक मात्र बन्न सक्छु भन्नुभयो । त्यसैले उहाँ परिवारप्रति निकै जिम्मेवार हुनुहुन्थ्यो भन्ने कुरा त्यहाँबाटै प्रष्ट हुन्थ्यो ।

अभावमा जिउन सक्ने…

उहाँले घरको स्थितीबारे बयान गरेपछि म आफैँ उहाँको घर गएँ । नभन्दै घरको अवस्था उहाँले भनेजस्तै रहेछ । उहाँका बुबासँग केही व्यवहारिक कुरा गरेका थियौँ । त्यतिबेला बुबाले हामी भर्खर यहाँ आएका छौँ, (ताप्लेजुङबाट मोरङको इटहरा) हामीले केही गर्न सकेको छैन । घर पनि बनाउन सकिएको छैन । सबै घर हेर्ने जिम्मा माइलाकै काँधमा छ । त्यसैले मदनलाई चाहिँ पार्टीमा नलैजानु है भन्नुभएको थियो । त्यसैले मदनको घरमा निकै दुःख थियो । दुःख, अभाव जे भएपनि त्यसबाट टाढा भाग्ने उहाँको स्वभाव थिएन । त्यसैसँग जुध्दै अघि बढ्नुभयो ।
साहित्यमा रुची तर, केही समयपछि मैले मदनलाई पार्टीमा आउन अनुरोध गरें । त्योबेला म साँस्कृतिक विभागको प्रमुख थिएँ । उहाँले पार्टीमा आउन अझै मान्नुभएन । मैले बुझाउने प्रयास गरेँ गरेँ । साँस्कृतिक विभागमै रहेर तपाईले काम गर्नुस्, धेरै समय दिनुपर्दैन, पार्टीको लेखहरु लेख्ने, भाषण दिने काममा सघाउनु पर्यो भनेपछि उहाँ सहमत हुनुहुभयो । त्यसपछि मैले उहाँलाई ४–५दिन पार्टीको विधानअनुसार केहीदिन प्रशिक्षण दिएँ । उहाँ त्यहाँ बसेर साहित्य लेखन र क्रान्तिकारी गीत लेख्न थाल्नुभयो । त्यसैले साहित्यमा पनि उहाँको त्यत्तिकै रुची थियो । पूmर्सद हुँदा उहाँ विभिन्न साहित्य र बामपन्थी विचारकहरुका पुस्तकहरु पढेर बिताउनुहुन्थ्यो ।

अनि पार्टी राजनीतिमा…

उहाँ साँस्कृतिक विभागमै रहेर काम गरिरहनुभएको थियो । यत्तिकैमा उहाँले पार्टी राजनीतिमा प्रवेश हुने इच्छा गर्नुभयो । मसँग उहाँले अब पार्टीमा लाग्छु, तपाईले बाआमालाई बुझाउनु पर्यो भन्नुभयो । त्यसपछि जीवराज जी र म उहाँको घर गयौं । बुबासँग कुरा गर्यौं । बुबाले पनि गुरु नै आएर मागेपछि लैजानुस् भन्नुभयो । मैले बनारसमा मदनलाई प्रशिक्षण दिएको थिएँ । त्यसैले उहाँले मलाई गुरु भन्नुहुन्थ्यो । म त्यो बेला पार्टीको स्कूल चलाउँथें प्रशिक्षण विभागमा थिएँ । उहाँ पनि मेरो प्रशिक्षण कक्षामा आउनुहुन्थ्यो ।

यहिक्रममा उहाँले चाबहिलबाट राजा वीरेन्द्रलाई नभेट्दै जन–निर्वाचनमा जाऔँ कसले जित्छ भनेर चुनौति दिनुभएको थियो । त्यतिबेलासम्म उहाँले राजा वीरेन्द्रलाई भेट्नुभएको थिएन । पछि वीरेन्द्रलाई भेटेपछि उहाँको शालीनता र नम्रतापूर्वक व्यवहार देखेर उहाँ आफैँ अचम्मित हुनुभयो ।

मधुर बोली

उहाँ विलक्षण प्रतिभाको खानी हुनुहुन्थ्यो । सबै कुरा बुझ्न सक्ने क्षमता थियो । पार्टीमा आएपछि उहाँले आफ्ना प्रस्ताव राख्नुभयो । अरुले दिन नसकेका नयाँ कुराहरु उहाँबाट आउँथ्यो । यसको हामीले सम्मान गर्नुपर्छ । उहाँको भाषण कला असाध्यै राम्रो थियो । साच्चिकै जननेता हुनुहुन्थ्यो । दूरदर्शी, युगनायक र सिद्धान्तकार हुनुहुन्थ्यो । ज्येष्ठ पुस्तालाई सम्मान, समकालीन पुस्तालाई आवश्यक स्थान र भूमिकासहित सँगै हिँडाउने, अनि सानालाई वैचारिक, सैद्धान्तिक र सांगठनिक दृष्टिले खार्दै असिमित उर्जा दिने र आफू पनि फराकिलो सोचसहित राष्ट्रलाई उचित दिशामा लिएर जान सक्ने सोच राख्नुहुन्थ्यो । मीठो बोल्ने, जनतालाई छिट्टै प्रभावित पार्न सक्ने उहाँको खुबी थियो ।

कम खर्चिलो

ठूलो परिवार भएकाले धेरै खर्चिलो हुनुहुन्थेन । बनारसमा छात्रावास थियो । त्यहाँ दालभात तरकारी खान पाइन्थ्यो । बास बस्न पाइन्थ्यो । त्यहाँ त्यति धेरै खर्च पनि हुँदैन थियो । पछि कवि र विचार गोष्टी हुन थाले । उहाँ गीत कविता लेख्नुहुन्थ्यो । गीत एकदमै मीठो गाउनुहुन्थ्यो । साँच्चै उहाँको स्वर तारिफयोग्य थियो ।

सामान्य जीवनशैली

त्यो बेला नै हामी एकदमै घनिष्ट भइसकेका थियौँ । लवाइखुवाइ एकदमै सामान्य थियो । धेरै महत्वाकांक्षा थिएन । सामान्य जीवनशैली मन पराउने । खाना यो मीठो त्यो नमीठो भन्ने उहाँको मुखबाट कहिल्यै सुनिएन । उहाँलाई पेट भर्न पाए हुन्थ्यो । कपडामा पनि उहाँ त्यस्तो चुजी हुनुहुन्न थियो । शरीर ढाक्ने भए पुग्थ्यो । तर, आजका कम्युनिष्ट नेतामा यी गुण पाउन गाह्रो छ ।

उहाँबाट अहिलेका केपी ओली, माधव नेपाल, पुष्प कमल दाहाल (प्रचण्ड), झलनाथ खनाल लगायतका नेताहरुले सिक्नुपर्ने कुरा धेरै छन् ।

छुद्र कुरा नगर्ने स्वभाव

शिष्ट, शालीन र गम्भीर कुरा गर्नुहुन्थ्यो । छुद्र खालका कुरा कहिल्यै गर्नुभएन । कसैलाई गाली गर्नुभएन तर, अन्याय सहने बानी थिएन । तेजिलो दिमाग थियो । स्मरण शक्ति पनि उस्तै । त्यसले पार्टीमा छिट्टै फड्को मार्न सक्षम हुनुभयो । साथै, कसैसँग झुट नबोल्ने, नम्र, कसैको कुभलो नचिताउने, गम्भीर रुपले काम गर्ने, परिपक्व हुनुहुन्थ्यो ।

हँसिलो–रसिलो स्वभाव

उहाँ १५–२० वटासम्म छन्दमा कविता लेख्न सक्नुहुन्थ्यो । मैले पनि केही सिकाइदिन्थें । उहाँका विषयहरु महिलाको हकहित, मायाप्रेम, क्रान्तिकारी र जनचेतना फैलाउने किसिमका हुन्थे । रमाइलो मान्छे, सामान्य ठट्टा गर्ने, भाषण एकदमै बेजोड, असाध्यै मिलनसार, हँसिलो, रसिलो स्वभावको हुनुहुन्थ्यो । उहाँ रिसाएको खासै देखिन । अनावश्यक कुराकानी गर्ने उहाँको बानी थिएन । व्यवहारिक कुरा गर्दा पनि राम्रोसँग समाधान गर्नुहुन्थ्यो । राम्रो सोच, राम्रो लेखाई, साहित्यिक क्षेत्रमा पनि राम्रो समग्रमा भन्दा बहुगुणी हुनुहुन्थ्यो ।

राजा वीरेन्द्रलाई नभेट्दै…

हामी राजाले केही बिगार गर्छन् कि भन्ने सोच राख्ने मान्छे नै थियौँ । हाम्रो क्रान्तीलाई अघि बढ्न नदिने हुन् कि भनेर राजतन्त्र हटाउने भन्ने भाषण त सुरुमै आएका थिए । यहिक्रममा उहाँले चाबहिलबाट राजा वीरेन्द्रलाई नभेट्दै जन–निर्वाचनमा जाऔँ कसले जित्छ भनेर चुनौति दिनुभएको थियो । त्यतिबेलासम्म उहाँले राजा वीरेन्द्रलाई भेट्नुभएको थिएन । पछि वीरेन्द्रलाई भेटेपछि उहाँको शालीनता र नम्रतापूर्वक व्यवहार देखेर उहाँ आफैँ अचम्मित हुनुभयो । अनि उहाँसँग राजतन्त्र फाल्न सकिन्छ कि सकिँदैन भन्ने कुरा गर्दा तत्काल सकिँदैन, अन्तिममा सकिन्छ भन्नुभएको थियो ।

बामपन्थी नेताले उहाँबाट सिक्नुपर्ने कुरा धेरै छन्

पौरस्त्य वांगमयले खारिएको अध्ययन, माक्र्सवादका साथै विश्वराजनीतिको इतिहास र वर्तमान पक्षलाई अत्यन्तै सूक्ष्म किसिमले केलाउन सक्ने र नव सिद्धान्तको प्रवद्र्धन गर्ने क्षमता उहाँमा थियो । अहिलेका नेताहरुले यो पाठ उहाँबाट सिक्न आवश्यक छ । कुशल र प्रखर वक्ता, आफ्ना नव सिद्धान्तहरुलाई ओजस्वितापूर्वक उतार्ने कला, प्रखर वाणी र लेखनशक्तिको अपार क्षमता उहाँका अनुकरण योग्य पक्ष हुन् । उहाँको प्रखरताको बयान गर्न सकिँदैन । उहाँबाट अहिलेका केपी ओली, माधव नेपाल, पुष्प कमल दाहाल (प्रचण्ड), झलनाथ खनाल लगायतका नेताहरुले सिक्नुपर्ने कुरा धेरै छन् ।

यो पनि पढ्नुहोस्
यस्तो थियो राजा वीरेन्द्रको लाइफस्टाइल
यस्तो थियो शिवजीको लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती