English

के हो होलबडी चेकअप ? कुन अस्पतालमा कति लाग्छ खर्च ?



होल बडी चेकअप अर्थात पूर्ण शरीर जाँच । यसको महत्वका बारेमा अझै पनि थुप्रै नेपाली अनविज्ञ छन् । स्वास्थ्यबारे जानकार तथा चिकित्सकहरुले वर्षमा एकपटक होल बडी चेकअप गर्नुपर्ने सुझाउँछन् । यद्यपि, आर्थिक भार, सरकारी अस्पतालको बेथिति, निजी अस्पतालमा चर्को शुल्कका कारण आममानिससम्म यसको पहुँच पुग्न सकेको छैन ।

कोरोना महामारीपछि मानिसहरुमा स्वास्थ्य सचेतना केही हदसम्म बढेको छ । शरीरमा सामान्य समस्या देखिएपनि अस्पताल वा चिकित्सकको सम्पर्कमा पुग्छन् । यसले पनि पछिल्लो समय होल बडी चेकअप गर्नेहरुको संख्यामा पनि वृद्धि हुँदै गएको अस्पतालहरुको तथ्यांकले देखाउँछ । तैपनि त्यो सन्तोषजनक भने छैन । यसलाई बिस्तार गर्न र यसप्रति आकर्षण गर्ने उद्धेश्यले अस्पतालहरुले पनि होल बडी चेकअपबारे विभिन्न प्याकेजको घोषणा गर्दै आएका छन् ।


के हो होल बडी चेकअप ?

होलबडी चेकअप गर्दा सामान्यतया मानिसमा चाँडो सम्भावित ठूला रोगबारे पूर्व जानकारी हुने गर्दछ । होलबडीमा मुटु, कलेजो, फोक्सो, मृगौला, छातीको भिडियो एक्सरे गरिन्छ । साथै, रगत, दिसा, पिसाबलगायतका सम्पूर्ण परीक्षण गरिन्छ । दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो तथा कलेजोको अवस्था पत्ता लाग्छ । परीक्षणपछि के–के कुरामा सावधानी अपनाउने भनेर डाक्टरहरुले सुझाव दिन्छन् ।

कुन अस्पतालमा कति छ शुल्क ?

पाटन अस्पताल, ललितपुर

पाटन अस्पतालमा होल बडी चेकअपका लागि २ वटा प्याकेज रहेको छ । एउटा प्याकेज ४ हजार ३ सय र अर्को १२ हजार ३ सय रुपैयाँ तोकिएको छ । पहिलो प्याकेजमा ब्लड, सिबिसी, स्टुल, युरिन, युरिया, ग्लुकोज, इसीजी, अल्ट्रासाउन्ड आदि समावेस हुन्छ । दोस्रो प्याकेजमा भने मुटु सम्बन्धि विस्तृत रुपमा परीक्षण र अन्य परिक्षण पर्ने अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा अन्य निजी अस्पतालको तुलनामा कम शुल्क पर्छ । यहाँ पूर्ण शरीर स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ९०० सय रुपैँया शुल्क लाग्छ । तर, यदि छिटो रिर्पोट लिन चाहने हो भने सो प्याकेजको मूल्य ३ हजार ४ सय पर्न आउँछ । यस प्याकेज भित्र चिकित्सक परामर्श, सिबिसी, सुगर, कोलेस्टेरोल, छातीको एक्स–रे, पिसाबको जाँच, एसजीओटी, एसजीपीटी, क्रेटिनिन, इसिजी आदि पर्दछन् ।

मनमोहन मेमोरियल अस्पताल, स्वयम्भु

मनमोहन मेमोरियल अस्पतालमा होलबडी चेकअप प्याकेजलाई २ भागमा विभाजन गरिएको छ । जनरल प्याकेज र स्पेसल प्याकेज । जनरल प्याकेजका लागि २ हजार ७ सय शुल्क लाग्छ भने स्पेसलको लागि ५ हजार ८ सय रुपैयाँ लाग्छ । यसअन्तर्गत चिकित्सक परामर्श, सुगर जाँच, एचबीए वन सी, सोडियम, पोटासियम, लिपिड प्रोफाइल, युरिया, क्रेटिनिन, सिबिसी, युरिन रुनिट, युरिन माइक्रो एल्बुमिन, इसिजी, इको लगाएको परीक्षण गरिन्छ ।

सिभिल अस्पताल, नयाँ बानेश्वर

सिभिल अस्पतालले होलबडी जाँचका लागि ३ हजार ३ सय रुपैयाँदेखि ४ हजार ७ सय रुपैयाँसम्म तोकेको छ । चार समूहमा विभाजन गरी प्याकेजका रूपमा होल बडी चेकअप गर्दै आएको अस्पतालले जनाएको छ । जनरल रुपमा होल बडी चेकअप गर्दा ब्लड, इसिजि, एक्सरे, थाइरोइड, ब्लड सुगर, युरिक एसिड लगायतका कुराहरु समावेस हुन्छन् ।

नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल, अत्तरखेल, जोरपाटी

जोरपाटीस्थित नेपाल मेडिकल कलेजले तीन वटा होलबडी चेकअप प्याकेजको सुविधा दिँदै आएको छ । होलबडी चेकअपका लागि ५ हजारदेखि ३२ हजारसम्म रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ ।

काठमाडौँ मेडिकल कलेज, सिनामंगल

काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालले होल बडी चेकअपमा २ वटा प्याकेजबाट सेवा दिँदै आएको छ । जसमा सामान्य स्वास्थ्य जाँच र मुटु परीक्षणसहितको प्याकेज रहेको अस्पताल जनाएको छ । यी प्याकेजबाट चेकअप गराउँदा ६ हजार देखि १० हजार रुपैयाँ खर्च लाग्नेछ ।

हेल्पिङ हेन्डस् कम्युनिटी हस्पिटल, चाबहिल

चाबहिलस्थित हेल्पिङ हेन्डस् कम्युनिटी हस्पिटलमा होलबडी जाँचको लागि ७ हजार १ सय रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ । जस अन्र्तगत छातीको एक्स –रे, ईसिजी, टीसी, डीसी, ईएसआर, एचबी, मूत्र आर/ई, मल, युरिकएसिड लगायत जाँच गराउन सकिनेछ ।

बी एण्ड बी अस्पताल, ग्वार्को ललितपुर

बी एण्ड बी अस्पतालमा पूण शरीर स्वास्थ्य परीक्षणलाई दुई समूहमा छुट्याइएको छ । पहिलो समूह अन्तर्गत जर्नल चेकअपका लागि ५ हजार ५ सय रुपैयाँ लाग्छ । यो समूहमा जनरल फिजिसियनले सल्लाह अनुसार अन्य केही चेकअप पनि थप गरिन्छ । दोस्रो समूहको परीक्षणलाई गोल्ड हेल्थ चेकअप भनिन्छ । जसको खर्च २१ हजार रुपैयाँ लाग्छ । जसमा जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र डाइटिसिन लगायतले सुझाव दिन्छन् ।

वयोधा अस्पताल, बल्खु, काठमाडौं

वयोधा अस्पतालले होलबडी चेकअपलाई ६ समूहमा बाँडेको छ । महिला तथा पुरुषको लागि छुट्टै–छुट्टै प्याकेज रहेको छ । होलबडी स्वास्थ्य परीक्षण गर्दा जनरल चेकअपको शूल्क ५ हजार ५ सय बाट सुरु हुन्छ । एड्भान्स को १३ हजार रहेको छ । पहिले जनरल परीक्षण गरेर डाक्टरले रिपोर्ट हेरेपछि अन्य परीक्षण आवश्यक पर्यो भने मात्र अन्य थप गरिन्छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा, काठमाडौँ

टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सामान्यदेखि विशिष्ट प्रकृतिका होलबडी चेक गर्दै आएको छ । यहाँ होल बडी चेकअपका लागि १० वटा प्याकेज छन् । जसको २ हजारदेखि २२ हजार रुपैयाँसम्म खर्च लाग्छ । २ हजारमा रगत तथा युरिनको परीक्षण सँगै मुटु, मिर्गौलाको पनि सामान्य चेकजाँच हुने गर्छ । २२ हजारको प्याकेजमा प्रत्येक अंगको विस्तृत रुपमा परिक्षण गरिन्छ ।

नेपाल मेडिसिटि अस्पताल, नख्खु, ललितपुर

मेडिसिटी अस्पतालले होलबडी चेकअपको लागि ५ हजार ३ सय देखि २३ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ । जसमा बेसिक स्ट्यान्डर्ड हेल्थ चेकअपको लागि ५ हजार ३ सय रुपैँया लाग्छ भने । एडभास्ड हेल्थ चेकअपको लागि २३ हजार रुपैयाँ लाग्छ ।

नर्भिक अन्तर्राष्ट्रिय हस्पिटल, थापाथली

नर्भिक हस्पिटलले नौ विधामा होलबडी चेकअपको सुविधा दिँदै आएको छ । जसमा ‘मेन हेल्थ’, ‘पोस्टकोभिड चेकअप’, ‘वुमन हेल्थ’, ‘वुमन प्रोग्रेसिप’, ‘हार्ट हेल्थ’, ‘डाइबिटिज’, ‘अर्थेटिस’ ‘बोन हेल्थ’ र ‘लिभर हेल्थ’ रहेका छन् । प्रदान गर्ने सेवा सुविधा हेरेर, महिला र पुरुषको जाँचको लागि लाग्ने खर्च फरक–फरक हुने अस्पतालले जनाएको छ ।

होलबडी चाँजका लागि कम्तिमा ३ हजार रुपैयाँ र बढीमा २० हजार ४ सय ५७ रुपैयाँ लाग्ने हस्पितलकी कस्टुमर सर्भिस पुर्णी राईले जनाइन् । उनका अनुसार प्याकेज अनुसार जाँचको खर्चमा केही तलमाथि पर्न सक्छ ।

मेडिकेयर अस्पताल, चाबहिल

मेडिकेयर अस्पतालले सामान्य स्वास्थ्य जाँचको सुविधा दिँदै आएको छ । यसमा छातीको एक्स–रे, ईसिजी, टीसी, डीसी, ईएसआर, एचबी, मूत्र आर/ई, मल, युरिक एसिड लगायत जाँच गराउन सकिने अस्पतालले जनाएको छ । यी सामान्य स्वास्थ्य जाँचको लागि बिहान खाली पेटमा गराउनु पर्नेछ । जसका लागि ७ हजार रुपैयाँ खर्च लाग्ने अस्पतालका फ्रन्ट अफिसर दिवाकार पोखरेलले जनाए ।

सुमेरु हस्पिटल, धापाखेल

धापाखेलस्थित सुमेरु अस्पतालमा ईसीजी, ईएसआर, ब्लड ग्रुप, फास्टिङ, छातिको एक्स– रे, एचबी, मूत्र आर÷ई, मल, युरिक एसिड जाँचहरु गराउन सकिन्छ । यहाँ पुरुषको जाँचलाई ८ हजार ७ सय ६३ रुपैयाँ, महिलालाई ९ हजार ७ सय ३० रुपैयाँ खर्च लाग्ने हस्पिटलले जनाएको छ ।

ह्याम्स अस्पताल, धुमब्राराही

ह्याम्स अस्पतालले होलबडी जाँचका लागि ७ वटा प्याकेज उपलब्ध गराउँदै आएको छ । जसमा अन्र्तगत ‘बेसिक हेल्थ’, ‘स्ट्यान्डर’, ‘कम्प्रहेन्सिभ’ ‘हेल्दी हार्ट’ ‘वेमन हेल्थ’ ‘एक्जुकेटिभ’ र ‘सिनियर हेल्थ’ रहेका छन् । जसको खर्च क्रमशः १ हजार ९ सय २० रुपैयाँ, ५ हजार २ सय, ९ हजार ९ सय, ५ हजार ५ सय देखि ९ हजार ४ सय (उमेर र महिला पुरुष हेरेर), १० हजार ५ सय , २४ हजार र १४ हजार ५ सय रुपैयाँ छ ।

अन्नपूर्ण न्युरो अस्पताल, माइतीघर

माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा जनरल हेल्थ चेकअप र कार्डियोलोजी चेक गर्नका लागि ४ हजार रुपैयाँ, अर्थोपेडिकका लागि ५ हजार ५ सय रुपैयाँ, एक्सकुल्टिभ (महिला र पुरुष) का लागि १०–१० हजार रुपैयाँ लाग्नेछ । यसका साथै भास्कुलरका प्याकेजमा ५ हजार रुपैयाँ र वुमन हेल्थ चेकअपमा ४ हजार खर्च हुने अस्पतालले जनाएको छ । अन्य अस्पताल भन्दा फरक यस अस्पतालमा ब्रेन चेकअप प्याकेज पनि रहेको छ । जसमा प्याकेज १ र २ गरी वर्गीकरण गरिएको छ । जसको लागि पहिलोमा २० हजार र दोस्रोमा २५ हजार रुपैयाँ खर्च लाग्ने जनाइएको छ ।

काठमाडौं मेट्रो अस्पताल, महाराजगञ्ज

मेट्रो अस्पतालले तीन वटा होलबडी प्याकेजको सुविधा दिँदै आएको छ । जसमा जनरल हेल्थ चेकअपका लागि ४ हजार ५ सय, डाईबिटिज प्याकेजको ८ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । सिएससी (कम्पिलिट हेल्थ चेकअप) यसमा होलबडी चेकअप गरिन्छ । यो चेकअपको लागि १७ हजार ५ सय रुपैयाँ खर्च लाग्ने जनाएको छ ।

अल्का हस्पिटल, जावलाखेल

अल्का हस्पिटलले होलबडी चेकअपका लािग वुमन हेल्थ, कम्प्रहेन्सिभ, कम्प्रहेन्सिभ कार्डिक, स्ट्यान्डर कार्डिक, किड्नी लगायत २० वटा प्याकेजको सुविधा दिँदै आएको छ । यी प्याकेजहरुबाट सेवा लिन कम्तिमा ३ हजार रुपैयाँ र बढीमा १६ हजार खर्च लाग्नेछ ।

ग्रीन सिटी अस्पताल, बसुन्धारा

ग्रीन सिटी अस्पतालमा होलबडी चेक जाँचलाई ५ भागमा विभाजन गरिएको छ । पहिलो ग्रुप ‘ए’ मा एक्सकुल्सिभ चेकअप प्याकेज पर्छ । जस्को शुल्क १० हजार दुई सय रुपैयाँ रहेको छ । ग्रुप ‘बी’ कम्प्रेहेन्सिभ मेडिकल चेकअप प्याकेज छ । जसको मुल्य ८ हजार ७ सय ६० रुपैयाँ पर्छ । ग्रुप ‘सी’ मा कम्प्रिहेन्सिभ कार्डिक चेकअप प्याकेज छ । जसको मूल्य ७ हजार ५ सय ३० रुपैयाँ पर्न जान्छ भने ग्रुप डी जनरल हेल्थ चेकअपमा ३ हजार ५ सय ७० रुपैयाँ शुल्क लाग्ने अस्पतालले जनाएको छ ।

ब्लुक्रस हस्पिटल, त्रिपुरेश्वर

ब्लुक्रस हस्पिटलले होलबडी चेकअपलाई ३ भागमा विभाजन गरेको छ । स्ट्यान्डर्ड चेकअप, एक्जुकेटिभ चेकअप र स्पेसल वुमन चेकअप पर्दछ । जसअन्तर्गत चिकित्सक परामर्श, सिबिसी, सुगर, कोलेस्टेरोल, छातीको एक्स–रे, पिसाबको जाँच, एसजीओटी, एसजीपीटी, क्रेटिनिन, इसिजी आदि परीक्षणहरु गरिन्छ । स्ट्यान्डर्ड चेकअपको लागि ४ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ भने एक्जिकेटिभ चेकअपको लागि १२ हजार ७ सय ६० रुपैँया शुल्क पर्दछ । स्टयान्र्डड चेकअपको भन्दा विस्तृत रुपमा चेकअप गर्ने भएर एक्जिकेटिभको शुल्क बढी पर्न जान्छ । त्यस्तै स्पेसल वुमन हेल्थ चेकअपको लागि ८ हजार ८ सय शुल्क लाग्ने अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस् :
केडिसी अस्पतालमा ‘होलबडी’ चेकअप गर्दा १५ प्रतिशत छुट
नेपालमा अंगदान र चुनौती
यस्तो छ अंगदानको कानूनी प्रकिया
अंगदानलाई नागरिकको पहुँचमा पुर्याउन सरकारलाई सुझाव
नेपालमा दिर्घरोगका बिरामीको ग्राफ उकालो लाग्दै– २ वर्षयता कोरोना महामारी मूख्य कारक बन्दै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested