English

सांसद शान्ता चौधरीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



प्रतिनिधि सभा सदस्य शान्ता चौधरी थोरै मात्र फूर्सदिली भइन् भने पुस्तक पढ्न थाल्छिन् । व्यस्त समयका बाबजुत पनि उनले अहिलेसम्म थुप्रै राम्रा पुस्तक पढिसकेकी छिन् । पढ्ने बानीले मानिसलाई वौद्धिक बनाउने उनको मान्यता छ । ‘कम्लहरीदेखि सभासद्’ सम्म नामक उनको आत्मकथा समेत प्रकाशित भइसकेको छ । तर, आज यहाँ उनले आफूलाई मनपर्ने ३ पुस्तकका बारेमा यसरी बताइन् :

जीवन काँडा कि फूल

जीवन काँडा कि फूल झमक घिमिरेद्वारा लिखित आत्मकथा हो । यो पुस्तकमा झमकले आफूले भोगेको पीडा र सङ्घर्षको गाथा व्यक्त गरेकी छिन् । २०६८ सालमा उनले यो पुस्तकबाट मदन पुरस्कार समेत पाएकी थिइन् । यसै पुस्तक पढेर मैले ‘कम्लहरीदेखि सभासद्सम्म’ लेख्ने प्रेरणा पाएँ । मान्छेहरुले चाहेको खण्डमा जे पनि गर्न सक्छन् भन्ने सन्देश यस पुस्तकले दिन्छ । त्यसैले मलाई मन पर्ने पुस्तकहरुको सुचिमा यो एक नम्बरमा पर्छ ।

प्रयोगशाला

कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माद्धारा लिखित पुस्तक प्रयोगशाला नेपालमा तत्कालिन समयमा शसस्त्र विद्रोह गरिरहेको माओवादीलाई केन्द्रमा राखेर लेखिएको पुस्तक हो । राजतन्त्र र भारतीय संस्थापनसँग माओवादीको उत्तार चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, प्रयोगशाला नेपाली राजनीतिको संक्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो । म आफैँ पनि राजनितिमा भएको कारणले मलाई यो पुस्तक पनि असाध्यै मन परेको थियो ।

सेतो धर्ती

अमर न्यौपानेद्वारा लिखित सेतो धर्ती पनि मैले पढेका पुस्तकहरु मध्ये एकदमै मन परेको पुस्तक हो । जीवनको उत्तारचढावको बारेमा यो पुस्तकमा राम्रोसँग लेखिएको छ । विगतको समयमा भएका कुरितीहरुलाई यसमा समेटिएको छ । न्यौपानेले एकल महिलाको गर्भ देखि मृत्यु प्रतिक्षाको समयमम्म्मको कथालाई उपन्यासको रुप दिएका छन् । यस पुस्तकले वि.सं २०६८ सालमा मदन पुरस्कार समेत जितेको थियो । पाठकहरुको लागि यो पुस्तक एउटा राम्रो सिफारिस हुन सक्छ ।

यो पनि पढ्नुहोस् ।
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,