English

पाकिस्तानमा अनौठो चिडियाखाना



संसारमा यस्ता अनौठो कुराहरू छन् जसलाई पत्याउन निकै गाह्रो हुन्छ । त्यसैगरी, केही मानिस यस्ता छन्, जसको शरीरको संरचना अचम्मको हुन्छ । उनीहरूमध्ये कोही जन्मेदेखि नै अनौठो देखिन्छन् भने कोही मानिसलाई मनोरञ्जन दिनको लागि आफ्नो शरीरलाई अनौठो तरिकाले बनाउँछन् ।

मुमताज महल चिडियाखाना पाकिस्तानको कराँचीमा अवस्थित छ । यो चिडियाखानामा आधा मानिस र आधा स्यालको शरीर भएका अद्वितीय व्यक्ति बस्छन् । यहाँ हरेक दिन सयौँ मानिसहरू यी अनौठा व्यक्तिलाई हेर्न आउँछन् ।

उनी जन्मेदेखि नै यस्तो भएका भने होइनन् यस्तो हुनुको पछाडि निकै रोचक कारण छ । वास्तवमा उनि आधा स्याल र आधा मानिसको नामले संसारभर प्रसिद्ध छन् । र उनको नाम मुराद अलि हो ।

मुराद अलिले आफूलाई भेट्न आउनेहरूलाई आफ्नो भाग्यको बारेमा पनि बताउँछन् । जो मानिसहरू उनलाई भेट्न आउँछन्, उनीहरूलाई लाग्छ उनी साँच्चिकै आधा स्याल आधा मानिस हुन् । तर, यो सत्य भने होइन, यो त मनोरञ्जनका लागि सिर्जना गरिएको चरित्र मात्र हो ।

मुराद अलि यस्तो काम गर्ने उनी आफ्नो परिवारको दोस्रो पुस्ता हुन् । यसअघि, मुराद अलिका बुबा यस चिडियाखानामा आधा स्याल र आधा मानिस बनेर बस्थे । उनको मुत्युपछि अहिले मुराद अलिले यो कामलाई अगाडि बढाइरहेका छन् । मुराद एउटै ठाउँमा १२ घण्टासम्म एउटै पोजमा बस्थे । उनको टाउको स्यालको नजिक राखेर बाँकी शरीर टेबुलमुनि लुकाइएको छ । यस चिडियाखानामा आधा स्याल र आधा मानिस हेर्नका लागि १० रुपैयाँको टिकट पनि तोकिएको छ ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested