English

‘मुटुरोगबाट बच्न जीवनशैली सुधार्नैपर्छ’



हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमहरु आयोजना गरी यो दिवस मनाइएको छ । तर, नेपालमा मुटुरोगीको संख्या भने बढ्दै गएको चिकित्सकहरु बताउँछन् । आधुनिक जीवनशैली, खानपान, अल्छीपनाले गर्दा मुटुरोगीको संख्या बढ्दै गएको मुटुरोग विशेषज्ञ, डा. अनिल भट्टराई बताउँछन् । मुटुसम्बन्धी वंशाणुगत समस्याले गर्दा पनि मानिसहरु पीडित छन् । केही कुरामा ध्यान दिने हो भने मुटु रोगबाट बच्न सकिने विज्ञहरुले बताउँदै आएका छन् । मुटु दिवसको अवसरमा मुटुमा लाग्ने रोग, ध्यान दिनुपर्ने कुरा, उपचार पद्धति लगायतका विषयमा केन्द्रित रहेर डा. भट्टराईसँग गरिएको कुराकानी :

मुटुमा देखिने मुख्य समस्याहरु के के हुन् ?

मुटुमा लाग्ने विभिन्न रोगहरुलाई समग्रमा दुई किसिमले विभाजन गर्न सकिन्छ । एउटा जन्मजात मुटु रोग, जुन चाहिँ मान्छे जन्मिदै कुनै न कुनै मुटुरोग लिएर आउने भयो । अर्काे चाहिँ वयस्क उमेरमा हुने मुटुरोग । जन्मजात मुटुरोग धेरै किसिमका छन् । जन्मजात मुटुरोग सामान्यदेखि एकदमै जटिल खालका हुन्छन् । त्यसमा सामान्य मुटुमा प्वालदेखि मुटुको मुख्य नली उल्टो बस्ने, बच्चा जन्मिदानै निलो हुने कडाखालका मुटुरोगहरु पनि हुनसक्छन् । कतिपय मुटुरोगहरुमा बच्चा जन्मने बित्तिकै तुरुन्तै अपरेसन गरिएन भने जीवन सम्भव हुँदैन ।

अर्को हो वयस्क मुटुरोग, जसमा जीवन जिउँदै जाँदा मुटुको भल्बहरु खराब हुने गर्छ । यस्ता मुटुरोगमध्ये अहिले नेपालमा बाथमुटुरोगले धेरै मान्छेको भल्ब खराब बनाइरहेको छ । मुटुरोगको अप्रेसन गर्ने भनेको भल्ब फेर्ने नै हो । बाथ मुटुरोग अहिले नेपालमा खतरनाक रूपमा बढिरहेको छ । विशेषगरी मुटुलाई रक्तसञ्चार गर्ने नलीहरुमा कुनै पनि कारण अवरोध आएको खण्डमा मुटुको कुनै पनि भागको मांसपेशीको मृत्यु हुन सक्छ । त्यसलाई नै हृदयाघात अथवा हर्टअट्याक भनिन्छ । यो रोग पनि बढ्दो छ ।

कस्ता व्यक्तिमा मुटु रोगको सम्भावना बढी हुन्छ ?

जन्मजात मुटुरोग विशेषगरी वंशाणुगत हुनसक्छ । कुनै पनि परिवारमा जन्मजात मुटुसम्बन्धी रोग थियो भने त्यो परिवारबाट जन्मने बच्चामा पनि मुटुरोग हुन सक्ने सम्भावना हुन्छ । त्यसपछि गर्भवती महिलाले धूमपान, मद्यपान बढी गर्ने, आहार विहारको कमी भएको खण्डमा त्यस्ता आमाबाट जन्मेको बच्चाहरुमा जन्मजात मुटुरोगको समस्या हुन सक्छ ।

मुटुरोगसम्बन्धी वंशाणुगत इतिहास छ भने त्यस्ता परिवारमा आउने नयाँ सदस्यमा पनि मुटुमा रोग लाग्न सक्ने सम्भावना हुन्छ । त्योबोहक वयस्क व्यक्तिहरुमा धूमपान, मद्यपान गर्ने, शारीरिक व्यायाम नगर्ने, मोटोपना भएको व्यक्तिहरु अत्याधिक मात्रामा कार्बाेहाइड्रेड, आलु, गुलियो, बोसोजन्य मासु धेरै खाने व्यक्तिमा मुटुरोगको समस्या देखिन सक्छ । साथै, मधुमेहका बिरामीलाई पनि मुटुरोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । जो व्यक्तिले धेरै चिन्ता तनाव लिन्छ त्यस्तो व्यक्तिलाई पनि मुटुरोग लाग्न सक्ने सम्भावना हुन्छ ।

मुटु रोगीको संख्या बढ्नुको कारण के हो ?

मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । त्यसकारण हृदयाघात पनि जीवनशैली र खानपानका कारण हुने रोग हो । मुटु रोगको मुख्य कारण आलस्य जीवनशैली हो । बढ्दो व्यस्त जीवन, आधुनिक सभ्यता, चिल्लो बढी भएको खानपान, मद्यपान तथा धूम्रपानको लत, अत्याधिक तनाव, शारीरिक श्रमको कमी तथा व्यायामको कमी नै हृदयाघातका प्रमुख कारण हुन् । तीमध्ये धूम्रपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, मोटोपन, व्यायामको कमी र मानसिक तनावलाई सबैभन्दा ठूलो कारकका रूपमा लिइन्छ ।

मुटुलाई स्वास्थ राख्न के–के कुरामा ध्यान दिनुपर्छ ?

मुटु रोगबाट बच्नका लागि सबैभन्दा पहिले जीवनशैलीलाई सुधार्नु पर्छ । स्वस्थ खाना खाने, नियमित रुपमा योग, ध्यान साधना गर्ने, शारीरिक रूपमा संलग्न भइ पसिना आउने गरी खेल खेल्ने । धूम्रपान मद्यपानबाट टाढा रहेर सृजनात्मक कार्यमा सरिक रहने, अत्यधिक चिल्लो, पिरो, अमिलो तथा जंकफुडको प्रयोगलाई कम गर्ने, नियमित रूपमा ब्लडप्रेसर चेक गर्ने, मधुमेहको जाँच गर्ने तथा मुटु रोग सम्बन्धि शंका लागेको खण्डमा चिकित्सकसँग परामर्श लिइयो भने धेरै हदसम्म जोखिमबाट टाढा रहन सकिन्छ ।

यो पनि पढ्नुहोस् :
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
ट्राफिक र विमानबाट निस्किने आवाज मुटुका लागि खतरनाक !
चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः सुचारु
यसकारण गरे शताब्दी पुरुषले शरीरदान (भिडियो सहित)
बढ्दै अङ्गदाता तर कार्यान्वयनमा समस्या
बस्नका लागि शरीरको अंग दान गर्नुपर्ने अनौठो गाउँ !
के हो टेस्ट ट्युब बेबी ? कति लाग्छ खर्च ?
मिर्गाैला प्रत्यारोपणपछि अझ सक्रिय हुनेहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली