English

धुमधामका साथ बाँदरको शवयात्रामा सहभागि गाउँले तनावमा



भारतको मध्यप्रदेशको एउटा गाउँमा एक रोचक तथ्य सार्वजनिक भएको छ । त्यहाँ एक बाँदरको अन्त्येष्टिमा करिब १ हजार ५ सय जना मानिस उपस्थित भई पूरा हर्षोल्लासका साथ अर्थी निकालेका थिए । तर, अहिले शवयात्रामा संलग्न सबैको नराम्रो दिन शुरु भएको छ ।

बाँदरको मुत्युले मानिसहरू हाल शोकमा

स्थानीय मिडिया रिर्पाेटका अनुसार मध्यप्रदेश निजगढ जिल्लाको दलपुरा गाउँमा एक बाँदर बारम्बार आउने गर्थो । गाउँलेहरू त्यो बाँदरलाई औधी माया गर्थे । रिर्पाेटका अनुसार २९ डिसेम्बरमा बाँदरको मुत्यु भएपछि गाउँलेहरू निकै दुःखी भएका थिए । सबै मिलेर हनुमानको प्रतीक भन्दै बाँदरलाई भव्यता र सम्मानका साथ खुसी भएर अन्तिम बिदाइ गर्ने निर्णय गरे ।

धुमधामका साथ शवयात्रा

बाँदरको मृत्युपछि चन्दा संकलन गरेर अन्तिम यात्रा निकालिएको थियो । यस क्रममा हनुमानसँग सम्बन्धित भजनसमेत गाएका थिए । त्यसलाई मसान घाट लगेर बाँदरलाई विधिपूर्वक अन्त्येष्टि गरे । अन्त्येष्टिपछि गाउँलेले मुत्यु भोजको समेत ठूलै आयोजना गरे । टेन्टमा करिब १५ सय मानिसले एक साथ बसेर खाना खाएका थिए ।

भोजमा सहभागी धेरैले कपाल खौरे

अन्त्येष्टिपछि गाउँलेले आयोजना गरेको मुत्यु भोजमा सहभागी भएका धेरैले बाँदरको शोकमा कपाल समेत खौरेका थिए ।

प्रशासनद्वारा मुद्दा दर्ता

बाँदरको धुमधामका साथ दाहसंस्कार भएको जानकारी आएपछि जिल्ला प्रशासनले उक्त गाउँलेविरुद्ध कोरोना प्रोटोकल उल्लंघन गरेको भन्दै प्रहरीले मुद्दा दर्ता गरी दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको कारबाहीले गाउँलेहरू डराएर यताउता भाग्दै लुकेका थिए ।

यो पनि
जहाँ खान्छन् माटोको मसला
यो समुदायको अनौठो चलन : अन्त्येष्टिपछि पिउने गर्छन् मृतकको खरानीको सुप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये