English

जहाँ खान्छन् माटोको मसला



विश्वमा ठाउँ परिवेशअनुसार खानपान शैली फरक–फरक हुन्छ । अझै परिकार र त्यसमा प्रयोग गर्ने मसलामा त झनै विविधता पाइन्छ । तर, संसारमा एउटा यस्तो ठाउँ छ, जहाँ मानिसहरू माटोलाई मसलाको रूपमा प्रयोग गर्छन् ।

इरानको हर्मुज टापुको सुन्दर पहाडमा बसोबास गर्ने मानिसहरूले माटोलाई मसलाको रूपमा प्रयोग गर्छन् । कारण यो टापु त्यहाँका मासिहरूका लागि धेरै विशेष छ ।

जहाँ रहेको माटो रंगीन छ । जसकारण यस टापुलाई इन्द्रेणी द्वीप पनि भनिन्छ । यहाँ आउने पर्यटकले यो पहाडको माटोको स्वाद लिन्छन् । शुरुमा मानिसहरु माटो खान लजाए पनि स्वादका कारण मीठो मानेर खान्छन् ।

के छ माटोको विशेषता ?

यो सुन्दर टापुको माटो विविध प्रकारका खनिजले भरिएको छ । बेलायतको जियोलोजिकल रिसर्चका अनुसार यहाँको माटोमा फलामलगायत ७० प्रकारका खनिज पाइन्छन् ।

यी पहाडहरूमा नुनको ढिस्कोसहित सेल, माटो र फलामका तहहरू छन् । जसकारण पहाडहरू रंगीन देखिन्छन् । साथै, यहाँको माटोमा मसलाकै स्वाद पाइन्छ ।

रिसर्चका अनुसार प्रमुख भू–वैज्ञानिक डा.क्याथरिन गुडनफका अनुसार लाखौँ वर्षअघि पर्सियन खाडीनजिकै रहेको समुद्रमा नुनको बाक्लो तह जम्मा भएको थियो । त्यसैले यहाँको माटोमा बेग्लै स्वाद रहेको पाइन्छ ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
यो समुदायको अनौठो चलन : अन्त्येष्टिपछि पिउने गर्छन् मृतकको खरानीको सुप



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested