English

संस्कृति स्पोर्ट्स सम्मानद्वारा गुलशन झा सम्मानित



काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी गुलशन झा सम्मानित भएका छन् । खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुराएको कदरस्वरूप झालाई नगद रु. १ लाख १ हजार नगदसहित सम्मान प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता ले सम्मानपत्र र नगद रकम हस्तान्तरण गर्दै गुलशन झाले खेलकुद क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो। उहाँले युवा पुस्तालाई खेलकुदमार्फत अनुशासित, सक्षम र आत्मनिर्भर बनाउन यस्तो सम्मानले थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि खेलकुद पत्रकार मञ्चका प्रमुख उपाध्यक्ष प्रज्जवल वली को पनि उपस्थिति रहेको थियो । वलीले खेलकुद प्रतिभालाई प्रोत्साहन गर्ने संस्कृतिको निरन्तरता प्रशंसनीय रहेको बताउँदै संस्कृति स्कुलको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो । हरेक वर्ष खेलकुद पत्रकार मञ्च र संस्कृति स्कुलले संयुक्त छनौट गर्दै सहकार्य गरेको जानकारी आयोजकले दिनु भयो ।

संस्कृति स्कुलले यसअघि पनि विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यसअघि पहिलो संस्करणमा धाविका सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा क्रिकेट खेलाडी कुशल मल्ल र तेस्रो संस्करणमा पलेशा गोवर्धन लाई संस्कृति स्पोर्ट्स सम्मान प्रदान गरिसकेको छ ।

साथै उक्त अवशरमा संस्कृति स्कुल का अध्यक्ष रन्जीत आचार्यले खेलकुद क्षेत्रमार्फत राष्ट्रको पहिचानलाई विश्वस्तरमा चिनाउने प्रतिभाहरूलाई निरन्तर हौसला प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested