English

सांसद शान्ता चौधरीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



प्रतिनिधि सभा सदस्य शान्ता चौधरी थोरै मात्र फूर्सदिली भइन् भने पुस्तक पढ्न थाल्छिन् । व्यस्त समयका बाबजुत पनि उनले अहिलेसम्म थुप्रै राम्रा पुस्तक पढिसकेकी छिन् । पढ्ने बानीले मानिसलाई वौद्धिक बनाउने उनको मान्यता छ । ‘कम्लहरीदेखि सभासद्’ सम्म नामक उनको आत्मकथा समेत प्रकाशित भइसकेको छ । तर, आज यहाँ उनले आफूलाई मनपर्ने ३ पुस्तकका बारेमा यसरी बताइन् :

जीवन काँडा कि फूल

जीवन काँडा कि फूल झमक घिमिरेद्वारा लिखित आत्मकथा हो । यो पुस्तकमा झमकले आफूले भोगेको पीडा र सङ्घर्षको गाथा व्यक्त गरेकी छिन् । २०६८ सालमा उनले यो पुस्तकबाट मदन पुरस्कार समेत पाएकी थिइन् । यसै पुस्तक पढेर मैले ‘कम्लहरीदेखि सभासद्सम्म’ लेख्ने प्रेरणा पाएँ । मान्छेहरुले चाहेको खण्डमा जे पनि गर्न सक्छन् भन्ने सन्देश यस पुस्तकले दिन्छ । त्यसैले मलाई मन पर्ने पुस्तकहरुको सुचिमा यो एक नम्बरमा पर्छ ।

प्रयोगशाला

कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माद्धारा लिखित पुस्तक प्रयोगशाला नेपालमा तत्कालिन समयमा शसस्त्र विद्रोह गरिरहेको माओवादीलाई केन्द्रमा राखेर लेखिएको पुस्तक हो । राजतन्त्र र भारतीय संस्थापनसँग माओवादीको उत्तार चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, प्रयोगशाला नेपाली राजनीतिको संक्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो । म आफैँ पनि राजनितिमा भएको कारणले मलाई यो पुस्तक पनि असाध्यै मन परेको थियो ।

सेतो धर्ती

अमर न्यौपानेद्वारा लिखित सेतो धर्ती पनि मैले पढेका पुस्तकहरु मध्ये एकदमै मन परेको पुस्तक हो । जीवनको उत्तारचढावको बारेमा यो पुस्तकमा राम्रोसँग लेखिएको छ । विगतको समयमा भएका कुरितीहरुलाई यसमा समेटिएको छ । न्यौपानेले एकल महिलाको गर्भ देखि मृत्यु प्रतिक्षाको समयमम्म्मको कथालाई उपन्यासको रुप दिएका छन् । यस पुस्तकले वि.सं २०६८ सालमा मदन पुरस्कार समेत जितेको थियो । पाठकहरुको लागि यो पुस्तक एउटा राम्रो सिफारिस हुन सक्छ ।

यो पनि पढ्नुहोस् ।
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested