English

कुन च्याउ खाने, कुन नखाने ?



नेपालमा खान हुने च्याउ १ सय ४७ किसिमका रहेका छन् भने सय किसिमका विषालु र ७५ किसिमका च्याउ औषधिका लागि उपयोगी छन् । वर्षेनी बिषालु च्याउ खाएर ज्यान गुमाएको घटना बाहिरिने गरेको छ । गाउँघरमा बर्खाको सिजनमा पाइने च्याउबारे यथार्थ थाहा नभएर अकालमै ज्यान गुमाएका छन् । च्याउको बारेमा प्रचलित भ्रम र यथार्थबारे वरिष्ठ च्याउ विज्ञ डा.महेशकुमार अधिकारी यसो भन्छन् ।

भ्रम

–कुनै पनि च्याउ चाँदीको चम्चाले चलाउँदैमा कालो हुँदैन । तर कुनै पनि च्याउ पकाउँदा चम्चा र प्याज, लसुनलाई कालो बनाउँदैन ।


– टिमुरले बिषालु च्याउको विष मार्दैन । च्याउमा टिमुर राखेर पकाउँदा च्याउको विषालुपन मर्छ भनिन्छ, तर त्यो सत्य होइन यसले टर्रो मात्र बनाउँछ ।


– दूध आउने च्याउ कुनै खान मिल्ने हुन्छ भने कुनै नमिल्ने हुन्छ । दूध आउने च्याउ नचिनि खानु हुँदैन । यस्तोे च्याउ खाएमा खुर्सानीको पीरो जस्तै पर्पराउँछ ।


– गोबर र रुखमा उम्रिएको च्याउहरु कतिपय मीठो हुन्छ र कतिपय बिषालु, त्यसैले यस्ता च्याउ नचिनि खानु हुँदैन ।

–किरा फट्याङ्राले खाएको च्याउ बिषालु हुँदैन भनिन्छ । तर यो सत्य होइन, च्याउ नचिनेर खाँदा मान्छेको ज्यान पनि जान सक्छ ।


–चिप्ले किराले खाएको च्याउ खानै हुँदैन भन्ने होइन ।


–चम्किलो रङ भएका च्याउ खान हुने र नहुने दुुवै छन् ।

–कत्ला भएको च्याउ खान हुन्छ भन्ने मान्यता भएपनि खान नहुने च्याउ पनि थुप्रै छन् ।

यथार्थ

–यार्सागुम्बा जातको च्याउ खाँदा शरीरलाई कुनै असर गर्दैन ।


–नेपालमा खेती गरिएका १० प्रजातिका च्याउले कुनै क्षति नगर्ने भएकाले यस्ता च्याउ खान मिल्छ ।


–विषालु च्याउ छुट्याएर धेरै आधार नभएका कारणले आफूलाई जानकारी नभएको च्याउ खानुहुँदैन ।

–जंगली च्याउ नबुझिकन, नसोधिकन, नजानिकन, नचिनिकन नखाने ।


–जंगली च्याउ विज्ञलाई देखाएर मात्र खानुपर्छ ।

यो पनि पढ्नुहोस्
के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
मेलम्ची नगरपालिकालाई कामपाको दुई करोड सहयोग
कोरोनाकालमा खुलेको उद्यमको बाटो
मोटोपना कसरी थाहा पाउने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested