English

रिसर्च : लामो समय अन्तरिक्षमा बसे के हुन्छ ?



लामो समयसम्म अन्तरिक्षमा बस्नेहरुको हृदय संकुचित हुनसक्ने शोधकर्ताले दाबी गरेका छन् । त्यहाँ बस्दा लो इन्टेनसिटी एक्सरसाइज पनि हार्टमा पर्ने असरलाई रोक्नको लागि उचित हुँदैन । यो दाबी यूनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न मेडिकल सेन्टरका शोधकर्ताहरुले आफ्नो रिसर्चमा गरेका छन् ।

उनीहरुले अन्तरिक्षमा बस्नेको शरीरले भार महशुस नगर्ने बताएका छन् । यसलाई बुझ्नको लागि शोधकर्ताहरुले २०१५ देखि लिएर १०१६ सम्म अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा रहेकी अन्तरिक्ष यात्री स्कट केलीको अध्ययन गरेका थिए । उनको तुलना २०१८ मा प्रशान्त महासागरमा लामो समयसम्म तैरिने तैराक बिनायड लेकोम्टसँग गरिएको छ । किनभने त्यो बेला तैरिने बेला अन्तरिक्षको जस्तै मानिस भारहीनताको अनुभव गर्दथ्यो । तैराक बिनायडले प्रशान्त महासागरमा १५९ दिनसम्म तैरिएर २ हजार ८ सय २१ किलोमिटरको दूरी पार गरेका थिए । उनी एक दिनमा करिव ६ घण्टासम्म तैरिएका थिए । उनीहरु दुवैको डाटाको प्रयोग रिसर्चमा गरिएको थियो ।

यसकारण घट्यो आकार

शोधकर्ताहरुले जब हामी बस्छौँ वा उभिन्छौँ तब ग्रेभिटी हुने भएको कारण मानिसको ब्लड पैतालका तर्फ धेरै फ्लो हुने गरेको बताएका छन् । हार्टले यसलाई पनि सम्हाल्नु पर्दछ । र ग्रेभिटीविरुद्ध हार्टले आफ्नो आकार त्यत्तिकै राख्दै पूरा शरीरमा ब्लड पुर्याउनुपर्दछ । तर अन्तरिक्षमा ग्रेभिटी त्यति हुँदैन । जसका कारण पम्प गर्नका लागि हार्टले धेरै मिहेनत गर्नुपर्दछ । वैज्ञानिक भाषामा यसलाई एट्रोफी भनिन्छ । जसका कारण अन्तरिक्ष यात्रीको हड्डी कमजोर बन्छ ।

२ इन्चबाट घटेर १.८ इन्च भयो

रिसर्चमा केलीको वेन्ट्रिकलको आकार २ इन्चबाट घटेर १.८ इन्चमा झरेको छ । तैराक बिनायडको भने १.९ बाट घटेर १.८ इन्च भयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested