काठमाडौँ भयो सर्वाधिक प्रदूषित सहर

प्रदूषणले स्वास्थ्य खतरा बढ्ने संकेत (भिडियो सहित)

काठमाडौँको मौसम किन यसरी बिग्रियो ?


अहिले काठमाडौँ विश्वको सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । प्रदूषित हावा काठमाडौँ उपत्यकामै जाम भएकाले वातावरण अत्यधिक प्रदूषित भएको वातावरणविद्हरुले जनाएका छन् । 

जल तथा मौसम विज्ञान विभागले बालबालिका र वृद्धवृद्धालाई घरबाहिर ननिस्किन आग्रह गरेको छ । विभागका अनुसार पश्चिमी वायुको प्रभाव र वायु मण्डलमा जम्मा भएको धुलोले उपत्यकामा प्रदूषण बढाएको हो । काठमाडौँ उपत्यकामा बिहानैदेखि तुवाँलोले आकाश ढाकेको छ । यसका कारण विमानहरूको नियमित उडान पनि स्थगित भइरहेको छ । 

अहिलेको अवस्थामा राम्रो भनेको सरकारले जोर बिजोर लगाइदिए हुन्छ । एकातर्फ कोरोना भाइरसले देश बेहाल छ

डाक्टर यादवप्रसाद जोशी
(यसै विषयमा वातावरण स्वास्थ्यविद् डाक्टर यादवप्रसाद जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश)
काठमाडौँको मौसम किन यसरी बिग्रियो ?
वायु प्रदूषण प्राय मौसम अनुसार फरक पर्दछ ।

यो सुक्खा मौसम हो, पानी परेको छैन । हवाको गति, एकदमै कम छ । डढेलो लाग्ने समय भएकाले, तुँवालो लागेको । वातावरणमा धुलो धेरै छ,काठमाडौंका रोड तथा पेटिहरु सबै पिच छैनन् । जसले गर्दा धुलोको मत्रा बढ्न गएको हो । हावा एकै ठाउँमा रहँदैन।
वायू प्रदूषण वर्षा नभएको, डढेलो लागेको, हवाको वहाव नभएको, आदि आवस्था मा पनि निर्भर हुन्छ। अहिलेको मौसममा हावाको वेग एकदमै कम छ, वातावरणमा धेरै धुलो छ, बाहिरबाट हावा काठमाडौं आएपनि, काठमाडौंबाट बाहिर जान पाएन, किन सकेन भने काठमाडौंको भौगोलिक स्वरुप पनि एक हो । काठमाडौँ ऊपत्यकाको आकार कचौरा जस्तो छ, यहाँ हावाको बहाव एकदमै कम हुन्छ, त्यसैले प्रदुसित हावा वातावरणमा खाँदिएर वस्छ प्रदूषक हरुको ऊत्सर्जन नियमित नै भएकोनै छ तर, हावा बहनै नसकेपछि, एकैठाउँमा धुम्मियो । समस्या यसका तीन वटा छ्नस् भौगोलिक बनावट, मौसम र शहरको परिवेश, काठमाडौंको आजभोलिको अवस्था स्वास्थ्यका लागि एकदमै हानिकारक छ । यहाँको वायू प्रदूषणको कारण, नेपालसँग सीमा जोडिएका भारतका राज्यहरुमा, खेतमा बाली भित्राएपछि लगाएको आगोबाट निस्केको धुवा र थ्रेसरहरुबाट निस्केको धुलो साथै नेपालमा पनि गहु भित्राऊने समय भयेकोले पनि वातावरण मा तुवाँलो छाएको छ र यसको असर काठमाडौं ऊपत्यकाको वायूमण्डलमा पनि पर्न जान्छ ।

कुनै एक उदाहरणको रूपमा हेर्ने हो भने एउटै सवारी साधनले,सरकारी कर्मचारी सबैलाई ल्याउन र पुर्‍याउन सक्छ, तर त्यसो नभएर सबैका लागि छुट्टाछुट्टै सवारी साधन हुन्छ । किन धेरै राखेर वातावरण प्रदूषण गराउनु ।

यो हुनुका तीन वटा कारणहरू छन्– एउटा यसको भौगोलिक बनावट, बाह्य मौसम र परिस्थिति कस्तो भन्ने हो । त्यसैले गर्दा अहिले काठमाडौँको यस्तो हालत भएको हो । अहिलेको वायु प्रदूषण स्वास्थ्यका लागि एकदमै हानिकारक छ ।

वातावरणलाई कसरी राम्रो बनाउने ?

अब वातावरण राम्रो बनाउनलाई पहिले त अर्कालाई दोष दिएर भएन । हामी घर भित्र हुने प्रदूषण, घर बाहिर हुने प्रदूषण र अर्को अन्य देशबाट आउने वायु प्रदूषण गरि तीन वटै किसिमको प्रदूषणबाट पीडित छौँ । हामीसँग स्वच्छ उर्जा को अवस्था न्यून छ, दाउरा बाल्ने, गुँइठा बाल्ने, मट्टितेल जलाउने जस्ता मानिसहरु पनि छन् । हामीले जथाभावी मोटरसाइकल, गाडी, कार यावत कुराहरु मनलाग्दी चलाउँछौँ, सर्भिस नै गरेका हुँदैनौँ, एउटा गाडीले हुने ठाउँमा पाँच वटा गाडी हुन्छ ।

बाहिरबाट पनि हामी प्रदूषणको सिकारमा छौँ । बाहिरको प्रदूषणलाई हामी नियन्त्रण वा रोक्न सक्दैनौँ, किनभने भारतमा प्रदूषण भए हामीले रोक्छौँ भन्न सक्दैनौँ । तर कुरा यति हो, हामीले यहाँ भएकै प्रदूषणलाई नियन्त्रण गर्नुपर्दछ ।

