English

अंगदानलाई नागरिकको पहुँचमा पुर्याउन सरकारलाई सुझाव



सरकारले अंगदानलाई मर्यादित, व्यवस्थित र आम नागरिकको पहुँचमा पुर्याउन निम्न बुँदाहरुमा ध्यान दिनुपर्ने आवश्वक ठानेको छु । प्रत्यारोपण चिकित्सकका नाताले सरकारलाई मेरो १३ बुँदे सुझाव यस्तो छ ।

१. अंग प्रत्यारोपण गर्नुपर्ने बिरामीहरुको सूची बनाएर राष्ट्रिय तथ्यांक तयार गर्ने ।

२. कुन अंगको लागि कति जनशक्ति आवश्यक पर्छ । विशेषगरी दक्ष डाक्टर र नर्सको तथ्यांक राख्ने ।

३. हरेक प्रदेशमा प्रत्यारोपण जनशक्ति भएको खण्डमा अस्पताल पहिचान गरेर प्रत्यारोपणको कार्य अघि बढाउने ।

४. प्रर्याप्त जनशक्ति पूर्वाधार नभएको खण्डमा छोटो र लामो समयावधिको योजनाका साथ कार्य गर्ने ।

५. प्रत्यारोपण सम्बन्धि कानूनलाई प्रोत्साहन गर्ने किसिमले सुधार गर्ने ।

६. अंग प्रत्यारोपणको विषयमा कानून बनाउँदा अधिकतम विज्ञहरुको सुझाव लिने । किनकी यसको दीर्घकालिन असर हुन्छ । २०७३ सालमा प्रत्यारोपण सम्बन्धी कानून परिमार्जन गरियो । त्यतिबेला नै कलेजो प्रत्यारोपणको विषयमा ध्यान दिएको भए नेपालमै दक्ष जनशक्तिको समूह बनाउन सकिन्थ्यो ।

७. सरकारले आममानिसको समेत धारणा बुझी प्रत्यारोपण कार्यलाई निष्पक्ष बनाउनु आवश्यक छ । यसका साथै काठमाडौँ उपत्यका बाहिरको दक्ष जनशक्तिलाई पनि उपयोगमा ल्याउनु पर्ने विषयमा गम्भिर हुनु जरुरी छ ।

८. मन्त्रालयमा रहेका प्रत्यारोपण समितिलाई सन्तुलित र समावेशी बनाउनुपर्छ ।

९. जीवित व्यक्तिबाट हुने अंगदान प्रक्रियालाई अझै व्यवस्थित गर्नुपर्छ । सरकारले आफ्नो नियन्त्रणमा राखेर प्रवद्र्धन गर्नुपर्छ । सरकारले काम नगरि अनावश्यक बन्देज लगाउनु हुँदैन ।

१०. मस्तिष्क मृत्युपश्चात हुने अंगदानका हकमा काठमाडौँ बाहिरका जनशक्ति पहिचान गरेर त्यसलाई प्रोत्साहन गर्न जरुरी छ । जसका लागि सिमित व्यक्तिहरुले निजी स्वार्थ त्याग्नु जरुरी छ ।

११. यस क्षेत्रमा लागेका प्रभावशाली व्यक्तिहरुले के बुझ्नु पर्छ भने एक्लो व्यक्तिले मात्र प्रत्यारोपण गर्न सक्दैन । अरुलाई अगाडि बढ्न सहयोगको खाँचो छ ।

१२. ‘अथोराइजेसन कमिटी’ लाई अझै सशक्त बनाउनुपर्छ । होइन भने, अंगको गैरकानुनी कारोबार बढ्छ ।

१३. ‘एचएलए’ नमिलेको अंगदाता र अंगग्रहणकर्ता भएको खण्डमा त्यसलाई अस्पताल बाहिरको समितिले निष्पक्ष हेर्नुपर्छ । एचएलए (Human Leucocytes Antigen) यो एक प्रकारको प्रोटिन हो जुन आमा र बुबाको सन्तानमा आधा–आधा आएको हुन्छ ।

नोट–सरकारले एउटा बिरामीलाई २ वर्ष डाइलोसिसमा खर्च गर्ने कुल रकमले मिर्गौला प्रत्यारोपण नै गर्न सकिन्छ । जसले सरकारलाई आर्थिकरुपमा फाइदा पुग्नुका साथै बिरामीको दिर्घकालीन उपचार हुनसक्छ । अब अंग प्रत्यारोपणलाई मर्यादित, व्यवस्थित र आम नागरिकको पहुँचमा पुर्याउन सरकारले ठोस नीति नियम बनाउनु आवश्यक छ ।

चिकित्सक प्रवीन जोशीद्धारा लिखित अन्य सामाग्री
नेपालमा अंगदान र चुनौती
यस्तो छ अंगदानको कानूनी प्रकिया



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested