English

पेन्सन बुझ्न आफन्तको शव बोकेर कार्यालय पुगेपछि…



पैसाका लागि मानिसले के-केसम्म गर्दा रहेछन् भन्ने उदाहरण दक्षिणपूर्व आयरल्यान्डको एक कार्यालयको घटनाले उदांगो पारिदिएको छ।

एक मानिसले पेन्सनका लागि मृत मानिसलाई पनि जीवित रहेको भन्दै पेस गरेका छन्। यो घटनाको साक्षी दक्षिणपूर्व आयरल्यान्डको कार्लोका बासिन्दा बनेका छन्।

मृत्यु भइसकेका व्यक्तिलाई ह्विल चेयरमा राखेर उनका आफन्तले पेन्सन दाबी गर्न कार्यालय पुगेका हुन्। यसै साता सार्वजनिक भएको सो घटनामा कार्लोस्थित हुलाक कार्यालयमा पुगेर ती व्यक्तिले आफन्तको पेन्सन माग्छन्। तर, कार्यालयका कर्मचारीले रकम लिन सम्बन्धित व्यक्ति आफैं उपस्थित हुनुपर्ने जवाफ दिन्छन्।

कर्मचारीको जवाफपछि उनी कार्यलयबाट करिब पाँच सय मिटरको दूरीमा पुग्छन् जहाँ ६६ वर्षका एक व्यक्तिलाई दुई जनाले ह्विलचेयरमा राखेका थिए। ती ह्विलचेयरमा राखिएका व्यक्ति सेवानिवृत्त पेन्टर पिडर डोयल हुन्। उनका खुट्टा भुइँमा लत्रिएको र अनुहार ढाएिको थियो।

ह्विल चेयरसम्म पुगेर ती व्यक्ति फेरि हुलाक कार्यालय पुगेर वृद्ध आउन नसक्ने भन्दै पेन्सन माग्छन्। आइरिस टाइम्सका अनुसार फेरि रकम माग्न आएपछि कर्मचारीले पनि ह्विलचेयरमा बसेका मानिसको स्वास्थ्यबारेमा चासो देखाउँछन्।

कर्मचारीले जाँच गर्ने क्रममा ती व्यक्ति मृत भेटिन्छन्। कर्मचारी आएपछि उनलाई बोकेका दुई व्यक्तिले ‘वृद्धलाई हृयघात भएको’ भन्दै शव त्यहीं छोडेर भाग्छन्। शव लिएर आएका युवा भागेपछि स्थानीयले तत्कालै एम्बुलेन्स बोलाएका थिए।

एम्बुलेन्समा आएका स्वास्थ्यकर्मीले डोयल मरिसकेको बताएका थिए। ६६ वर्षीय ती वृद्ध त्यहाँ ल्याउनु अघिल्लो दिनसम्म जीवितै थिए। तर, घरबाट कार्यालय ल्याउने बेलासम्म उनी जीवितै थिए वा मृत थिए भन्ने बारेमा प्रहरीले अनुसान्धान सुरु गरेको छ।

उनलाई बोकेका व्यक्तिहरूले भने उनको कार्यालयमा आइसकेपछि मृत्यु भएको दाबी गरेका छन्। डोयललाई जीवितै देखाउन उनको अनुहार र शरीर ढाकिएको प्राप्त विवरणमा जनाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,