English

जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप



क्याजुअलमा फरक लुक्स पाउन महिलाले टपसहित जिन्स, पलाजो, प्यान्ट आदि लगाउँछन् । किनभने टपमा स्टाइलिस देखिनुका साथै दिनभर सजिलै लगाउन पनि सकिन्छ । त्यसैले, स्टाइलिस देखिन चाहने महिलाहरू हरेक दिन नयाँ नयाँ टप लगाउँछन् ।

महिलाहरूले पोसाकमा विशेष ध्यान दिन्छन् । यदि, तपाईं पनि नयाँ स्टाइलिस टप खोज्दै हुनुहुन्छ भने यी पोसाक उपयुक्त हुन सक्छ ।

सर्ट क्रप टप

आजकल क्रप–टपहरू फेसन ट्रेन्डमा छ । त्यसैले, अधिकांश महिलाहरूले जिन्सदेखि प्लाजोसम्म सजिलै क्रप–टप लगाउँछन् । बजारमा सजिलैसँग धेरै प्रकारका क्रप टप डिजाइनहरू पाउनुहुनेछ तर, यदि तपाईं जिन्सको साथमा लगाउने टप खोज्दै हुनुहुन्छ भने, तपाईंले सर्ट क्रप टपहरू रोज्न सक्नुहुन्छ ।

स्लिभलेस टप

गर्मीमा धेरैजसो महिलाले गर्मीको महसुस नहुने र स्टाइलिस पनि देखिने छोटो र हल्का लुगा लगाउन मनपराउँछन् । यदि, तपाईं पनि यस्तै लुगाहरू खोज्दै हुनुहुन्छ भने, जिन्सको साथ स्लिभलेस टप लगाउन सक्नुहुन्छ ।

प्रिन्टेड टप

जिन्सको साथ प्रिन्टेड टप लगाउनु धेरै राम्रो हुन्छ । किनकि, आजकल प्रिन्टेड टप लगाउने चलन देखिएको छ । महिलाहरूले पनि जिन्सदेखि प्लाजोससम्म प्रिन्ट गरिएको टप मात्र लगाउँछन । बजारमा यस्ता धेरै प्रकारका डिजिटल प्रिन्टेड, जिन्ससहित फ्लोर प्रिन्ट टपहरू पाउनुहुनेछ ।

यो पनि…
गर्मीमा के-के खाने ?

जानौं ध्यानका लागि हात मुद्राहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested