चिसोमा घाँटी खसखस गर्ने र स्वर बस्ने समस्याबाट कसरी बच्ने ?



  • डा. ढुण्डिराज पौडेल, नाक कान घाँटी रोग विशेषज्ञ

मौसम परिवर्तन भएसँगै थुप्रै मानिसहरूमा घाँटी खसखस गर्ने र स्वर बस्ने समस्या बढ्ने गर्छ । मुख्यतयाः भाइरल एवं ब्याक्टेरियल इन्फेक्सनको कारणले यस्तो समस्याहरू देखिने गर्छ । भाइरललगायत विभिन्न संक्रमण, खानेकुरा लगायतका रसायनको एलर्जीको कारण घाँटी दुख्ने तथा खस्खसाउने समस्या हुन्छ ।

चिसो बढेसँगै मानिसहरू चिसोबाट बच्नका लागि आगो बालेर झ्याल ढोका बन्द गरेर बस्छन् । जसले गर्दा धुँवाको कारणले पनि घाँटी खसखस गर्ने तथा स्वर बस्ने समस्या देखापर्छ । त्यसका साथै चिसो मौसममा वायु प्रदूषण बढ्ने भएकोले वायु प्रदूषणको कारणले पनि यस्ता समस्या बढ्ने गर्छन् ।

चिसोमा मौसम परिवर्तनको कारण लाग्ने रुघाखोकी तथा घाँटी दुख्ने समस्या ५ देखि ७ दिनमा आफैँ निको भएर जान्छ । तर, केही कुराहरूमा ध्यान दिइयो भने यो समस्या लाग्नै नदिन पनि सकिन्छ ।

कसरी बच्ने ?

जाडोमा बाहिरी तापक्रमसँग हाम्रो शरीरको तापक्रम नमिल्ने हुनाले विभिन्न स्वास्थ्य समस्याहरू देखिने गर्छन् । त्यसैले, चिसोबाट बच्नको लागि न्यानो कपडा लगाएर आफूलाई चिसोबाट बचाउनुपर्छ ।

यस्तै, बारम्बार मनतातो पानी पिउनुपर्छ । मनतातो पानी पिउनाले कफ जम्मा हुन पाउँदैन र घाँटी दुखाइ पनि कम गर्छ ।
चिसो मौसममा वायु प्रदूषण बढ्ने भएकोले धुँवा, धुलोबाट बच्न बाहिर निस्कँदा मास्कको प्रयोग गर्नुपर्छ ।

चिसो मौसममा खानामा पनि विशेष सावधानी आपनाउनुपर्छ । फ्रिजको वा अन्य कुनै पनि धेरै चिसो चिज सेवन गर्नु हुँदैन । सन्तुलित भोजन र भिटामिन ‘सी’ युक्त खानेकुराहरू जस्तैः कागती, सुन्तला तथा अन्य सिजनल फलफूलको सेवन गर्नुपर्छ ।

यी सबै सावधानी अपनाउँदा पनि समस्या कम नभएको अवस्थामा जथाभावी एन्टिबायोटिकको सेवन गर्नुहुँदैन । अस्पताल गएर चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।

यो पनि…
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?
यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यतिखेर देशभर चिसो बढ्न थालेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिन सक्ने भन्दै चिसोबाट बच्न जनस्वास्थ्यविद्ले सुझाव दिएका छन्। जल तथा

कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण बढिरहेका बेला झापाका स्वास्थ्यकर्मीले १४ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन्। राष्ट्रिय

कोरोना संक्रमण तीव्ररूपमा फैलिरहेको छ । दैनिक १० देखि १२ हजारको हाराहारीमा संक्रमितहरू बढिरहेको समयमा अस्पतालमा भन्दा होम आइसोलेसनमा बस्ने

र्‍याल निस्कनु राम्रो हो किनकि र्‍यालले नै मुखलाई गिलो पार्छ। तर,कतिपय मानिसको चाहिनेभन्दा बढी नै र्‍याल आउँछ। उठेकोभन्दा सुतेका बेलामा

Suggested