English

फोटो बेचेर ७ करोड, परिवारलाई थाहै छैन



संसारमा हरेक मानिसको सपना घर, बंगला, गाडी होस् भन्ने हुन्छ । त्यसैले, उनीहरू पैसा कमाउने नयाँ–नयाँ तरिकाहरू खोज्छन् । तर एक युवा सेल्फी बेचेरै करोडपति बनेका छन् । इन्डोनेसियाका सुल्तान गुस्ताफ अल गोजाली नाम रहेका २२ वर्षीय उनले सेल्फी बेचेर ७ करोडभन्दा बढी कमाएका छन् ।

कम्प्युटर विज्ञान पढ्दै गर्दा यी युवकले १८ वर्षको उमेरमा एक हजारभन्दा बढी सेल्फी खिचेका थिए, जसबाट उनले यति कम उमेरमै करोडौं कमाएका हुन् ।

उनले ‘गोजाली एभरी डे’ नामक भिडियो प्रोजेक्ट बनाएका थिए । यही प्रोजेक्टमार्फत युवकका तस्वीरहरू NFT का संङ्कलनकर्ताहरूले किनेका हुन् । गोजालीले NFT साइट Open Sea मा क्रिप्टोकरेन्सीका लागि आफ्नो सेल्फी बेचे । उनले आफ्नो सेल्फी कसैले किन्नेछन् भन्ने सोचेका पनि थिएनन् । तर, यी सेल्फीको मूल्य ३ डलर राखिएको उनले बताए । सन् २०१४ मा पहिलोपटक Nonfungible टोकन (NFT) ले जनताको ध्यान तानेको थियो । यो एक फरक प्रकारको अपरिवर्तनीय डाटा हो, जसमा मानिसहरूले क्रिप्टोकरेन्सी प्रयोग गर्छन् ।

यसपछि, एक सेलिब्रेटी सेफले उनका यी सेल्फीहरू किनेर सामाजिक सञ्जालमा प्रचार–प्रसार गरे, त्यसपश्चात् ४०० भन्दा बढी मानिसले यी फोटोहरू किनेका थिए । अहिले गोजालीले करोडौँ रुपैयाँ कमाइसकेका छन्, तर परिवारलाई भने यसबारे जानकारी दिएका छैनन् । उनले केही दिनअघि कर पनि बुझाएका थिए ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested