English

धुमधामका साथ बाँदरको शवयात्रामा सहभागि गाउँले तनावमा



भारतको मध्यप्रदेशको एउटा गाउँमा एक रोचक तथ्य सार्वजनिक भएको छ । त्यहाँ एक बाँदरको अन्त्येष्टिमा करिब १ हजार ५ सय जना मानिस उपस्थित भई पूरा हर्षोल्लासका साथ अर्थी निकालेका थिए । तर, अहिले शवयात्रामा संलग्न सबैको नराम्रो दिन शुरु भएको छ ।

बाँदरको मुत्युले मानिसहरू हाल शोकमा

स्थानीय मिडिया रिर्पाेटका अनुसार मध्यप्रदेश निजगढ जिल्लाको दलपुरा गाउँमा एक बाँदर बारम्बार आउने गर्थो । गाउँलेहरू त्यो बाँदरलाई औधी माया गर्थे । रिर्पाेटका अनुसार २९ डिसेम्बरमा बाँदरको मुत्यु भएपछि गाउँलेहरू निकै दुःखी भएका थिए । सबै मिलेर हनुमानको प्रतीक भन्दै बाँदरलाई भव्यता र सम्मानका साथ खुसी भएर अन्तिम बिदाइ गर्ने निर्णय गरे ।

धुमधामका साथ शवयात्रा

बाँदरको मृत्युपछि चन्दा संकलन गरेर अन्तिम यात्रा निकालिएको थियो । यस क्रममा हनुमानसँग सम्बन्धित भजनसमेत गाएका थिए । त्यसलाई मसान घाट लगेर बाँदरलाई विधिपूर्वक अन्त्येष्टि गरे । अन्त्येष्टिपछि गाउँलेले मुत्यु भोजको समेत ठूलै आयोजना गरे । टेन्टमा करिब १५ सय मानिसले एक साथ बसेर खाना खाएका थिए ।

भोजमा सहभागी धेरैले कपाल खौरे

अन्त्येष्टिपछि गाउँलेले आयोजना गरेको मुत्यु भोजमा सहभागी भएका धेरैले बाँदरको शोकमा कपाल समेत खौरेका थिए ।

प्रशासनद्वारा मुद्दा दर्ता

बाँदरको धुमधामका साथ दाहसंस्कार भएको जानकारी आएपछि जिल्ला प्रशासनले उक्त गाउँलेविरुद्ध कोरोना प्रोटोकल उल्लंघन गरेको भन्दै प्रहरीले मुद्दा दर्ता गरी दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको कारबाहीले गाउँलेहरू डराएर यताउता भाग्दै लुकेका थिए ।

यो पनि
जहाँ खान्छन् माटोको मसला
यो समुदायको अनौठो चलन : अन्त्येष्टिपछि पिउने गर्छन् मृतकको खरानीको सुप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested