English

पाकिस्तानमा अनौठो चिडियाखाना



संसारमा यस्ता अनौठो कुराहरू छन् जसलाई पत्याउन निकै गाह्रो हुन्छ । त्यसैगरी, केही मानिस यस्ता छन्, जसको शरीरको संरचना अचम्मको हुन्छ । उनीहरूमध्ये कोही जन्मेदेखि नै अनौठो देखिन्छन् भने कोही मानिसलाई मनोरञ्जन दिनको लागि आफ्नो शरीरलाई अनौठो तरिकाले बनाउँछन् ।

मुमताज महल चिडियाखाना पाकिस्तानको कराँचीमा अवस्थित छ । यो चिडियाखानामा आधा मानिस र आधा स्यालको शरीर भएका अद्वितीय व्यक्ति बस्छन् । यहाँ हरेक दिन सयौँ मानिसहरू यी अनौठा व्यक्तिलाई हेर्न आउँछन् ।

उनी जन्मेदेखि नै यस्तो भएका भने होइनन् यस्तो हुनुको पछाडि निकै रोचक कारण छ । वास्तवमा उनि आधा स्याल र आधा मानिसको नामले संसारभर प्रसिद्ध छन् । र उनको नाम मुराद अलि हो ।

मुराद अलिले आफूलाई भेट्न आउनेहरूलाई आफ्नो भाग्यको बारेमा पनि बताउँछन् । जो मानिसहरू उनलाई भेट्न आउँछन्, उनीहरूलाई लाग्छ उनी साँच्चिकै आधा स्याल आधा मानिस हुन् । तर, यो सत्य भने होइन, यो त मनोरञ्जनका लागि सिर्जना गरिएको चरित्र मात्र हो ।

मुराद अलि यस्तो काम गर्ने उनी आफ्नो परिवारको दोस्रो पुस्ता हुन् । यसअघि, मुराद अलिका बुबा यस चिडियाखानामा आधा स्याल र आधा मानिस बनेर बस्थे । उनको मुत्युपछि अहिले मुराद अलिले यो कामलाई अगाडि बढाइरहेका छन् । मुराद एउटै ठाउँमा १२ घण्टासम्म एउटै पोजमा बस्थे । उनको टाउको स्यालको नजिक राखेर बाँकी शरीर टेबुलमुनि लुकाइएको छ । यस चिडियाखानामा आधा स्याल र आधा मानिस हेर्नका लागि १० रुपैयाँको टिकट पनि तोकिएको छ ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये