English

यसपालि नहुने भो तारूकामा गोरु जुधाइ मेला



ओमिक्रोन भेरियन्टका कारण नुवाकोटको चर्चित गोरु जुधाइ मेला स्थगित भएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो वर्षको गोरु जुधाई मेला स्थगित गरिएको हो ।

बिहीबार तारकेश्वरस्थित माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गरी बढ्दो ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१० व्यवस्थापनको निर्णयअनुसार प्रत्येक वर्ष माघ १ गते सञ्चालन हुने ऐतिहासिक पर्व गोरु जुधाई कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठले गोरु जुधाई कार्यक्रम स्थगित हुँदा पर्न गएको क्षतिप्रति सम्पूर्ण कृषक तथा दर्शकहरुसँग क्षमा समेत मागेका छन् । धादिङसँग सीमा जोडिएको नुवाकोटको तारकेश्वरमा (तारुका) प्रत्येक वर्ष माघे संक्रान्तिका दिन भव्य रुपमा गोरु जुधाई मेला लाग्ने चलन छ ।

वि. सं. १८४९ मा तिब्बती सेना र नेपाली सेनाबीच वेत्रावतीमा सन्धि भएपछि खुसियालीमा गोरु जुधाएर रमाइलो गर्ने चलन थालनी भएको थियो । भोटतिब्बत र नेपालको युद्धका कारण युद्धग्रस्त क्षेत्रको अनुभव भोगेका यहाँका बासिन्दाले युद्ध समाप्त भएको खुसियालीमा गोरु जुधाएर उत्सव मनाउन थालेको प्रसङ्ग चर्चामा छ ।

यस्तै, बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर विसं १८८७ मा तारुकास्थित मामाघरमा आउँदा गोरु जुधाएर मनोरञ्जन दिएको बताइन्छ । हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको र त्यसैलाई निरन्तरता दिएको भनाइ छ ।

गतवर्ष, माघे संक्रान्ति पर्वका अवसरमा सोमबार स्थानीय तारुका, वेत्रावाती, पञ्चकन्या र गेर्खुमा ५५ हल गोरु जुधाइएको थियो ।

यो पनि

थारूबस्तीमा माघीको रौनक : महिलाको व्यस्तता बढ्यो
डब्लुएचओ भन्छः ओमिक्रोनबाट बच्न खानुस् यस्ता खानेकुरा



सम्बन्धित खबरहरु

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

Latest










Popular
Suggested