सबै तहका सरकारि कर्मचारइहरुका लागि साझा जस्तै ठुलो गाडी विहान र बेलुका को समय ऊपत्यकाका विभिन्न रुट हरु मा सन्चालन भए, कति गाडिहरुको इन्धन बचत हुन्थो होलारु येस्ले वायू प्रदूषण पनि त रोक्छ । अर्को, जोर, बिजोर प्रणालि लागू गरेको भए, कोभिडको बेला यो जमना मा घरबाट पनि त धेरै काम गर्न सकिन्छ, अध्ययन अनुसन्धान लाइ प्रोत्साहान दिनुपर्यो, आदि । यसको अर्थ मैले यत्ति भन खोजेको हो कि, वायु प्रदूषण नियन्त्रण हुनुपर्दछ । बिभिन्न माध्यमबाट निस्किएको धुवा र धुलोले नै वातावरण प्रदूषण भइरहेको छ । अर्को, बाहिरबाट पनि हामी प्रदूषणको शिकारमा छौँ । बाहिरकोत हामी सक्दैनौँ, किनभने भारतमा प्रदूषण भएर हामीले रोक्छौ भन्न सकिँदैन । तर हामीले यहाँ भएको वायु प्रदुसण नियन्त्रण गर्नुपर्दछ ।
अब यसमा पनि सरकारसहित हामी आफैँ पब्लिक जागरुक हुन आवश्यक छ, सरकारले नियम बनाउनु पर्छ र पब्लिक आफैँले फलो गर्नुपर्दछ ।

आयु घटाउँछ, यसले सरकारलाई नै घाटा हुन्छ । किनकि सरकारले एउटा नागरिकमा त्यो उमेरसम्म धेरै लगानी गरिसकेको हुन्छ ।

यस्तो वातावरणमा कसरी सजग हुने ?

यसमा सजग हुनुपर्ने भनेको कुन ठाउँमा प्रदूषण छ, कहाँ जाने, कहाँ नजाने भन्ने हो, अर्को मेरो बच्चाहरुको लागि हो भनेर शतर्क रहनुपर्छ् । वायू प्रदूषणले आमाको पेटमा भएको बच्चा को स्वास्थलाइसमेत असर गर्दछ । वायू प्रदूषणका कारण पेटमा भएको बच्चाको दिमागमा ह्रास आउँछ । अब त्यो बच्चा भनेको हाम्रो देशको नागरिक हो । पछि उसले गरेका निर्णय कस्ता हुन्छन् ? राम्रो निर्णय गर्न उ असमर्थ हुन्छ । वायू प्रदूषणले क्यान्सर पनि हुन सक्छ। अर्को यसले जलवायु परिवर्तनमा विश्वस्तरमै वायूप्रदूषणको भूमिका रहन्छ । कार्बन्डाइअक्साइड भनेको त हरितगृह ग्याँस हो नि, यसले त ट्रेम्प्रचेर बढाउँछ । इन्धन जल्दा कार्बन्डाइअक्साइड पनि त निस्केको छ नि, यसले त जलवायु प्रदूषण गराउँछ, यो त विश्वको समस्या हो । त्यसैले मानिसले सेफ मोड आफ ट्रान्सपोटेसन तिर जानुपर्यो । 

के के असर पर्छ ?

१. स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरू देखा पर्छ ।  

२. श्वासप्रश्वास सम्बन्धी विभिन्न रोगहरू बढ्छ ।  

३. केही रोगका लक्षण तत्कालै देखिन थाल्छ । 

४. सबैभन्दा धेरै बच्चा, वृद्धवृद्धा, जोखिममा रहेका, गर्भवती महिला, नवजात शिशु, दमका बिमारी भएकाहरूलाई बढी असर गर्छ । 

५. मस्तिष्क ह्रास सम्बन्धी समस्याहरू बढ्छ । 

६. आयु घटाउँछ, यसले सरकारलाई नै घाटा हुन्छ । किनकि सरकारले एउटा नागरिकमा त्यो उमेरसम्म धेरै लगानी गरिसकेको हुन्छ ।

सबैले जान्नुपर्ने कुरा के छ भने, हामी सबैलाइ बच्नको लागि स्वस्छ वातावरण चाहिन्छ, जुन सम्बिधानले दिएको अधिकारपनि हो तर हाम्रो स्वास्थ जलवायु परिवर्तन, वतावरणीय प्रदूषण, फोहरमैला व्यवस्थापन,को अभाव, आदिले गर्दा दिन प्रति जोखिम मा पर्दै गरेको छ र यसको असर दिर्घकालिन स्वास्थमा प्रतिकुल रुपले हुने भएकोले, समयमा नै सजग हुनु आनिवार्य छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जब वर्षामास सुरु हुन्छ । तब, राजमार्गमा यात्रा गर्नेहरुको मन अतालिन्छ । अझै सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबाको फेदी छिचोल्न

कोरोनाको दोस्रो लहरको निषेधाज्ञा अहिले जारी छ । केही खुकुलो गरिएपनि पूर्ण रुपमा सबै कुरा सञ्चालनमा आउन सकेका छैनन् ।

आकर्षण केवल मेनिकेयर, पेडिक्योरहरू, मोइस्चराइजरहरू प्रयोग गर्ने, महँगो लुगा लगाउनु होइन । व्यक्तिगत सौन्दर्यता पनि आकर्षण हो । त्यहि व्यक्तिगत

काठमाडौं उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा बढाइएको छ । उपत्यकाका तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको