English

उस्तै गन्ध भएका मानिस प्राकृतिक रूपमा मिलनसार : अध्ययन



साइन्स एडभान्सेस जर्नलमा प्रकाशित एउटा नयाँ अध्ययनले शरीरको गन्ध उस्तै भएका मानिस साथीको रूपमा प्राकृतिकरूपमा मिलनसार र साथी बन्न सक्ने देखाएको छ ।

शरिरको गन्धको समानता अनुमान गर्न र साथीत्वको मूल्यांकन गर्न मानिस स्वंयमले ‘स्मेल’ गर्न सक्ने इजरायलको वेइजम्यान इन्स्टिच्युट अफ साइन्सका वैज्ञानिकहरूले परिकल्पना गरेका छन् । अध्ययनका प्रमुख लेखक इनबल राभ्रेबीका अनुसार मानिस बाहेकका स्थलीय स्तनधारी प्राणीले निरन्तर आफैं र एकअर्कालाई सुँघ्छन् र यसैको आधारमा को मित्र वा शत्रु पत्ता लगाउँछन् ।

अनुसन्धानकर्ताहरूले २२ देखि ३९ वर्षका गैर–रोमान्टिक र समलिंगी साथीहरूको २० जोडी (जसले आफूलाई पहिलो नजरमा साथी बनेको बताएका थिए)बाट नमूनाहरू संकलन गरेका थिए । सबै सहभागीहरूले उनीहरूको नमूनाहरूलाई प्रभाव पार्ने प्रदूषण वा बाहिरी कारकहरूलाई रोक्नको लागि कडा नियम पालना गर्नुपथ्र्यो ।

उनीहरूले आफूलाई दिइएको एउटा सफा कटनको टिसर्ट लगाउनु पथ्र्यो । त्यस्तै उनीहरूले स्पाइसी खानेकुरा त्याग्नुपथ्र्यो भने आफ्ना साथीसँग सुत्न पाउँदैनथे ।

वैज्ञानिकहरूले ‘इलेक्ट्रोनिक नोज’ले परीक्षण गर्दा ‘क्लिक फ्रेन्ड्स’ वा पहिलो नजरमा बनेका साथीको गन्ध गैर–मित्रबीचको गन्धको तुलनामा तथ्यांकीय रूपमा धेरै मिल्दो पाइएको थियो ।

यो पनि…
इन्टरनेटमा सर्वाधिक खोजिने गाउँ
एउटा रहस्यमय रुख



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested