English

म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म



पछिल्लो पुस्ताका हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई नचिन्ने कमै होलान् । उनको म्याकुरी थेगोले अधिकांशको ध्यान आकर्षित गरेको छ । त्यसो त उनको फ्यान फलोेइङ पनि धेरै राम्रो छ । यिनै फ्यानका असामान्य हर्कतले उनलाई घक्चच्याई रहन्छ । त्यसो त म्याकुरीले आफ्ना तिनै ५ अनौठा फ्यानका बारे यसरी खुले :

चौकी लगेर फोटो खिच्ने ती प्रहरी

लकडाउनको बेलामा बाइकमा कतै जाँदै थिएँ, तर पास थिएन । प्रहरीले मलाई साइड लगाउ भन्नुभयो । अनि पछि–पछि आउनु भन्नुभयो । मलाई सजाय दिन लाग्नु भयो होला भनेर डराएको थिएँ । पछि त प्रहरी चौकीमा लगेर अरु पुलिसहरुलाई पनि बोलाएर म्याकुरीसँग फोटो खिच्न आउनु भन्नुभयो । त्यतिबेला साह्रै अनौठो लागेको थियो ।

मलाई नचिन्ने तर, म्याकुरीको डाइहार्ड फ्यान

केही समय अघि म धरान गएको थिएँ । त्यहाँ मेरो क्यारेक्टर ‘म्याकुरी’को ठूलो फ्यान हुनुहुँदो रहेछ । मलाई भेट्ने बित्तिकै ती फ्यानले तपाईको अनुहार त आँटीकुटी म्याकुरीसँग मिल्दो रहेछ लौन फोटो खिचौं भन्न थाल्नुभयो । मलाई भने निकै हाँस उठिरहेको थियो । फेरि मलाई युट्युब सुरु गर्न सिकाइरहनुभएको थियो । त्यसैले मलाई नचिन्ने तर, म्याकुरीलाई चिन्ने फ्यान पनि हुनुहुँदो रहेछ ।

फ्रेन्ड रिक्वेस्ट पठाउनुस् भन्ने ती युवती

एकजना यूवती फ्यान पनि अनौठो लागेको थियो । तपाईको फोनबाट फोटो खिचौँ मेरो मोबाइलमा राम्रो आउँदैन भनेर फोटो खिच्नु भयो । भरे मलाई फ्रेन्ड रिक्वेस्ट पठाएर अहिले खिचेका फोटोहरु पठाउनु भनेर हिँड्नुभयो । म भने अलमल्ल परेँ । उहाँ मेरो फ्यान हुनुहुँदो रहेछ । उहाँले मलाई फेसबुकमा रिक्वेस्ट पठाउनुभएको रहेछ । मैले एसेप्ट गरेको रहेनछु अनि त्यो गराउनका लागि पनि उहाँले यस्तो हर्कत गर्नुभएको रहेछ ।

भावुक बनाउने ती सानी नानी

एक जना फ्यानको कुराले म भावुक भएको छु । एकजना सानी नानी धेरै बिरामी भएर अस्पतालमा भर्ना गरिएको रहेछ । उनी नबोलेको नहाँसेको धेरै दिन भएको रहेछ । जब उनले मेरो भिडियो हेरिन् त्यसपछि हाँसिन् अनि बोल्न पनि थालिन् भन्दै उनको अभिभावकले फोन गर्नुभएको थियो । त्यो क्षण म निकै भावुक भएको थिएँ ।

ओभर टेक गरेर सेल्फी खिच्ने ती फ्यान

म सडकमा बाइक कुदाइरहेको थिएँ । त्यति नै बेला मेरो एकजना फ्यानले मलाई पछ्याइरहनुभएको रहेछ । उहाँले मेरो अघि गएर बाइक रोक्नुभयो । अनि म पनि रोकिन बाध्य भएँ । उहाँले त मसँग सेल्फी खिच्न पो रहेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली