बदलिँदो मौसममा पिनासको जोखिमबाट यसरी बचौँ



डा. प्रतीक्षा पाण्डेय, प्राकृतिक चिकित्सक

पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुर्याउने एक किसिमको रोग हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ । साइनस भन्नाले टाउको र अनुहारको हाडहरूमा हुने हावा भरिएका खाली भागहरू हुन्, जो स–साना प्वालहरू, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जहाँ ब्याक्टोरिया एवं भाइरस विकसित भई पिनास हुन्छ । पिनासको बिरामीलाई अन्य मौसमभन्दा चिसो मौसममा अलि गाह्रो हुन्छ । पिनासको उपचारका लागि पछिल्लो समय प्राकृतिक उपचार पद्धति निकै प्रभावकारी बन्दै गएको छ ।


कारण
कोही व्यक्तिको जन्मिदै नाकको हड्डी बांगो छ भने ती व्यक्तिहरूमा पिनासको समस्या हुन सक्छ । त्यसबाहेक चिसोको एलर्जी, लामो समयसम्म रुघाखोकी, एकदमै चिसो खानेकुराको सेवन आदि कारणले पनि पिनास हुने गर्छ ।

प्राकृतिक उपचार विधि

जलनेती : प्राचीन कालदेखि नै ऋषिमुनिहरूले नाकको सफाइ गर्नका लागि उपयोग गरेको यौगिक विधिलाई जलनेती भनिन्छ । नेतीको भाडामा मनतातो पानी राखेर एउटा नाकको प्वालबाट अर्को प्वालबाट निकाल्ने पद्धतिले पिनास नियन्त्रण गर्छ ।

बाफ लिने : उम्लिएको पानीमा तुलसीको पात वा लेमनग्रास राखेर कपडाले पूरै टाउको र बाफको भाडोसहित ढाकेर नाकबाट बाफ लिने । बाफले पिनास ग्रन्थीमा भएको फोहर निकाली पिनासको समस्या कम गर्न सहयोग गर्छ ।

अकुप्रेसर : अनुहारका पिनास ग्रन्थीमाथि वा वरपरका अकुप्रेसर बिन्दुहरूमाथि वा हत्केला वा पैतालाका विन्दुहरू दबाउँदा पिनासबाट छुटकारा पाउन सकिन्छ ।

सन्तुलित आहार : हरियो सागसब्जी, अंकुरित अन्न, भिटामिन र मिनरल्स युक्त खाना तथा मौसमी फलफूल आदि प्रसस्त खाने ।

चिसोबाट बच्ने : रुघाखोकी लामो समय लाग्न नदिने । बढी चिसो खानेकुरा नखाने ।

पिनासको बिरामीले खानपानमा पनि विशेष ध्यान दिनुपर्छ जंक फुडहरू खानु हुँदैन । त्यसका साथै दुग्धजन्य परिकार तथा जुन कुराले एलर्जी गर्छ त्यो कुराहरू खानु हुँदैन । नाकभित्र मासु पलाएको, सुन्निएको हड्डी बांगिएको वा नासिका मार्ग थुनिएको भए चिकित्सकको यथाविधि परामर्श लिने ।

यो पनि…
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?
यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा



...
चिसोमा घाँटी खसखस गर्ने र स्वर बस्ने समस्याबाट कसरी बच्ने ? - Mero LifeStyle Mero LifeStyle

[…] मौसम परिवर्तन भएसँगै थुप्रै मानिसहरूमा घाँटी खसखस गर्ने र स्वर बस्ने समस्या बढ्ने गर्छ । मुख्यतयाः भाइरल एवं ब्याक्टेरियल इन्फेक्सनको कारणले यस्तो समस्याहरू देखिने गर्छ । भाइरललगायत विभिन्न संक्रमण, खानेकुरा लगायतका रसायनको एलर्जीको कारण घाँटी दुख्ने तथा खस्खसाउने समस्या हुन्छ । […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वमा २८ लाख मानिसको मृत्यु मोटोपनको कारणले हुने गरेको बताएको छ। संगठनको भनाइमा

कोरोना भाइरसको बढ्दो प्रकोपको बीचमा यसबारे भएरहेको अनुसन्धान बहस (कोरोना सम्बम्धित अध्ययनमा नयाँ–नयाँ जानकारी बाहिर आएको छ । यो खतरनाक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको

कोरोनाको तेस्रो लहरले फेरि संक्रमितको संख्या उकालो लाग्ने क्रम बढ्दो छ । पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमितको संख्या दोब्बर

Suggested