English

गर्मीमा यसरी गर्न सकिन्छ छालाको हेरचाह



गर्मीले छालासँग सम्बन्धित धेरै समस्याहरू ल्याउने गर्दछ । गर्मी मौसममा शरीरमा देखिने दाग, पिम्पल, छाला डढ्नेजस्ता समस्याबाट बच्न आवश्यक छ । छालाको हेरचाह गर्न यी कुरामा विशेष ध्यान दिन आवश्यक छ ।

गुणस्तरीय फेसवासको प्रयोग गर्नुहोस्

गर्मी मौसममा छालामा तैलीय पदार्थ धेरै हुने गर्छ । यसबाट बच्न आफ्नो छालालाई उपयुक्त र गुणस्तरीय फेसवासको प्रयोग गर्नुहोस् । यसले छालालाई गहिरो रूपमा सफा गर्नुको साथै फोहोरलाई हटाई छालालाई चम्किलो बनाउँछ ।

छालालाई हाइड्रेटेड राख्नुहोस्

छालाका लागि हाइड्रेसन धेरै महत्वपूर्ण हुन्छ । त्यसैले, राति सुत्नुअघि छालालाई सफा राख्न मोस्चराइजर गर्नुपर्दछ । साथै, उत्कृष्ट हाइड्रेटिङ मास्कको प्रयोग गर्नु उचित हुन्छ ।

अत्यधिक पानी वा जुस पिउनुहोस्

गर्मी मौसममा कम्तिमा दैनिक तीन लिटर पानी पिउनुपर्दछ । पानीले शरीरमा हुने विषाक्त पदार्थलाई बाहिर निकाल्छ । हाइड्रेसन रहन नरिवलको पानी, खरबुजाको ताजा जुस र अन्य फलफूलका जुसहरू पिउने गर्नुपर्दछ । साथै, आहारमा दही मोही, दूध, माछा आदि समावेश गर्न सकिन्छ ।

दिनमा दुईपटक नुहाउनुहोस्

गर्मीका दिनहरूमा राम्रोसँग सरसफाइ गर्न आवश्यक छ । यदि, दिनमा दुईपटक नुहाउनुहुन्छ भने यसले तपाईंको शरीरलाई शितल राख्न मद्दत गर्छ । बिहान र राति सुत्नुभन्दा अघि नुहाउँदा शरीरमा दिनभर जम्मा भएको फोहोर र पसिना हटेर ताजापन ल्याउँछ ।

धेरै मेकअप नगर्नुहोस्

धेरै मेकअपले छालामा हावाको सम्पर्क हुन दिँदैन । त्यसैले, गर्मीको मौसममा भारी फाउन्डेसन र अन्य कस्मेटिक्स सामानको सट्टा थोरै मेकअपको साथमा टिन्टेड लिप बाम लगाउनु राम्रो हुन्छ ।

यो पनि…
दाग र चाउरीपन हटाउन पिठोको फेस प्याक
घाँटीको कालो दागबाट छुटकारा पाउन टमाटर उपयुक्त



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested