English

प्रतिकूल मौसमले मह उत्पादनमा कमी



दाङमा यस वर्ष मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ ।

गत वर्षको तुलनामा यो वर्ष एक सय ६० टन मह उत्पादनमा कमी आएको माहुरी जोन परियोजना दाङले जनाएको छ । परियोजना प्रमुख महेश रेग्मीका अनुसार गत वर्ष जिल्लामा चार सय टन मह उत्पादन भएकोमा यस वर्ष २४० टन मात्र उत्पादन भएको छ ।

घोराही उपमहानगरपालिका१८ पूर्णचन्द्र भण्डारीले दश घार माहुरीबाट सुरु गरेको व्यवसायमा अहिले ८१ घार भएका छन् । माहुरीलाई धेरै स्याहार गर्नु नपर्ने भएकाले तीन वर्ष अघिदेखि व्यावसायिक रूपमा माहुरीपालन सुरु गरेको उनले बताए ।

प्रत्येक सिजनमा रु दुई लाखदेखि तीन लाखसम्मको मह र रु दुई लाख बराबरको माहुरीको गोला बिक्री हुने गरेकोमा यसपाली मह उत्पादनमा कमी आएको उनको भनाइ छ ।

दाङ माहुरीको लागि हावापानी राम्रो छ तर चरनको समस्याले गर्दा सोचेजति उत्पादन हुनसकेको छैन । यसपाली मह उत्पादन घटेको छ । तोरी र चिउरीका फूल माहुरीका लागि मुख्य चरनका रूपमा रहेको छ । यी फूल बाह्रैमहिना उपलब्ध नहुँदा माहुरीलाई चरनका लागि जिल्ला बाहिर चितवन, कपिलबस्तु, कैलाली लैजानुपर्ने बाध्यता रहेको छ ।

चरणका लागि बाहिरका जिल्लामा लगेको समयमा सोचेजस्तो मह उत्पादन नहुने उनको भनाइ छ । ‘यसवर्ष देउखुरीको टिकुलीगढीमा माहुरी चराउन लगेको छु । तोरी फूलेको छ, चरनका लागि यहाँ ल्याउनु परेको हो,’ उनले भने, ‘गतवर्ष चार पटक मह काटेकोमा यस वर्ष दुई पटक मात्र काटन पाएको छ ।’

जलवायु परिवर्तन र वनमा प्रशस्त मात्रामा फूल फूल्ने बिरुवा मासिदा माहुरीपालक किसानलाई असर पुगेको छ ।

वर्षा र अत्यधिक चिसोका कारण माहुरी बाहिर निस्कन नसक्ने भएकाले मह उत्पादन कम भएको भण्डारीको भनाइ छ । घोराही उपमहानगरपालिका-१८ रझेनाका प्रकाश थापाले दुई वर्ष अघिदेखि माहुरीपालन व्यवसाय सुरु गरेका छन् । अहिले उहाँसँग ३५ घार माहुरी छन् ।

आधुनिक घारमा व्यवस्थित माहुरीपालन गर्दा मह काट्न सजिलो हुन्छ । ‘मह र माहुरी बेचेर गतवर्ष रु एक लाख आम्दानी गर्न सफल भएको थिए’, उनले भने, ‘यसपाली वर्षा र अत्यधिक चिसोले माहुरीलाई पनि असर गरेको छ । फलस्वरुप मह उत्पादन घटेको छ ।’ गत वर्ष तीन पटकसम्म मह काटेकोमा यसवर्ष एक पटक मात्र काटेको उनको भनाइ छ ।

चरनको राम्रो व्यवस्था भएको समयमा प्रतिघार २२ किलोग्रामसम्म मह उत्पादन हुने गरेको थापाले बताए । अन्य बालीखेती गरेको तुलनामा माहुरीपालनमा त्यति धेरै मेहनत गर्न नपर्ने, सजिलै आम्दानी हुने र घरखर्च चलाउन सकिने भएकाले यो व्यवसायमा लागेको उनको भनाइ छ । नेपाल माहुरीपालक महासङ्घ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठले यो वर्ष मह उत्पादन कम भएको बताए ।

मौसमको प्रतिकूलता र जङ्गलमा प्रशस्त मात्रामा माहुरी चरनका लागि फूल नभएकाले मह उत्पादनमा कमी आएको उनको भनाइ छ । यो वर्ष मह उत्पादनमा ४० प्रतिशत कमी आएको छ । एउटा घारबाट १० देखि १२ किलोग्रामसम्म मह उत्पादन हुने गर्दछ ।

दाङ माहुरीको लागि हावापानी राम्रो छ तर चरनको समस्याले गर्दा सोचेजति उत्पादन हुनसकेको छैन । यसपाली मह उत्पादन घटेको छ । तोरी र चिउरीका फूल माहुरीका लागि मुख्य चरनका रूपमा रहेको छ । यी फूल बाह्रैमहिना उपलब्ध नहुँदा माहुरीलाई चरनका लागि जिल्ला बाहिर चितवन, कपिलबस्तु, कैलाली लैजानुपर्ने बाध्यता रहेको छ ।

जलवायु परिवर्तन र वनमा प्रशस्त मात्रामा फूल फूल्ने बिरुवा मासिदा माहुरीपालक किसानलाई असर पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।तोरीको मह प्रतिकिलो रु ५०० र चिउरीको मह रु ६५० मा बिक्री हुँदै आएको छ । दाङमा उत्पादन भएको मह अन्य जिल्लामा पनि जाने गरेकामा यसपाली उत्पादनमा कमी आएका कारण बाहिर पनि कम गएको बताइएको छ ।

माहुरी जोन परियोजना दाङका प्रमुख महेश रेग्मीले दाङमा मकै र तोरी जोन सफल देखिएपछि माहुरीपालनको सम्भाव्यतालाई अध्ययन गरेर यो कार्यक्रम अगाडि सारिएको बताए । उनका अनुसार जिल्लामा ६ हजारभन्दा बढी किसान माहुरीपालनमा लागेका छन् ।

तोरीमा चरेको माहुरीबाट एक सिजनमा तीन पटकसम्म मह काढ्न सकिन्छ । धेरै वर्षा भएका कारण माहुरीलाई चरनमा समस्या भयो र मह उत्पादनमा कमी आएको उनको भनाइ छ ।

यो पनि

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोडमा चिनियाँ कम्पनीलाई ठेक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित