English

रिसर्च : लामो समय अन्तरिक्षमा बसे के हुन्छ ?



लामो समयसम्म अन्तरिक्षमा बस्नेहरुको हृदय संकुचित हुनसक्ने शोधकर्ताले दाबी गरेका छन् । त्यहाँ बस्दा लो इन्टेनसिटी एक्सरसाइज पनि हार्टमा पर्ने असरलाई रोक्नको लागि उचित हुँदैन । यो दाबी यूनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न मेडिकल सेन्टरका शोधकर्ताहरुले आफ्नो रिसर्चमा गरेका छन् ।

उनीहरुले अन्तरिक्षमा बस्नेको शरीरले भार महशुस नगर्ने बताएका छन् । यसलाई बुझ्नको लागि शोधकर्ताहरुले २०१५ देखि लिएर १०१६ सम्म अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा रहेकी अन्तरिक्ष यात्री स्कट केलीको अध्ययन गरेका थिए । उनको तुलना २०१८ मा प्रशान्त महासागरमा लामो समयसम्म तैरिने तैराक बिनायड लेकोम्टसँग गरिएको छ । किनभने त्यो बेला तैरिने बेला अन्तरिक्षको जस्तै मानिस भारहीनताको अनुभव गर्दथ्यो । तैराक बिनायडले प्रशान्त महासागरमा १५९ दिनसम्म तैरिएर २ हजार ८ सय २१ किलोमिटरको दूरी पार गरेका थिए । उनी एक दिनमा करिव ६ घण्टासम्म तैरिएका थिए । उनीहरु दुवैको डाटाको प्रयोग रिसर्चमा गरिएको थियो ।

यसकारण घट्यो आकार

शोधकर्ताहरुले जब हामी बस्छौँ वा उभिन्छौँ तब ग्रेभिटी हुने भएको कारण मानिसको ब्लड पैतालका तर्फ धेरै फ्लो हुने गरेको बताएका छन् । हार्टले यसलाई पनि सम्हाल्नु पर्दछ । र ग्रेभिटीविरुद्ध हार्टले आफ्नो आकार त्यत्तिकै राख्दै पूरा शरीरमा ब्लड पुर्याउनुपर्दछ । तर अन्तरिक्षमा ग्रेभिटी त्यति हुँदैन । जसका कारण पम्प गर्नका लागि हार्टले धेरै मिहेनत गर्नुपर्दछ । वैज्ञानिक भाषामा यसलाई एट्रोफी भनिन्छ । जसका कारण अन्तरिक्ष यात्रीको हड्डी कमजोर बन्छ ।

२ इन्चबाट घटेर १.८ इन्च भयो

रिसर्चमा केलीको वेन्ट्रिकलको आकार २ इन्चबाट घटेर १.८ इन्चमा झरेको छ । तैराक बिनायडको भने १.९ बाट घटेर १.८ इन्च भयो ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।बाढीबाट भएको

विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइका

कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशनएवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम