English

अचानक घरका धाराबाट आयो रेड वाइन



इटालीको मेनास्थित सेटेक्यानी गाउँका बासिन्दा आफ्ना घरका धाराबाट अचानक रेड वाइन आउन थालेपछि छक्क परेका छन् ।

वास्तवमा केही थोरै घर रहेको यस गाउँ नजिकको ‘क्यान्टिना सेटेक्यानी क्याटेलभेट्रो वाइन’ उत्पादनका क्रममा कारखानामा भएको प्राविधिक त्रुटिका कारण यो घटना घटेको हो ।

त्यहाँको बोटलिङ लाइन बिग्रिँदा धाराबाट वाइन बग्न थालेको हो । यस घटनालाई लिएर क्षमा माग्दै वाइन कम्पनीले आफ्नो सबुकमा यस्तो लेखेको छ– ‘यो समस्या छोटो समयमै समाधान भयो । यसले जनस्वास्थ्यमा कुनै नराम्रो असर पर्ने छैन । बोटलिङ गर्न तयारी अवस्थामा रहेको वाइन मात्र खानेपानीको पाइपमा जोडिन पुग्दा यस्तो भएको हो । कम्पनीको लाम्ब्रुसको ग्रास्पारोस्सा बोटलिङ लाइनमा गडबडी भएको हो ।’

इटालीको एक न्युज साइटमा ला कोर्रिएरेले बनाएको उक्त भाइरल भिडियोमा धाराबाट वाइन आइरहेको र सिंक पूरै वाइनले भरिएको देखिन्छ ।

यस घटनालाई लिएर निकै रमाएकामध्ये एकजना स्थानीय बासिन्दाले ‘अर्काेपटक साँझ साढे सात बजे मात्र वाइन पठाउनुहोला’ भन्दै ठट्टा गरेका थिए ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested