प्रदुषित वायुले बिगार गर्ला, यसरी अपनाउन सकिन्छ सतर्कता



आखिर मौसम न हो, उसको आफ्नै लय हुन्छ । त्यसमाथि हामीले पटक–पटक वातावरणीय चक्रलाई बिथोल्न थालेपछि उसले पनि प्रतिक्रिया जनाउनु आफैमा अस्वाभाविक होइन । के आज हामीले दिनभरिको मौसम महसुस गर्यौ ? हो, आजको मौसम आफ्नो स्वभाविक लयमा थिएन । आज काठमाडौं लगायत देशका प्रमुख शहरहरु अन्य दिनजस्तो सामान्य थिएनन् । चिसो मौसम,सुस्तरी बगेको हावामा गडबडी । जति जति जाडो याम नजिकिदैँ गएको छ,त्यति नै हावा पनि हानिकारक बन्दै छ ।

आजको मौसमलाई गणितीय भाषामा यसरी बुझ्न सकिन्छ । सामान्यतया वायु गुणस्तर मापन एक्वीआई १०० भन्दा कम हुनुपर्छ । तर, काठमाडौंमा आज दिउँसो एक्वीआई प्रतिघन्टा १६० छ । जसलाई जनस्वास्थ्यको दृष्टिले अस्वस्थकर मानिन्छ । आज दिउँसो वीरगंजमा १९८, बुटवलमा १९४, नारायणीमा १७८, किर्तिपुरमा १५७, धनगढीमा १५३ र जनकपुरमा १५२ छ ।

बुधबारदेखि नै वायु प्रदूषणको मात्रा बढ्दै गइरहेको छ । शनिबारको आँकडा हेर्दा काठमाडौं विश्वको आठौं प्रदूषित शहर भित्र परेको थियो । शनिबार बिहान काठमाडौंमा पिएम–२.५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ ।

हावामा आँखाले देख्न नसकिने धुलोका कणहरु पिएम १० र पीएम २.५ हुन्छ । यसमध्ये पीएम १० हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २.५ कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्याससँग सम्बन्धित छ । वायु गुणस्तर मापन एक्वीआईको पीएम २.५ को मात्रा ५० सम्म भएमा राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहहरूका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ र ३०० भन्दा माथि भयो भने खतरनाक हुन्छ ।

बुधबार देखि नै वायु प्रदूषणको मात्र बढ्दै गइरहेको छ । शनिबारको आँकडा हेर्दा काठमाडौं विश्वको आठौं प्रदूषित शहर भित्र परेको थियो । शनिबार बिहान काठमाडौंमा पिएम–२.५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ ।

एक साता यताको आँकडा हेर्दा नेपालमा केही दिन यता वातावरण प्रदूषण बढ्दो छ । साधारणतया जाडो समयमा वायु प्रदूषण हरेक बर्ष बढ्ने गरेको वातावरणविद् भुषण तुलाधर बताउँछन् । ‘वायु प्रदूषण बढ्नुको मुख्य दुईवटा कारण हुन्छ,एउटा प्राकृतिक कारण र अर्को मानविय’ तुलाधर भन्छन्, ‘पानी पर्ने मौसममा पानीले प्रदूषणलाई पखालेर लैजाने गर्छ जसले गर्दा वायु प्रदूषण कम हुन्छ । तर, जाडो मौसममा पानी निकै कम पर्ने भएकोले प्रदूषण जमेर बस्छ जस्ले गर्दा वायु प्रदूषण बढ्छ ।’

जाडो मौसममा हावा पनि कम चल्छ जसले गर्दा प्रदूषण एकै ठाउँमा जम्मा भएर बस्ने गर्छ । काठमाडौं जस्ता शहरमा जाडो मौसममा चिसो तातो हावाको पत्रले ढकनीको रुपमा काम गर्छ र प्रदूषणलाई जहाँको त्यही राख्छ यस्ले गर्दा जाडोमा वातावरण बढि प्रदूषित हुने गरेको तुलाधरको भनाई छ ।

नेपालमा सवारी साधनको चाप बढेको छ । त्यसबाट निस्किएको धुँवाले पनि वायु प्रदूषण बढ्ने हुनाले निजी सवारी साधनलाई बढाउनु भन्दा पनि सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्ने वातावरण विभागका सुचना अधिकारी शंकर प्रसाद पौडेल बताउँछन् । ‘धुवाको मुस्लो फ्याक्ने सवारी साधनलाई तत्काल समातेर वर्कशपमा पठाउने वा चल्न नदिने व्यवस्था गर्नुपर्छ ।’

मानवीय कारणले पनि प्रदूषणको स्रोतहरु जाडोमा थपिने र वायु प्र्रदूषण बढ्ने गरेको उनी बताउँछन् । ‘इँटा भट्टाहरु अब सञ्चालनमा आउँछन्, यही मौसममा धेरैले आगो ताप्न दाउरा बाल्छन् त्यसको धुँवाले पनि वायु प्रदूषण हुन्छ,’तुलाधर भन्छन्,‘आगो ताप्नका लागि होस् वा सरसफाइका लागि फोहोर जलाउने गरिन्छ, जस्ले गर्दा धुँवाको मुस्लो निस्कने गर्छ त्यसको साथै विभिन्न ठाउँमा लाग्ने डढेलोले गर्दा पनि वायु प्रदूषण जाडो महिनामा बढ्छ ।’

यसरी प्रदुषण कम गर्न सकिन्छ

वायु प्रदूषण हुने स्रोतहरु जस्तै फोहोरमैला बाल्दा वायु प्रदूषण बढ्छ भन्ने हामीलाई थाहा छ भने यो फोहोर बाल्ने कामलाई निरुसाहित गर्नको लागि बृहत अभियान नै सुरु गर्नु पर्ने तुलाधर बताउँछन् । त्यस्तै, नेपालमा सवारी साधनको चाप बढेको छ । त्यसबाट निस्किएको धुँवाले पनि वायु प्रदूषण बढ्ने हुनाले निजी सवारी साधनलाई बढाउनु भन्दा पनि सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्ने वातावरण विभागका सुचना अधिकारी शंकर प्रसाद पौडेल बताउँछन् । ‘धुवाको मुस्लो फ्याक्ने सवारी साधनलाई तत्काल समातेर वर्कशपमा पठाउने वा चल्न नदिने व्यवस्था गर्नुपर्छ ।’

उद्योगहरुको धुँवालाई पनि कम गर्ने उपायहरु अपनाउनु पर्छ । र, जाडो मौसममा वनजङ्गलमा डढेलो लाग्ने सम्भावना पनि बढि हुने भएकोले त्यसमा पनि सचेत हुनु पर्ने पौडेल बताउँछन् ।

स्वास्थ्य बिगार्ला, सतर्कता यसरी अपनाउने

चिसो मौसममा सितमा धुुलोको कण टाँस्सिन्छ र त्यो गरुङ्गो भएर वायुमण्डल भन्दा तल झरेर आउँछ । त्यसैले जति धेरै जाडो बढ्छ त्यती धेरै प्रदूषणको तह तल झर्छ । काठमाडौं उपत्यकामा बिहान र बेलुका धेरै प्रदूषण हुन्छ । हाम्रो आँखाले देख्न नसकिने धुलोको कण र हामीले जलाएको फोहोरमैलाको धुवाँले पनि प्रदूषण बढ्छ । ती धुवाँधुलोमा हाम्रो शरीरलाई असर गर्ने थुप्रै रासायनिक पदार्थहरु हुन्छन् ।

जसले हाम्रो मुटु र रक्तसञ्चार प्रणालीमा असर गर्ने जनस्वास्थ्य विज्ञ डा.खेमबहादुर कार्की बताउँछन् । ‘वायु प्रदूषणको कारण करिब ७० देखि ७२ प्रतिशत मुटुसँग सम्बन्धित समस्याहरु देखिने गर्छ,’ उनी भन्छन् ‘त्यसको साथै रक्तसञ्चार प्रणाली सम्बन्धि रोगहरु उच्च रक्तचाप,कोलेस्ट्रोल बढ्ने, हृदयघात र मष्तिस्कघात जस्ता समस्याहरु बढि देखिन्छन् ।’

प्रदूषणले दिर्घकालीन मात्र हैन तत्काल पनि स्वास्थ्यमा समस्याहरु देखिन्छन् । धुलोधुँवाले आँखा पोल्ने,घाँटी दुख्ने तथा खसखस गर्ने, छाला चिलाउने लगायतका समस्याहरु देखिन्छन् । दूषित प्रदूषणमा श्वास फेर्दा लिएको हावामा धुलोका कणहरु हुन्छन्, जुन कणहरु फोक्सो हुँदै शरीरको विभिन्न भागमा पुग्छन्।

फोक्सो, श्वास–प्रश्वास, दीर्घ दम–खोकी र क्यान्सरको समस्या पनि प्रदूषणको कारणले बढ्ने गर्छ । यी सबै वायु प्रदूषणले स्वास्थ्यमा पार्ने दिर्घकालीन असरहरु हुन् । बालबालिका सानै उमेर देखि प्रदूषणको प्रभावमा परे भने फोक्सोको राम्ररी विकास हुन सक्दैन । प्रदूषणको कारणले उनीहरुको मानसिक विकासमा पनि प्रभाव पर्छ । प्रदूषणले गर्दा बालबालिकाको बुझ्ने क्षमता र तिक्ष्ण क्षमता कम हुने समस्याहरु पनि देखिन सक्ने कार्कीको भनाई छ ।

वायु प्रदूषणले दिर्घकालीन मात्र हैन तत्काल पनि स्वास्थ्यमा समस्याहरु देखिन्छन् । धुलोधुँवाले आँखा पोल्ने,घाँटी दुख्ने तथा खसखस गर्ने, छाला चिलाउने लगायतका समस्याहरु देखिन्छन् । दूषित प्रदूषणमा श्वास फेर्दा लिएको हावामा धुलोका कणहरु हुन्छन्, जुन कणहरु फोक्सो हुँदै शरीरको विभिन्न भागमा पुग्छन् र त्यसले शरीरमा विभिन्न समस्याहरु उत्पन्न गर्ने कार्की बताउँछन् ।

यी सबै वातावरण प्रदूषणले प्रत्यक्ष हुने प्रभावहरु हुन् । वातावरण प्रदूषणले जलवायु परिवर्तन भई हुने प्रभावहरु पनि धेरै हुन्छन् । उदाहरणका लागि केहि समय अघि गएको मेलम्चीको बाढिलाई पनि लिन सकिन्छ । प्रदूषणको कारणले जलवायु परिर्वतन भयो र जलवायु परिवर्तनले भारी वर्षा भएर त्यस किसिमको घटना घट्यो । त्यसैले वायु प्रदूषणले छोटो देखी दीर्घकालीन असर पर्ने डा.कार्कीको निष्कर्ष छ ।

बिहान र बेलुकाको समयमा चिसोको कारण प्रदूषण बढ्ने भएकोले बिहान बेलुका हिँडडुल नगर्दा उचित हुने छाति रोग विशेषज्ञ डा.राजु पंगेनीले बताए । ‘अहिले कोरोनाले गर्दा सबै जनाले मास्कको प्रयोग गरिरहेका छौँ । त्यसलाई निरन्तरता दिने र सकेसम्म एन ९५ मास्कको प्रयोग गर्ने’ उनले सल्लाह दिए, ‘घर वरपर फोहोर जलाउँदा धुवाको मुस्लो निस्कने गर्छ त्यसैले फोहोरहरु जलाउनु हुँदैन, त्यसलाई व्यवस्थापन गर्नुपर्छ ।’

वायु प्रदूषण मुख्य दुई प्रकारको हुन्छ । बाहिरी प्रदूषण र अर्को घर भित्रबाट हुने प्रदूषण । घर भित्र दाउरा र गुँइठा बालेर निस्कने धुँवा र धुम्रपानको धुँवाले पनि स्वास्थ्यमा असर गर्ने भएकोले त्यसलाई पनि कम गर्नुपर्ने डा.पंगेनी बताउँछन् । धुँवा फाल्ने गाडीको कम प्रयोग गर्नु पर्छ र निजी गाडीको संख्या बढाउनुको साटो सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।

नेपालमा आजको वायु प्रदूषण गुणस्तर (एक्वीआई)

सबैभन्दा खराब वायु प्रदूषण सूचकांकको साथ शीर्ष १० देशहरू

सबैभन्दा राम्रो वायु प्रदूषण सूचकांकको साथ १० देशहरु

तथ्यांक स्रोत : वायु गुणस्तर मापन केन्द्र

यो पनि पढ्नुहोस्
वायु प्रदूषणको असरः हृदयघातदेखि ब्लड क्यान्सरसम्म
वायू प्रदुषण बढेसँगै घरभित्रै बस्न अपिल
काठमाडौंमा प्रदुषण बढ्दा विराटनगरले किन बन्द गर्ने ?
कोरोनाले पर्यटन क्षेत्रमा १० अर्बको क्षति, ७ लाख जनशक्ति बेरोजगार
फेवातालमा चल्न थाले डुङ्गा, मजदूरमा उत्साह
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल अटोमोबाइल्स डिर्लस एशोसिएसन अफ नेपाल (नाडा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरुको

महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै