English

युवा नेतृ रञ्जु दर्शनाको नजरमा पढ्नै पर्ने ३ पुस्तक



विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शना फूर्सदको समय पुस्तक पढेर बिताउँछिन् । त्यसो त उनले थुप्रै पुस्तक पढिसकेकी छिन् । उनको सिफारिसमा पढ्नै पर्ने ३ पुस्तक यस प्रकार छन् :

योगमाया

मलाई मन पर्ने पुस्तकहरूमध्ये पहिलो नम्बरमा नीलम कार्की निहारिकाको योगमाया पर्छ । अन्धकारबाट उज्यालोतर्फ मोडिएको कथा हो योगमाया । १०० वर्ष अगाडी पनि जातभातको कुरालाई नमान्ने, राणाहरुको अगाडि एकदमै बलियो भएर उभिने योगमायाको कथा मलाई एकदमै प्रेरणादायी लाग्छ । योगमायाले कुनै पनि सुविधा बिनै समाजसँग लडेको चित्रण गरिएको छ । त्यसैले यो पुस्तक मलाई एकदमै मन पर्छ र मैले धेरै जनालाई यो पुस्तक उपहार पनि दिएको छु ।

पर्खाल भित्र र बाहिर

पारिजातद्वारा लिखित पुस्तक पर्खाल भित्र र बाहिर पनि मलाई एकदमै मन परेको पुस्तक हो । साहस र समाजले निर्माण गरेको नदेखिने पर्खाल भत्काएको कुराहरु परिजातको किताबमा पाइन्छ । परिजात आफैँ पनि कम्युनिष्ट विचारधारा अपनाउने मान्छे भएकाले मलाई उहाँको पुस्तक मनपर्छ । राजनीतिक पृष्ठभूमिको निम्न वर्गिय र मध्यम वर्गियहरुको धेरै कुराहरु छर्लङ्ग हुने भएर पनि मलाई पर्खाल भित्र र बाहिर मन पर्छ ।

द अल्केमिस्ट

पाउलो कोएल्होको द अल्केमिस्ट मात्र हैन प्राय सबै पुस्तकहरु मलाई मनपर्छ । जीवनलाई एकदम सहज तरिकाले लिन र सपनालाई पुरा गर्न यो पुस्तकले सिकाउँछ । कोएल्होको पुस्तकमा मायालाई एकदमै फराकिलो तरिकाले व्याख्या गरिन्छ ।

यो पनि पढ्नुहोस् ।
ब्लु डायरी – जीवन बुझ्न पढ्नैपर्ने पुस्तक
साहित्यकार अमर न्यौपानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक
अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested