English

प्रतिकूल मौसमले मह उत्पादनमा कमी



दाङमा यस वर्ष मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ ।

गत वर्षको तुलनामा यो वर्ष एक सय ६० टन मह उत्पादनमा कमी आएको माहुरी जोन परियोजना दाङले जनाएको छ । परियोजना प्रमुख महेश रेग्मीका अनुसार गत वर्ष जिल्लामा चार सय टन मह उत्पादन भएकोमा यस वर्ष २४० टन मात्र उत्पादन भएको छ ।

घोराही उपमहानगरपालिका१८ पूर्णचन्द्र भण्डारीले दश घार माहुरीबाट सुरु गरेको व्यवसायमा अहिले ८१ घार भएका छन् । माहुरीलाई धेरै स्याहार गर्नु नपर्ने भएकाले तीन वर्ष अघिदेखि व्यावसायिक रूपमा माहुरीपालन सुरु गरेको उनले बताए ।

प्रत्येक सिजनमा रु दुई लाखदेखि तीन लाखसम्मको मह र रु दुई लाख बराबरको माहुरीको गोला बिक्री हुने गरेकोमा यसपाली मह उत्पादनमा कमी आएको उनको भनाइ छ ।

दाङ माहुरीको लागि हावापानी राम्रो छ तर चरनको समस्याले गर्दा सोचेजति उत्पादन हुनसकेको छैन । यसपाली मह उत्पादन घटेको छ । तोरी र चिउरीका फूल माहुरीका लागि मुख्य चरनका रूपमा रहेको छ । यी फूल बाह्रैमहिना उपलब्ध नहुँदा माहुरीलाई चरनका लागि जिल्ला बाहिर चितवन, कपिलबस्तु, कैलाली लैजानुपर्ने बाध्यता रहेको छ ।

चरणका लागि बाहिरका जिल्लामा लगेको समयमा सोचेजस्तो मह उत्पादन नहुने उनको भनाइ छ । ‘यसवर्ष देउखुरीको टिकुलीगढीमा माहुरी चराउन लगेको छु । तोरी फूलेको छ, चरनका लागि यहाँ ल्याउनु परेको हो,’ उनले भने, ‘गतवर्ष चार पटक मह काटेकोमा यस वर्ष दुई पटक मात्र काटन पाएको छ ।’

जलवायु परिवर्तन र वनमा प्रशस्त मात्रामा फूल फूल्ने बिरुवा मासिदा माहुरीपालक किसानलाई असर पुगेको छ ।

वर्षा र अत्यधिक चिसोका कारण माहुरी बाहिर निस्कन नसक्ने भएकाले मह उत्पादन कम भएको भण्डारीको भनाइ छ । घोराही उपमहानगरपालिका-१८ रझेनाका प्रकाश थापाले दुई वर्ष अघिदेखि माहुरीपालन व्यवसाय सुरु गरेका छन् । अहिले उहाँसँग ३५ घार माहुरी छन् ।

आधुनिक घारमा व्यवस्थित माहुरीपालन गर्दा मह काट्न सजिलो हुन्छ । ‘मह र माहुरी बेचेर गतवर्ष रु एक लाख आम्दानी गर्न सफल भएको थिए’, उनले भने, ‘यसपाली वर्षा र अत्यधिक चिसोले माहुरीलाई पनि असर गरेको छ । फलस्वरुप मह उत्पादन घटेको छ ।’ गत वर्ष तीन पटकसम्म मह काटेकोमा यसवर्ष एक पटक मात्र काटेको उनको भनाइ छ ।

चरनको राम्रो व्यवस्था भएको समयमा प्रतिघार २२ किलोग्रामसम्म मह उत्पादन हुने गरेको थापाले बताए । अन्य बालीखेती गरेको तुलनामा माहुरीपालनमा त्यति धेरै मेहनत गर्न नपर्ने, सजिलै आम्दानी हुने र घरखर्च चलाउन सकिने भएकाले यो व्यवसायमा लागेको उनको भनाइ छ । नेपाल माहुरीपालक महासङ्घ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठले यो वर्ष मह उत्पादन कम भएको बताए ।

मौसमको प्रतिकूलता र जङ्गलमा प्रशस्त मात्रामा माहुरी चरनका लागि फूल नभएकाले मह उत्पादनमा कमी आएको उनको भनाइ छ । यो वर्ष मह उत्पादनमा ४० प्रतिशत कमी आएको छ । एउटा घारबाट १० देखि १२ किलोग्रामसम्म मह उत्पादन हुने गर्दछ ।

दाङ माहुरीको लागि हावापानी राम्रो छ तर चरनको समस्याले गर्दा सोचेजति उत्पादन हुनसकेको छैन । यसपाली मह उत्पादन घटेको छ । तोरी र चिउरीका फूल माहुरीका लागि मुख्य चरनका रूपमा रहेको छ । यी फूल बाह्रैमहिना उपलब्ध नहुँदा माहुरीलाई चरनका लागि जिल्ला बाहिर चितवन, कपिलबस्तु, कैलाली लैजानुपर्ने बाध्यता रहेको छ ।

जलवायु परिवर्तन र वनमा प्रशस्त मात्रामा फूल फूल्ने बिरुवा मासिदा माहुरीपालक किसानलाई असर पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।तोरीको मह प्रतिकिलो रु ५०० र चिउरीको मह रु ६५० मा बिक्री हुँदै आएको छ । दाङमा उत्पादन भएको मह अन्य जिल्लामा पनि जाने गरेकामा यसपाली उत्पादनमा कमी आएका कारण बाहिर पनि कम गएको बताइएको छ ।

माहुरी जोन परियोजना दाङका प्रमुख महेश रेग्मीले दाङमा मकै र तोरी जोन सफल देखिएपछि माहुरीपालनको सम्भाव्यतालाई अध्ययन गरेर यो कार्यक्रम अगाडि सारिएको बताए । उनका अनुसार जिल्लामा ६ हजारभन्दा बढी किसान माहुरीपालनमा लागेका छन् ।

तोरीमा चरेको माहुरीबाट एक सिजनमा तीन पटकसम्म मह काढ्न सकिन्छ । धेरै वर्षा भएका कारण माहुरीलाई चरनमा समस्या भयो र मह उत्पादनमा कमी आएको उनको भनाइ छ ।

यो पनि

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोडमा चिनियाँ कम्पनीलाई ठेक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

सन्जिव दुलालकाठमाडौं। तामाङ शेलो गीत ‘रोशी त खोला’ एक विशेष कार्यक्रमका बीच काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा सार्वजनिक गरिएको छ। गायक

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

Latest










Popular
Suggested