English

केडिसी अस्पतालमा ‘होलबडी’ चेकअप गर्दा १५ प्रतिशत छुट



काठमाडौंको सामाखुशीस्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टरले ‘होलबडी’ चेकअपमा १५ प्रतिशतसम्म छुट प्याकेज घोषणा गरेको छ । अस्पतालले असोज १५ देखि कात्तिक मसान्तसम्मका लागि उक्त छुटमा होलबडी चेकअपको विभिन्न प्याकेज ल्याएको हो ।

अस्पतालले बालबालिका, वयस्क, वृद्धवृद्धा, महिला, पुरुष, मधुमेह र मुटुका बिरामीका लागि विशेष प्याकेज सार्वजनिक गरेको छ । जसमा बेसिक हेल्थ चेकअप प्याकेज पनि समावेश छ । उक्त प्याकेजको ३ हजार १ सय ६० रुपैयाँ शुल्क तोकिएको छ । जसअन्तर्गत चिकित्सक परामर्श, सिबिसी, सुगर, कोलेस्टेरोल, छातीको एक्स–रे, पिसाबको जाँच, एसजीओटी, एसजीपीटी, क्रेटिनिन, इसिजी र दाँतको जाँच हुने अस्पतालका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. बुद्धीमान श्रेष्ठले जानकारी दिए ।

यसैगरी, बालबालिका लागि हेल्थ चेकअप प्याकेज फर चिल्ड्रेन छ । जसको शुल्क ५ हजार ५० रुपैयाँ छ । यसअन्तर्गत बालबालिकाको सिबिसी, युरिया, क्रेटिनिन, प्रोटिन, सिए प्लस प्लस, फस्फोरस, अल्कालाइन फस्फाटेस, रक्तसमूह, एल्बुमिन, युरिन रुटिन, स्टुल रुटिन, आँखा परीक्षण, बालबालिकाको वृद्धिविकासका लागि परामर्श र दन्त परीक्षण हुनेछ ।

त्यस्तै, पुरुषको लागि जारी गरिएकोे प्याकेजको शुल्क १० हजार ५ सय ५० रुपैयाँ छ । जसमा चिकित्सक परामर्श, सिबिसी, युरिक एसिड, क्रेटिनिन, सोडियम, पोटासियम, रक्त समूह परीक्षण, सुगर, पीएसए, थाइरोइड, एएसटी, एएलटी, लिपिड प्रोफाइल, इसिजी, युएसजी, छातीको एक्स–रे, दिसा, पिसाब परीक्षण, इको र दन्त परीक्षण हुनेछ ।

मधुमेहका बिरामीका लागि जारी गरिएको प्याकेजको शुल्क ८ हजार ५० रुपैयाँ रहेको छ । जसअन्तर्गत चिकित्सक परामर्श, सुगर जाँच, एचबीए वन सी, सोडियम, पोटासियम, लिपिड प्रोफाइल, युरिया, क्रेटिनिन, सिबिसी, युरिन रुनिट, युरिन माइक्रो एल्बुमिन, इसिजी, इको र दन्त परीक्षण हुने डा. श्रेष्ठ बताउँछन् ।

यसैगरी, कार्डियो हेल्थ चेकअप अर्थात मुटु परीक्षण प्याकेजको ८ हजार ६ सय ५० रुपैयाँ शुल्क लाग्नेछ । जसमा चिकित्सक परामर्श, सिबिसी, सुगर फास्टिङ, क्रेटिनिन, लिपिड प्रोफाइल, इएसआर, थाइरोइड, एसजिओटी, एसजिपिटी, सोडियम, पोटासियम, युरिन रुटिन, इसिजी, इको र सिआर हुनेछ ।

त्यस्तै, पुरुषको लागि जारी गरिएकोे प्याकेजको शुल्क १० हजार ५ सय ५० रुपैयाँ छ । जसमा चिकित्सक परामर्श, सिबिसी, युरिक एसिड, क्रेटिनिन, सोडियम, पोटासियम, रक्त समूह परीक्षण, सुगर, पीएसए, थाइरोइड, एएसटी, एएलटी, लिपिड प्रोफाइल, इसिजी, युएसजी, छातीको एक्स–रे, दिसा, पिसाब परीक्षण, इको र दन्त परीक्षण हुनेछ ।

त्यस्तै, महिलाका लागि ल्याइएको प्याकेजमा चिकित्सकको परामर्श, सिबिसी, युरिक एसिड, क्रेटिनिन, सोडियम, पोटासियम, ब्लड सुगर, थाइरोइड, एएसटी, एएलटी, लिपिड प्रोफाइल, इसीजी, इको, अल्ट्रासाउन्ड, छातीको एक्सरे, युरिन सी/एस, युरिन रुटिन, स्टुल रुटिन, पीएपी स्मियर, स्त्री रोग परामर्श र दन्त परीक्षण हुनेछ । यो प्याकेजको शुल्क ११ हजार २ सय ५० रुपैयाँ रहेको छ ।

त्यसैगरी, वृद्धवृद्धाका लागि ल्याइएको प्याकेजको शुल्क पनि ११ हजार २ सय ५० नै छ । जसअन्तर्गत चिकित्सक परामर्श, सिबिसी, युरिक एसिड, क्रेटिनिन, एचबिए वन सी, रक्त समूह परीक्षण, थाइरोइड, पोटासियम, ब्लड सुगर, एएसटी, एएलटी, लिपिड प्रोफाइल, इसिजी, युएसजी, इको, छातीको एक्सरे, भिजन टेस्ट, युरिन आर/ई र दन्त परीक्षण लगायतलाई समेटिएको छ ।

आम नागरिकलाई स्वास्थ्यप्रति संवेदनशील र सचेत बनाउने उद्धेश्यले बेला–बेलामा अस्पतालले हेल्थ प्याकेज ल्याउने गरेको डा. श्रेष्ठ बताउँछन् । ‘हरेक मानिसले वर्षमा एकपटक होलबडी चेक अप गर्नैपर्छ,’ उनी भन्छन्, ‘जसले स्वास्थ्यमा आउन सक्ने गम्भीर समस्याबाट जोगाउँछ ।’

यो पनि पढ्नुहोस् :
नेपालमा अंगदान र चुनौती
यस्तो छ अंगदानको कानूनी प्रकिया
अंगदानलाई नागरिकको पहुँचमा पुर्याउन सरकारलाई सुझाव
नेपालमा दिर्घरोगका बिरामीको ग्राफ उकालो लाग्दै– २ वर्षयता कोरोना महामारी मूख्य कारक बन्दै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested