English

कोरोनाका १० प्रजाति, कुन कति खतरा ?



दोश्रो लहरको कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि यतिबेला आम मानिसमा त्रास छ । कोरोना संक्रमित र मृतकको संख्या दिन प्रतिदिन बढीरहेको छ । २०१९ को डिसेम्बर अन्तिममा पहिलोपटक चीनको वुहान सहरमा फेला परेको कोरोना भाइरस हालसम्म विश्वका २ सय २० वटा देशमा पुगिसकेको छ ।

नेपालमा पनि कोरोना संक्रमित पुष्टि हुनेको संख्या ६ लाख कटिसकेको छ । यस्तै, ८ हजारभन्दा बढीको ज्यान गइसकेको छ । अहिले नेपालमा कोरोना घरघरमा पुगिसकेको चीनको वुहानस्थित थोङ्ची मेडिकल कलेजका फिजिसियन कन्सल्टेन्ट डा. रमेश आचार्य बताउँछन् ।

‘अहिले हावाबाट समेत कोरोना फैलिन थालेको छ,’ उनी भन्छन्, ‘यो कुरा मैले एक वर्षअघि नै भनिसकेको थिएँ, यदि यो नेपालमा आयो भने के होला ?’

नेपाल जस्तो नाराजुलुस भइरहने ठाउँमा यो भेरियन्ट आएमा यसले ठूलो दुर्घटना हुने उनको अनुमान छ ।

यी हुन् हालसम्म पुष्टि भएका कोरोनाका प्रजाति

कोरोना भाइरस सन्–२०१९ को डिसेम्बर अन्तिममा पहिलो पटक चीनको वुहान सहरमा देखिएको थियो । यो ब्राजिल, अमेरिका, बेलायत हुँदै विश्वभर नै फैलियो । समयक्रमसँगै यसका अन्य प्रजातिहरु पुष्टि हुन थाले । अहिलेसम्म विश्वमा १० वटा कोरोनाका भेरियन्ट पुष्टि भएका छन् । जसमध्ये भारतमा देखिएको डेल्टा (बी.१.६१७.२) लाई सबैभन्दा घातक मानिएको छ ।

कोरोनाको पहिलो भेरियन्ट अल्फा (बी.१.१.७) बेलायतमा देखिएको थियो । यो १८ डिसेम्बर सन् २०२० मा पत्ता लागेको हो । यो भेरियन्ट पनि अत्याधिक घातक भएको विज्ञहरुले जनाएका छन् । त्यस्तै १८ डिसेम्बर २०२० मै दक्षिण अफ्रिकामा बेटा (बी.१.३५१) भेरियन्ट पत्ता लाग्यो । यो भेरियन्ट पनि तीव्र गतिमा फैलिने क्षमताको रहेको वैज्ञानिकहरु पुष्टि गरेका छन् ।

यसैगरी, गामा (पी.१) भेरियन्ट ब्राजिलमा फेला परेको भेरियन्ट हो । यो ११ जनवरी २०२१ म पत्ता लागेको थियो । त्यस्तै ११ मे २०२१ मा भारतमा अर्को डेल्टा (बी.१.६१७.२) भेरियन्ट पत्ता लाग्यो ।

यो हालसम्मकै सबैभन्दा खतरनाक भेरियन्ट भएको डा. आचार्य बताउँछन् । यही भेरियन्ट यतिबेला नेपालमा तीव्र दरमा फैलिरहेको विज्ञहरु बताउँछन् ।

त्यस्तै, ५ मार्च २०२१ म अमेरिकामा इप्सिलन (बी.१.४२७, बी. १.४२९) भेरियन्ट देखिएको थियो । त्यस्तै ब्राजिलमा १७ मार्च २०२१ मा फेरि अर्को नयाँ भेरियन्ट देखिएको थियो । जसलाई वैज्ञानिकहरुले जिटा (पी.२) नामाकरण गरेका छन् ।

फिलिपिन्समा २४ मार्च २०२१ मा ठिटा (पी.३) भेरियन्ट देखिएको थियो । यसैगरी, २४ मार्च २०२१ मा अमेरिकामा पुन नयाँ भेरियन्ट देखियो । जसको नाम वैज्ञानिकले आयोटा (बी.१.५२६) राखेका छन् ।

भारतमा ४ अप्रिल २०२१ मा कप्पा (बी.१.६१७.१) नयाँ भेरियन्ट पुष्टि भएको थियो भने विभिन्न मुलुकमा १७ मार्च २०२१ मा नयाँ इटा (बी.१.५२५) भेरियन्ट देखिएको थियो ।

यो पनि पढ्नुहोस्
साल्ट ट्रेडिङको छुट बिहान मात्र
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान
गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध
असारदेखि होला त ‘लुज डाउन’ ?
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?
राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुस्
‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’
‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’, कति सुरक्षित ?
काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested