English

केडिसी अस्पतालमा ‘होलबडी’ चेकअप गर्दा १५ प्रतिशत छुट



काठमाडौंको सामाखुशीस्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टरले ‘होलबडी’ चेकअपमा १५ प्रतिशतसम्म छुट प्याकेज घोषणा गरेको छ । अस्पतालले असोज १५ देखि कात्तिक मसान्तसम्मका लागि उक्त छुटमा होलबडी चेकअपको विभिन्न प्याकेज ल्याएको हो ।

अस्पतालले बालबालिका, वयस्क, वृद्धवृद्धा, महिला, पुरुष, मधुमेह र मुटुका बिरामीका लागि विशेष प्याकेज सार्वजनिक गरेको छ । जसमा बेसिक हेल्थ चेकअप प्याकेज पनि समावेश छ । उक्त प्याकेजको ३ हजार १ सय ६० रुपैयाँ शुल्क तोकिएको छ । जसअन्तर्गत चिकित्सक परामर्श, सिबिसी, सुगर, कोलेस्टेरोल, छातीको एक्स–रे, पिसाबको जाँच, एसजीओटी, एसजीपीटी, क्रेटिनिन, इसिजी र दाँतको जाँच हुने अस्पतालका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. बुद्धीमान श्रेष्ठले जानकारी दिए ।

यसैगरी, बालबालिका लागि हेल्थ चेकअप प्याकेज फर चिल्ड्रेन छ । जसको शुल्क ५ हजार ५० रुपैयाँ छ । यसअन्तर्गत बालबालिकाको सिबिसी, युरिया, क्रेटिनिन, प्रोटिन, सिए प्लस प्लस, फस्फोरस, अल्कालाइन फस्फाटेस, रक्तसमूह, एल्बुमिन, युरिन रुटिन, स्टुल रुटिन, आँखा परीक्षण, बालबालिकाको वृद्धिविकासका लागि परामर्श र दन्त परीक्षण हुनेछ ।

त्यस्तै, पुरुषको लागि जारी गरिएकोे प्याकेजको शुल्क १० हजार ५ सय ५० रुपैयाँ छ । जसमा चिकित्सक परामर्श, सिबिसी, युरिक एसिड, क्रेटिनिन, सोडियम, पोटासियम, रक्त समूह परीक्षण, सुगर, पीएसए, थाइरोइड, एएसटी, एएलटी, लिपिड प्रोफाइल, इसिजी, युएसजी, छातीको एक्स–रे, दिसा, पिसाब परीक्षण, इको र दन्त परीक्षण हुनेछ ।

मधुमेहका बिरामीका लागि जारी गरिएको प्याकेजको शुल्क ८ हजार ५० रुपैयाँ रहेको छ । जसअन्तर्गत चिकित्सक परामर्श, सुगर जाँच, एचबीए वन सी, सोडियम, पोटासियम, लिपिड प्रोफाइल, युरिया, क्रेटिनिन, सिबिसी, युरिन रुनिट, युरिन माइक्रो एल्बुमिन, इसिजी, इको र दन्त परीक्षण हुने डा. श्रेष्ठ बताउँछन् ।

यसैगरी, कार्डियो हेल्थ चेकअप अर्थात मुटु परीक्षण प्याकेजको ८ हजार ६ सय ५० रुपैयाँ शुल्क लाग्नेछ । जसमा चिकित्सक परामर्श, सिबिसी, सुगर फास्टिङ, क्रेटिनिन, लिपिड प्रोफाइल, इएसआर, थाइरोइड, एसजिओटी, एसजिपिटी, सोडियम, पोटासियम, युरिन रुटिन, इसिजी, इको र सिआर हुनेछ ।

त्यस्तै, पुरुषको लागि जारी गरिएकोे प्याकेजको शुल्क १० हजार ५ सय ५० रुपैयाँ छ । जसमा चिकित्सक परामर्श, सिबिसी, युरिक एसिड, क्रेटिनिन, सोडियम, पोटासियम, रक्त समूह परीक्षण, सुगर, पीएसए, थाइरोइड, एएसटी, एएलटी, लिपिड प्रोफाइल, इसिजी, युएसजी, छातीको एक्स–रे, दिसा, पिसाब परीक्षण, इको र दन्त परीक्षण हुनेछ ।

त्यस्तै, महिलाका लागि ल्याइएको प्याकेजमा चिकित्सकको परामर्श, सिबिसी, युरिक एसिड, क्रेटिनिन, सोडियम, पोटासियम, ब्लड सुगर, थाइरोइड, एएसटी, एएलटी, लिपिड प्रोफाइल, इसीजी, इको, अल्ट्रासाउन्ड, छातीको एक्सरे, युरिन सी/एस, युरिन रुटिन, स्टुल रुटिन, पीएपी स्मियर, स्त्री रोग परामर्श र दन्त परीक्षण हुनेछ । यो प्याकेजको शुल्क ११ हजार २ सय ५० रुपैयाँ रहेको छ ।

त्यसैगरी, वृद्धवृद्धाका लागि ल्याइएको प्याकेजको शुल्क पनि ११ हजार २ सय ५० नै छ । जसअन्तर्गत चिकित्सक परामर्श, सिबिसी, युरिक एसिड, क्रेटिनिन, एचबिए वन सी, रक्त समूह परीक्षण, थाइरोइड, पोटासियम, ब्लड सुगर, एएसटी, एएलटी, लिपिड प्रोफाइल, इसिजी, युएसजी, इको, छातीको एक्सरे, भिजन टेस्ट, युरिन आर/ई र दन्त परीक्षण लगायतलाई समेटिएको छ ।

आम नागरिकलाई स्वास्थ्यप्रति संवेदनशील र सचेत बनाउने उद्धेश्यले बेला–बेलामा अस्पतालले हेल्थ प्याकेज ल्याउने गरेको डा. श्रेष्ठ बताउँछन् । ‘हरेक मानिसले वर्षमा एकपटक होलबडी चेक अप गर्नैपर्छ,’ उनी भन्छन्, ‘जसले स्वास्थ्यमा आउन सक्ने गम्भीर समस्याबाट जोगाउँछ ।’

यो पनि पढ्नुहोस् :
नेपालमा अंगदान र चुनौती
यस्तो छ अंगदानको कानूनी प्रकिया
अंगदानलाई नागरिकको पहुँचमा पुर्याउन सरकारलाई सुझाव
नेपालमा दिर्घरोगका बिरामीको ग्राफ उकालो लाग्दै– २ वर्षयता कोरोना महामारी मूख्य कारक बन्दै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,