English

चिसोमा घाँटी खसखस गर्ने र स्वर बस्ने समस्याबाट कसरी बच्ने ?



  • डा. ढुण्डिराज पौडेल, नाक कान घाँटी रोग विशेषज्ञ

मौसम परिवर्तन भएसँगै थुप्रै मानिसहरूमा घाँटी खसखस गर्ने र स्वर बस्ने समस्या बढ्ने गर्छ । मुख्यतयाः भाइरल एवं ब्याक्टेरियल इन्फेक्सनको कारणले यस्तो समस्याहरू देखिने गर्छ । भाइरललगायत विभिन्न संक्रमण, खानेकुरा लगायतका रसायनको एलर्जीको कारण घाँटी दुख्ने तथा खस्खसाउने समस्या हुन्छ ।

चिसो बढेसँगै मानिसहरू चिसोबाट बच्नका लागि आगो बालेर झ्याल ढोका बन्द गरेर बस्छन् । जसले गर्दा धुँवाको कारणले पनि घाँटी खसखस गर्ने तथा स्वर बस्ने समस्या देखापर्छ । त्यसका साथै चिसो मौसममा वायु प्रदूषण बढ्ने भएकोले वायु प्रदूषणको कारणले पनि यस्ता समस्या बढ्ने गर्छन् ।

चिसोमा मौसम परिवर्तनको कारण लाग्ने रुघाखोकी तथा घाँटी दुख्ने समस्या ५ देखि ७ दिनमा आफैँ निको भएर जान्छ । तर, केही कुराहरूमा ध्यान दिइयो भने यो समस्या लाग्नै नदिन पनि सकिन्छ ।

कसरी बच्ने ?

जाडोमा बाहिरी तापक्रमसँग हाम्रो शरीरको तापक्रम नमिल्ने हुनाले विभिन्न स्वास्थ्य समस्याहरू देखिने गर्छन् । त्यसैले, चिसोबाट बच्नको लागि न्यानो कपडा लगाएर आफूलाई चिसोबाट बचाउनुपर्छ ।

यस्तै, बारम्बार मनतातो पानी पिउनुपर्छ । मनतातो पानी पिउनाले कफ जम्मा हुन पाउँदैन र घाँटी दुखाइ पनि कम गर्छ ।
चिसो मौसममा वायु प्रदूषण बढ्ने भएकोले धुँवा, धुलोबाट बच्न बाहिर निस्कँदा मास्कको प्रयोग गर्नुपर्छ ।

चिसो मौसममा खानामा पनि विशेष सावधानी आपनाउनुपर्छ । फ्रिजको वा अन्य कुनै पनि धेरै चिसो चिज सेवन गर्नु हुँदैन । सन्तुलित भोजन र भिटामिन ‘सी’ युक्त खानेकुराहरू जस्तैः कागती, सुन्तला तथा अन्य सिजनल फलफूलको सेवन गर्नुपर्छ ।

यी सबै सावधानी अपनाउँदा पनि समस्या कम नभएको अवस्थामा जथाभावी एन्टिबायोटिकको सेवन गर्नुहुँदैन । अस्पताल गएर चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।

यो पनि…
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?
यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested