English

यी हुन् चिसो मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय



काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । चिसो बढेसँगै र मौसम परिर्वतन हुँदा रुघाखोकी, दम, जोर्नी दुखाई जस्ता समस्या पनि बढ्दै जान्छन् । विशेष गरी बालबालिका, वृद्धवृद्धा, रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति तथा दिर्घरोगका बिरामीहरुलाई चिसोमा विभिन्न समस्या देखिन सक्छ । त्यसैले जाडो मौसममा कस्ता स्वास्थ्य समस्या देखिन्छन् र यसबाट कसरी बच्ने भन्ने विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अफिसर डा.जेनिस न्यौपानेको सुझाव यस्तो छ :

सामान्य रुघाखोकी

चिसो बढेसँगै रुघा, खोकीका बिरामीहरुको संख्या पनि बढ्छ । रुघाखोकी मौसमी फ्लु भएको हुनाले केही दिनपछि आफैँ निको हुन्छ । सामान्य ज्वरो पनि आएको खण्डमा सिटामोल तथा साइनेक्सको प्रयोग गर्न सकिन्छ । आफूलाई न्यानो राख्ने, तातो पानी पिउने र सिटामोलको तथा साइनेक्सको सेवनले पनि कम नभएको खण्डमा चिकित्सकको सल्लाह लिनुपर्छ । चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक्सको सेवन गरिहाल्नु हुँदैन ।

घाँटी तथा माथिल्लो स्वास नलिमा संक्रमण

चिसो मौसममा घाँटी तथा माथिल्लो स्वास नलिमा संक्रमण पनि देखिन्छ । स्वास नलिको संक्रमण, टन्सिलको संक्रमण, पिनाससँगै खोकी र खाना निल्न गाह्रो हुने जस्ता विभिन्न समस्याहरु पनि अन्य मौसमको तुलनामा चिसो मौससमा देखिने गर्छ । भाइरस इन्फेक्सनको कारणले यी समस्याहरु चिसोमा बढी देखिने गर्छ । यस्ता समस्याहरु भएको खण्डमा न्यानो कपडा लगाउने र तातो पानी पिउने र सामान्य खोकीको औषधि पनि सेवन गर्न सकिन्छ । यी कुराहरुमा ध्यान दिँदा पनि संक्रमण कम नभएर झ्न बढ्दै गएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

हाइपोथर्मिया

चिसो मौसममा अत्यन्त चिसो हुने ठाउँ तथा सित लहर चल्ने ठाउँका मानिसहरुलाई हाइपोथर्मिया पनि हुन सक्छ । शरीरको भित्री तापक्रम कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया भनिन्छ । जाडो मौसममा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर हाइपोथर्मिया हुन्छ । हाइपोथर्पिया भएको बिरामीले शरीरलाई तातो बनाउनुपर्छ । पर्याप्त मात्रामा न्यानो कपडा लगाउनु पर्छ र तातो झोलिलो खानेकुराहरु खानुपर्छ ।

दम (सिओपिडी तथा अस्थामा)

दमका बिरामीहरुले चिसो मौसममा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । यो रोगका बिरामीहरुमा चिसो मौसममा इन्फेक्सनहरु फैलिन र छातीको संक्रमण हुन सक्छ । जसले गर्दा अस्पताल नै भर्ना हुनु पर्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले दम भएका बिरामीले आफूलाई न्यानो राख्ने, तातो पानीको सेवन गर्ने, दमका लागि प्रयोग गर्दै आएको औषधि नियमित सेवन गर्नुपर्छ । र, चिकित्सकसँग निरन्तर सम्पर्कमा बस्नुपर्दछ ।

मुटुको समस्या

मुटुका बिरामीहरुले पनि चिसो मौसममा अलि विशेष ध्यान दिनुपर्छ । मुटुले शरीरलाई तातो बनाउनको लागि रगतको मात्रा शरीरमा पुर्याउनु पर्ने हुँदा मुटुलाई धेरै असर पर्ने हुन्छ र कहिले काँही हार्टअट्याकको समस्या पनि आउन सक्छ । तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ । त्यसैले मुटुका बिरामीहरुले धेरै चिसोमा हिड्नु हुँदैन र शरीरलाई तातो बनाएर राख्नु पर्छ ।

जोर्नी दुख्ने समस्या

चिसो मौसममा जोर्नीहरु दुख्ने समस्या पनि देखिने गर्छ विशेषगरि बाथ रोगका बिरामी र वृद्धवृद्धाहरुमा यो समस्या देखिन सक्छ । चिसोमा काम गर्दा तथा हिँड्डुल गर्दा हातखुट्टा दुख्ने तथा सुन्ने समस्याहरु हुन सक्छ । त्यसैले बाथ तथा जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुले चिसोबाट बच्नु पर्छ । चिसोमा बाहिर ननिस्कने र शरीरलाई न्यानो बनाएर राख्नुपर्छ ।

छालाको समस्या

जाडोमा चिसोका कारण देखिने विभिन्न समस्याहरु मध्ये छालाको समस्या पनि हो । विशेष गरी बाहिरी वायुको तापक्रम कम हुदै जाँदा सुख्खा वायुका कारण छाला सुख्खा हुन्छ । छाला सुक्खा हुने, चिलाउने, ओठ फुट्ने समस्या पनि जाडोमा धेरैलाई हुन्छ । छालालाई सुख्खा हुनबाट बचाउनको लागि भ्यास्लीन तथा अन्य मोस्चर्राजरको प्रयोग गर्न सकिन्छ । समस्याहरु एकदमै बढ्दै गएको छ भने छाला रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

चिसोबाट बच्न ध्यान दिनुपर्ने कुराहरु

– न्यानो कपडाहरु लगाउने ।
– पर्याप्त मात्रामा शारीरिक व्यायाम गर्ने
– मुटुका बिरामीहरुले जाडोमा धेरै शारीरिक काम नगर्ने । बिहान बेलुका धेरै चिसोमा घर बाहिर ननिस्कने
– स्वास्थ्य खानपानमा ध्यान दिनुपर्छ । तातो तथा झोलिलो कुराहरु प्रसस्त मात्रामा खाने
– धेरै चिसो र बासी खानेकुराहरु नखाने
– शरीर पुरै ढाक्ने खालको कपडाहरुको साथै मोजा, पन्जा र टोपी पनि लगाउने ।
– शरीर तथा कोठालाई न्यानो बनाउनको लागि कोइला बालेर ताप्ने पनि गरिन्छ तर त्यसको धुवाले निसास्सिने तथा सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु हुन सक्छ त्यसैले त्यो कुरामा पनि ध्यान दिनुपर्छ ।

यो पनि पढ्नुहोस् :
केडिसी अस्पतालमा ‘होलबडी’ चेकअप गर्दा १५ प्रतिशत छुट
नेपालमा अंगदान र चुनौती
यस्तो छ अंगदानको कानूनी प्रकिया
अंगदानलाई नागरिकको पहुँचमा पुर्याउन सरकारलाई सुझाव
नेपालमा दिर्घरोगका बिरामीको ग्राफ उकालो लाग्दै– २ वर्षयता कोरोना महामारी मूख्य कारक बन्दै
मधुमेह एक समस्या अनेक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,