English

मधुमेह एक समस्या अनेक

नेशनल न्यूरो सेन्टरद्वारा मधुमेहबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

असन्तुलित खानपान, बिलासी जीवनशैली, जनचेतनाको अभाव जस्ता कुराले आमनेपाली विभिन्न रोगको सिकार बनिरहेका छन् । यसैमध्येको एक हो – मधुमेह । यसलाई सामान्य बोलिचालीको भाषामा ‘सुगर’ अर्थात चिनी रोग भनेर पनि चिनिन्छ ।

भोक लागिरहने, पटक–पटक पिसाब लाग्ने, शरीर कमजोर हुने, बढी तिर्खा लाग्ने, पिसाब नली तथा योनांगमा संक्रमण हुने, हातखुट्टा झम्झमाउने, यौन शक्तिमा कमी आउने, घाउ–खटिरा आउने तर छिटो निको नहुने, दृष्टि धमिलो हुने लगायत मधुमेहका लक्षण हुन् । यी लक्षणबारे आममानिसलाई जानकारी नहुँदा धेरैले अकालमा ज्यान समेत गुमाएका छन् ।

आज विश्व मधुमेह दिवस हो । यसै अवसरमा महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टरले मधुमेहबारे सचेतना फैलाउने उद्धेश्यसहित एक कार्यक्रमको आयोजना गर्यो । मधुमेहलाई समयमै नियन्त्रण नगर्दा यसले शरीरका अन्य अंगमा समेत हानी पुर्याउने भएकाले बेलैमा सचेत हुनुपर्ने सेन्टरका कन्सल्टेन्ट फिजिसियन डा. अविषेकमान श्रेष्ठले बताए ।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं ३ का वडाध्यक्ष दिपक केसीले विश्व मधुमेह दिवसको अवसर पारेर सेन्टरले जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । यस्ता कार्यक्रमले आमनागरिकलाई सचेत बनाउने विश्वास व्यक्त गरे । ‘कुनै दिवसको दिनमा मात्र होइन हरेक दिन यस्ता जनचेतना मुलक कार्यक्रम हुनुपर्छ,’ उनले भने, ‘अनिमात्र आमनागरिकले यसबारे प्रष्ट बुझ्छन् ।’

सेन्टरका कन्सल्टेन्ट न्युरोलोजिष्ट डा. सुमन भट्टराईले मधुमेह र न्युरोलोजीको सम्बन्ध के छ ? भन्ने बारे अझै पनि मानिसहरु अनविज्ञ रहेको बताए । ‘मधुमेहले गर्दा स्नायुसम्बन्धि समस्या पनि हुन सक्छ भन्ने कमैलाई जानकारी छ,’ उनले भने, ‘मधुमेह अर्थात् सुगर नियन्त्रण नुहँदा प्यारालाइसिस, नसा झमझमाउने, साना नसाहरु सुक्दै जाने समस्या हुनसक्छ ।’ त्यसैले यस्ता नसा सम्बन्धि समस्याबाट बच्न मधुमेहलाई समयमै नियन्त्रण गर्नु पर्नेमा उनले जोड दिए ।

मधुमेह बढाउने प्रमुख कारण जंक फुड हो । यसलाई नियन्त्रण गर्न सरकारसँग सम्बद्ध निकायसँग सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सेन्टरलाई केसीले सुझाए । साथै, महानगर त्यसमा प्रतिवद्ध रहेको समेत बताए । ‘रोग लागेका बिरामीलाई सहयोग रकम उपलब्ध गराउनु भन्दा रोग नै लाग्न नदिन जनचेतनामूलक कार्यक्रम आयोजना गरौं,’ उनले भने ।

सेन्टरका कन्सल्टेन्ट न्युरोलोजिष्ट डा. सुमन भट्टराईले मधुमेह र न्युरोलोजीको सम्बन्ध के छ ? भन्ने बारे अझै पनि मानिसहरु अनविज्ञ रहेको बताए । ‘मधुमेहले गर्दा स्नायुसम्बन्धि समस्या पनि हुन सक्छ भन्ने कमैलाई जानकारी छ,’ उनले भने, ‘मधुमेह अर्थात् सुगर नियन्त्रण नुहँदा प्यारालाइसिस, नसा झमझमाउने, साना नसाहरु सुक्दै जाने समस्या हुनसक्छ ।’ त्यसैले यस्ता नसा सम्बन्धि समस्याबाट बच्न मधुमेहलाई समयमै नियन्त्रण गर्नु पर्नेमा उनले जोड दिए ।

मधुमेह भएको कसरी थाहा पाउने ?
सामान्य अवस्थामा ७० देखि १ सय १० सम्म सुगर छ भने त्यो नर्मल हुन्छ । तर, १ सय २६ भन्दा निरन्तर माथि सुगरको लेबल रह्यो भने त्यसलाई मधुमेह भनिन्छ । प्यारालाईसिस हुने विभिन्न कारणहरु मध्ये मधुमेह पनि प्रमुख कारण भएकाले यसलाई नियन्त्रणमा राख्नुपर्ने डा. श्रेष्ठले बताए । ‘अहिले मधुमेहका बिरामीको संख्या बढ्नुको कारण अस्वस्थकर खाना र व्यायामको कमी हो ।’ उनी भन्छन् ‘बेलैमा सचेत भएर हामीले आफ्नो जीवनशैलीमा परिवर्तन गर्यौं भने मधुमेह र यस्को कारण विभिन्न अंगहरुमा पर्ने क्षतीलाई कम गर्न सकिन्छ ।’

यस्तो हुन्छ मधुमेहको असर
मधुमेहले मिर्गौला, कलेजो, मुटु, आँखालगायतका महत्वपूर्ण अंगमा ठूलो असर गर्न सक्ने भएकाले मधुमेह हुनबाट जोगिन आवश्यक रहेको डा. भट्राईले बताए । ‘यसलाई नियन्त्रण गर्न जंकफुडको सेवन कम गर्नुपर्छ र दैनिक व्यायाम गर्नु पर्छ,’ उनले भने, ‘मधुमेह वंशाणुगत हुने भएकाले परिवारका सदस्य कसैमा मधुमेह छ वा छैन जाँच गराउनुपर्छ ।’
कार्यक्रममा विभिन्न विधाका विषयविज्ञ चिकित्सक, नर्स, जनप्रतिनिधि लगायत ५० जनाभन्दा बढीको सहभागिता थियो । सहभागि सबैको सेन्टरले निःशूल्क सुगर परीक्षण गरेको थियो ।

यो पनि पढ्नुहोस् :
केडिसी अस्पतालमा ‘होलबडी’ चेकअप गर्दा १५ प्रतिशत छुट
नेपालमा अंगदान र चुनौती
यस्तो छ अंगदानको कानूनी प्रकिया
अंगदानलाई नागरिकको पहुँचमा पुर्याउन सरकारलाई सुझाव
नेपालमा दिर्घरोगका बिरामीको ग्राफ उकालो लाग्दै– २ वर्षयता कोरोना महामारी मूख्य कारक बन्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,