बाँदरका कारण घन्टौँ ट्राफिक जाम



थाइल्यान्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको एक भिडियो बाहिर आएको छ ।

भिडियोमा बाँदरहरूको ठूलो झुन्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ । यसबीच, सडकमा यात्रा गरिरहेका मानिस घन्टौँ जहाँको त्यहीँ रोकिएका थिए ।

यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज यति ठूलो थियो कि मानिसहरू डराएर गाडीभित्र नै लुकेर बसेका थिए । यो घटना थाइल्यान्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ । यो सहर बुद्धको प्राचीन मन्दिरहरूका लागि चर्चित रहेको छ ।

भिडियो रेकर्ड गर्ने एक व्यक्तिका अनुसार यो घटना लोपबुरीको फ्रा कान मन्दिर र प्राङ्ग स्याम यटको छेउछाउको हो । उनी आफ्नो घरको तेस्रो तल्लामा सरसफाइ गरिरहँदा बाँदरहरू कराएको आवाज सुनेका थिए ।

जब उनले बाहिर हरे, त्यहाँ १ सयभन्दा बढी बाँदरहरूको दुई गुट सडकमा एकआपसमा भिडिरहेका थिए । यो भिडन्त करिब १ घण्टासम्म चलेको थियो ।

यसका कारण घन्टौँ ट्राफिक जाम भएको थियो । यसअघि, सन् २०२० को मार्चमा पनि यस्तै घटना देखिएको थियो ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,

संसारभरि अनगिन्ती रहस्यमय ठाउँहरू छन्, जसको बारेमा सबैलाई थाहा छैन। आज हामी तपाईँलाई संसारका केही यस्ता ठाउँको बारेमा बताउन गइरहेका

संसारमा घुम्न मन नलाग्ने मान्छे कमै होलान् । मानिसहरू पृथ्वीको हरेक ठाउँ घुम्न चाहन्छन् । सुन्दर समुद्र तटहरू, प्रेतवाधित ठाउँहरू