English

वायू प्रदुषण बढेसँगै घरभित्रै बस्न अपिल



काठमाडौं उपत्यकाको वायू प्रदुषण उच्च विन्दुमा पुगेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई घरभित्रै बस्न अनुरोध गरेको छ ।
अहिले देखिएको उपत्यका भित्रको प्रदुषणले श्वासप्रश्वास लगायतका विभिन्न स्वास्थ्य समस्या उत्पन्न गर्ने प्रवल सम्भावना देखिएपछि मन्त्रालयले घरभित्रै बस्न भनेको हो ।

अहिले घरबाहिर खुला स्थानमा नबस्न, नखेल्न, मर्निङवाकमा नजान र घर बाहिर गएर शारीरिक व्यायाम नगर्न समेत मन्त्रालयले अनुरोध गरेको छ । यसैगरी फोहोरहरूको उचित व्यवस्थापन गरी त्यसलाई नजलाउन समेत भनेको छ ।

यदि घरबाहिर निस्किनु परेको अवस्थामा अनिवार्य मास्कको प्रयोग गर्न र कोभिड–१९ रोकथामका लागि तोकिएका मापदण्ड पालना गर्न मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार नेपाल र भारतका विभिन्न स्थानमा लागेको डढेलोको कारण वायूमण्डलमा प्रदुषण देखिएको हो । उनका अनुसार उपत्यकाको प्रदुषण अझै बढ्नुमा छिमेकी जिल्ला मकवानपुर, चितवन र पर्सा लगायतका केही जिल्लामा डढेलो लागेकोले पनि हो ।

मौसम विज्ञान विभागले पनि अझै केही दिन बर्षा हुने सम्भावना नरहेकाले वायू प्रदुषण यथावत रहने जनाएको छ । मौसममा आएको खराबीसँगै आन्तरिक तथा बाह्य उडान पनि प्रभावित बनेको छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested