English

के हो होलबडी चेकअप ? कुन अस्पतालमा कति लाग्छ खर्च ?



होल बडी चेकअप अर्थात पूर्ण शरीर जाँच । यसको महत्वका बारेमा अझै पनि थुप्रै नेपाली अनविज्ञ छन् । स्वास्थ्यबारे जानकार तथा चिकित्सकहरुले वर्षमा एकपटक होल बडी चेकअप गर्नुपर्ने सुझाउँछन् । यद्यपि, आर्थिक भार, सरकारी अस्पतालको बेथिति, निजी अस्पतालमा चर्को शुल्कका कारण आममानिससम्म यसको पहुँच पुग्न सकेको छैन ।

कोरोना महामारीपछि मानिसहरुमा स्वास्थ्य सचेतना केही हदसम्म बढेको छ । शरीरमा सामान्य समस्या देखिएपनि अस्पताल वा चिकित्सकको सम्पर्कमा पुग्छन् । यसले पनि पछिल्लो समय होल बडी चेकअप गर्नेहरुको संख्यामा पनि वृद्धि हुँदै गएको अस्पतालहरुको तथ्यांकले देखाउँछ । तैपनि त्यो सन्तोषजनक भने छैन । यसलाई बिस्तार गर्न र यसप्रति आकर्षण गर्ने उद्धेश्यले अस्पतालहरुले पनि होल बडी चेकअपबारे विभिन्न प्याकेजको घोषणा गर्दै आएका छन् ।


के हो होल बडी चेकअप ?

होलबडी चेकअप गर्दा सामान्यतया मानिसमा चाँडो सम्भावित ठूला रोगबारे पूर्व जानकारी हुने गर्दछ । होलबडीमा मुटु, कलेजो, फोक्सो, मृगौला, छातीको भिडियो एक्सरे गरिन्छ । साथै, रगत, दिसा, पिसाबलगायतका सम्पूर्ण परीक्षण गरिन्छ । दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो तथा कलेजोको अवस्था पत्ता लाग्छ । परीक्षणपछि के–के कुरामा सावधानी अपनाउने भनेर डाक्टरहरुले सुझाव दिन्छन् ।

कुन अस्पतालमा कति छ शुल्क ?

पाटन अस्पताल, ललितपुर

पाटन अस्पतालमा होल बडी चेकअपका लागि २ वटा प्याकेज रहेको छ । एउटा प्याकेज ४ हजार ३ सय र अर्को १२ हजार ३ सय रुपैयाँ तोकिएको छ । पहिलो प्याकेजमा ब्लड, सिबिसी, स्टुल, युरिन, युरिया, ग्लुकोज, इसीजी, अल्ट्रासाउन्ड आदि समावेस हुन्छ । दोस्रो प्याकेजमा भने मुटु सम्बन्धि विस्तृत रुपमा परीक्षण र अन्य परिक्षण पर्ने अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा अन्य निजी अस्पतालको तुलनामा कम शुल्क पर्छ । यहाँ पूर्ण शरीर स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ९०० सय रुपैँया शुल्क लाग्छ । तर, यदि छिटो रिर्पोट लिन चाहने हो भने सो प्याकेजको मूल्य ३ हजार ४ सय पर्न आउँछ । यस प्याकेज भित्र चिकित्सक परामर्श, सिबिसी, सुगर, कोलेस्टेरोल, छातीको एक्स–रे, पिसाबको जाँच, एसजीओटी, एसजीपीटी, क्रेटिनिन, इसिजी आदि पर्दछन् ।

मनमोहन मेमोरियल अस्पताल, स्वयम्भु

मनमोहन मेमोरियल अस्पतालमा होलबडी चेकअप प्याकेजलाई २ भागमा विभाजन गरिएको छ । जनरल प्याकेज र स्पेसल प्याकेज । जनरल प्याकेजका लागि २ हजार ७ सय शुल्क लाग्छ भने स्पेसलको लागि ५ हजार ८ सय रुपैयाँ लाग्छ । यसअन्तर्गत चिकित्सक परामर्श, सुगर जाँच, एचबीए वन सी, सोडियम, पोटासियम, लिपिड प्रोफाइल, युरिया, क्रेटिनिन, सिबिसी, युरिन रुनिट, युरिन माइक्रो एल्बुमिन, इसिजी, इको लगाएको परीक्षण गरिन्छ ।

सिभिल अस्पताल, नयाँ बानेश्वर

सिभिल अस्पतालले होलबडी जाँचका लागि ३ हजार ३ सय रुपैयाँदेखि ४ हजार ७ सय रुपैयाँसम्म तोकेको छ । चार समूहमा विभाजन गरी प्याकेजका रूपमा होल बडी चेकअप गर्दै आएको अस्पतालले जनाएको छ । जनरल रुपमा होल बडी चेकअप गर्दा ब्लड, इसिजि, एक्सरे, थाइरोइड, ब्लड सुगर, युरिक एसिड लगायतका कुराहरु समावेस हुन्छन् ।

नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल, अत्तरखेल, जोरपाटी

जोरपाटीस्थित नेपाल मेडिकल कलेजले तीन वटा होलबडी चेकअप प्याकेजको सुविधा दिँदै आएको छ । होलबडी चेकअपका लागि ५ हजारदेखि ३२ हजारसम्म रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ ।

काठमाडौँ मेडिकल कलेज, सिनामंगल

काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालले होल बडी चेकअपमा २ वटा प्याकेजबाट सेवा दिँदै आएको छ । जसमा सामान्य स्वास्थ्य जाँच र मुटु परीक्षणसहितको प्याकेज रहेको अस्पताल जनाएको छ । यी प्याकेजबाट चेकअप गराउँदा ६ हजार देखि १० हजार रुपैयाँ खर्च लाग्नेछ ।

हेल्पिङ हेन्डस् कम्युनिटी हस्पिटल, चाबहिल

चाबहिलस्थित हेल्पिङ हेन्डस् कम्युनिटी हस्पिटलमा होलबडी जाँचको लागि ७ हजार १ सय रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ । जस अन्र्तगत छातीको एक्स –रे, ईसिजी, टीसी, डीसी, ईएसआर, एचबी, मूत्र आर/ई, मल, युरिकएसिड लगायत जाँच गराउन सकिनेछ ।

बी एण्ड बी अस्पताल, ग्वार्को ललितपुर

बी एण्ड बी अस्पतालमा पूण शरीर स्वास्थ्य परीक्षणलाई दुई समूहमा छुट्याइएको छ । पहिलो समूह अन्तर्गत जर्नल चेकअपका लागि ५ हजार ५ सय रुपैयाँ लाग्छ । यो समूहमा जनरल फिजिसियनले सल्लाह अनुसार अन्य केही चेकअप पनि थप गरिन्छ । दोस्रो समूहको परीक्षणलाई गोल्ड हेल्थ चेकअप भनिन्छ । जसको खर्च २१ हजार रुपैयाँ लाग्छ । जसमा जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र डाइटिसिन लगायतले सुझाव दिन्छन् ।

वयोधा अस्पताल, बल्खु, काठमाडौं

वयोधा अस्पतालले होलबडी चेकअपलाई ६ समूहमा बाँडेको छ । महिला तथा पुरुषको लागि छुट्टै–छुट्टै प्याकेज रहेको छ । होलबडी स्वास्थ्य परीक्षण गर्दा जनरल चेकअपको शूल्क ५ हजार ५ सय बाट सुरु हुन्छ । एड्भान्स को १३ हजार रहेको छ । पहिले जनरल परीक्षण गरेर डाक्टरले रिपोर्ट हेरेपछि अन्य परीक्षण आवश्यक पर्यो भने मात्र अन्य थप गरिन्छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा, काठमाडौँ

टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सामान्यदेखि विशिष्ट प्रकृतिका होलबडी चेक गर्दै आएको छ । यहाँ होल बडी चेकअपका लागि १० वटा प्याकेज छन् । जसको २ हजारदेखि २२ हजार रुपैयाँसम्म खर्च लाग्छ । २ हजारमा रगत तथा युरिनको परीक्षण सँगै मुटु, मिर्गौलाको पनि सामान्य चेकजाँच हुने गर्छ । २२ हजारको प्याकेजमा प्रत्येक अंगको विस्तृत रुपमा परिक्षण गरिन्छ ।

नेपाल मेडिसिटि अस्पताल, नख्खु, ललितपुर

मेडिसिटी अस्पतालले होलबडी चेकअपको लागि ५ हजार ३ सय देखि २३ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ । जसमा बेसिक स्ट्यान्डर्ड हेल्थ चेकअपको लागि ५ हजार ३ सय रुपैँया लाग्छ भने । एडभास्ड हेल्थ चेकअपको लागि २३ हजार रुपैयाँ लाग्छ ।

नर्भिक अन्तर्राष्ट्रिय हस्पिटल, थापाथली

नर्भिक हस्पिटलले नौ विधामा होलबडी चेकअपको सुविधा दिँदै आएको छ । जसमा ‘मेन हेल्थ’, ‘पोस्टकोभिड चेकअप’, ‘वुमन हेल्थ’, ‘वुमन प्रोग्रेसिप’, ‘हार्ट हेल्थ’, ‘डाइबिटिज’, ‘अर्थेटिस’ ‘बोन हेल्थ’ र ‘लिभर हेल्थ’ रहेका छन् । प्रदान गर्ने सेवा सुविधा हेरेर, महिला र पुरुषको जाँचको लागि लाग्ने खर्च फरक–फरक हुने अस्पतालले जनाएको छ ।

होलबडी चाँजका लागि कम्तिमा ३ हजार रुपैयाँ र बढीमा २० हजार ४ सय ५७ रुपैयाँ लाग्ने हस्पितलकी कस्टुमर सर्भिस पुर्णी राईले जनाइन् । उनका अनुसार प्याकेज अनुसार जाँचको खर्चमा केही तलमाथि पर्न सक्छ ।

मेडिकेयर अस्पताल, चाबहिल

मेडिकेयर अस्पतालले सामान्य स्वास्थ्य जाँचको सुविधा दिँदै आएको छ । यसमा छातीको एक्स–रे, ईसिजी, टीसी, डीसी, ईएसआर, एचबी, मूत्र आर/ई, मल, युरिक एसिड लगायत जाँच गराउन सकिने अस्पतालले जनाएको छ । यी सामान्य स्वास्थ्य जाँचको लागि बिहान खाली पेटमा गराउनु पर्नेछ । जसका लागि ७ हजार रुपैयाँ खर्च लाग्ने अस्पतालका फ्रन्ट अफिसर दिवाकार पोखरेलले जनाए ।

सुमेरु हस्पिटल, धापाखेल

धापाखेलस्थित सुमेरु अस्पतालमा ईसीजी, ईएसआर, ब्लड ग्रुप, फास्टिङ, छातिको एक्स– रे, एचबी, मूत्र आर÷ई, मल, युरिक एसिड जाँचहरु गराउन सकिन्छ । यहाँ पुरुषको जाँचलाई ८ हजार ७ सय ६३ रुपैयाँ, महिलालाई ९ हजार ७ सय ३० रुपैयाँ खर्च लाग्ने हस्पिटलले जनाएको छ ।

ह्याम्स अस्पताल, धुमब्राराही

ह्याम्स अस्पतालले होलबडी जाँचका लागि ७ वटा प्याकेज उपलब्ध गराउँदै आएको छ । जसमा अन्र्तगत ‘बेसिक हेल्थ’, ‘स्ट्यान्डर’, ‘कम्प्रहेन्सिभ’ ‘हेल्दी हार्ट’ ‘वेमन हेल्थ’ ‘एक्जुकेटिभ’ र ‘सिनियर हेल्थ’ रहेका छन् । जसको खर्च क्रमशः १ हजार ९ सय २० रुपैयाँ, ५ हजार २ सय, ९ हजार ९ सय, ५ हजार ५ सय देखि ९ हजार ४ सय (उमेर र महिला पुरुष हेरेर), १० हजार ५ सय , २४ हजार र १४ हजार ५ सय रुपैयाँ छ ।

अन्नपूर्ण न्युरो अस्पताल, माइतीघर

माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा जनरल हेल्थ चेकअप र कार्डियोलोजी चेक गर्नका लागि ४ हजार रुपैयाँ, अर्थोपेडिकका लागि ५ हजार ५ सय रुपैयाँ, एक्सकुल्टिभ (महिला र पुरुष) का लागि १०–१० हजार रुपैयाँ लाग्नेछ । यसका साथै भास्कुलरका प्याकेजमा ५ हजार रुपैयाँ र वुमन हेल्थ चेकअपमा ४ हजार खर्च हुने अस्पतालले जनाएको छ । अन्य अस्पताल भन्दा फरक यस अस्पतालमा ब्रेन चेकअप प्याकेज पनि रहेको छ । जसमा प्याकेज १ र २ गरी वर्गीकरण गरिएको छ । जसको लागि पहिलोमा २० हजार र दोस्रोमा २५ हजार रुपैयाँ खर्च लाग्ने जनाइएको छ ।

काठमाडौं मेट्रो अस्पताल, महाराजगञ्ज

मेट्रो अस्पतालले तीन वटा होलबडी प्याकेजको सुविधा दिँदै आएको छ । जसमा जनरल हेल्थ चेकअपका लागि ४ हजार ५ सय, डाईबिटिज प्याकेजको ८ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । सिएससी (कम्पिलिट हेल्थ चेकअप) यसमा होलबडी चेकअप गरिन्छ । यो चेकअपको लागि १७ हजार ५ सय रुपैयाँ खर्च लाग्ने जनाएको छ ।

अल्का हस्पिटल, जावलाखेल

अल्का हस्पिटलले होलबडी चेकअपका लािग वुमन हेल्थ, कम्प्रहेन्सिभ, कम्प्रहेन्सिभ कार्डिक, स्ट्यान्डर कार्डिक, किड्नी लगायत २० वटा प्याकेजको सुविधा दिँदै आएको छ । यी प्याकेजहरुबाट सेवा लिन कम्तिमा ३ हजार रुपैयाँ र बढीमा १६ हजार खर्च लाग्नेछ ।

ग्रीन सिटी अस्पताल, बसुन्धारा

ग्रीन सिटी अस्पतालमा होलबडी चेक जाँचलाई ५ भागमा विभाजन गरिएको छ । पहिलो ग्रुप ‘ए’ मा एक्सकुल्सिभ चेकअप प्याकेज पर्छ । जस्को शुल्क १० हजार दुई सय रुपैयाँ रहेको छ । ग्रुप ‘बी’ कम्प्रेहेन्सिभ मेडिकल चेकअप प्याकेज छ । जसको मुल्य ८ हजार ७ सय ६० रुपैयाँ पर्छ । ग्रुप ‘सी’ मा कम्प्रिहेन्सिभ कार्डिक चेकअप प्याकेज छ । जसको मूल्य ७ हजार ५ सय ३० रुपैयाँ पर्न जान्छ भने ग्रुप डी जनरल हेल्थ चेकअपमा ३ हजार ५ सय ७० रुपैयाँ शुल्क लाग्ने अस्पतालले जनाएको छ ।

ब्लुक्रस हस्पिटल, त्रिपुरेश्वर

ब्लुक्रस हस्पिटलले होलबडी चेकअपलाई ३ भागमा विभाजन गरेको छ । स्ट्यान्डर्ड चेकअप, एक्जुकेटिभ चेकअप र स्पेसल वुमन चेकअप पर्दछ । जसअन्तर्गत चिकित्सक परामर्श, सिबिसी, सुगर, कोलेस्टेरोल, छातीको एक्स–रे, पिसाबको जाँच, एसजीओटी, एसजीपीटी, क्रेटिनिन, इसिजी आदि परीक्षणहरु गरिन्छ । स्ट्यान्डर्ड चेकअपको लागि ४ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ भने एक्जिकेटिभ चेकअपको लागि १२ हजार ७ सय ६० रुपैँया शुल्क पर्दछ । स्टयान्र्डड चेकअपको भन्दा विस्तृत रुपमा चेकअप गर्ने भएर एक्जिकेटिभको शुल्क बढी पर्न जान्छ । त्यस्तै स्पेसल वुमन हेल्थ चेकअपको लागि ८ हजार ८ सय शुल्क लाग्ने अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस् :
केडिसी अस्पतालमा ‘होलबडी’ चेकअप गर्दा १५ प्रतिशत छुट
नेपालमा अंगदान र चुनौती
यस्तो छ अंगदानको कानूनी प्रकिया
अंगदानलाई नागरिकको पहुँचमा पुर्याउन सरकारलाई सुझाव
नेपालमा दिर्घरोगका बिरामीको ग्राफ उकालो लाग्दै– २ वर्षयता कोरोना महामारी मूख्य कारक बन्दै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली