दुई हजार बढी मजदूर भारत पलायन



भारतमा महामारी फैलिएपछि करिब एक महिना पहिले भारतमा मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्किएका कैलालीको गोदावरीका श्यामकुमार चौधरी शुक्रवार परिवारसहित भारत लागे ।

महामारीका बीचमा भारतबाट रोगको डरले घर फर्किएका श्याम अहिले रोगभन्दा पनि भोकको डरले फेरि भारत फर्कन लागेको सुनाउँछन् । ‘घर आउने बित्तिकै निषेधाज्ञा शुरु भयो, भारतबाट आउँदा ल्याएको पैसा पनि सकियो, यहाँ काम पनि छैन बाँच्न गाह्रो भो त्यसैले बरु रोग लागेर मरे मरिएला तर भोकबाट त बचौँ भन्ने लागेर भारतको बैङ्गलोर जान लागेको हो’, श्यामकुमारले भने । यस्तो समयमा जान मन नभए पनि भोको पेटका लागि जानैपर्ने अवस्था रहेकाले जान लागेको श्यामकुमारकी श्रीमतीले गुनासो गरिन् । हातमा दुधे बालक च्यापेकी उनले यहाँ बसे रोगभन्दा पनि भोकले मर्नुपर्ने अवस्था आयो त्यसैले फर्किन लागेको बताइन्।

भारतमा स्थिति भयावह हुँदा नेपाल फर्किएकाहरू बिहान–बेलुकाको छाक टार्नसमेत मुस्किल हुन थालेपछि उनीहरू पुनः रोजगारीकै लागि भारत जान थालेका हुन् ।

महामारीबाट बच्न घर फर्किएका आफूहरू महामारीकै बीचमा फेरि पनि भारत फर्कनुको कारण भोककै पीडा भएको भारतको पञ्जाब जानका लागि गौरिफन्टा नाकामा भेटिएका हर्क लामाले गुनासो गरे । भारतमा कोरोना महामारी डरलाग्दो गरी फैलिएपछि एक महिना पहिले नेपाल फर्किएका लामाले स्वदेशमा बिहान बेलुकाको छाक टार्नसमेत मुश्किल हुन थालेपछि पुनः भारत जान बाध्य भएको बताए । ‘रोगको डरले भारतबाट नेपाल आए, तर फेरि भोकको डरले भारत नै फर्कँदैछु’, लामाले निन्याउरो अनुहार लगाउँदै दुखेसो पोखे ।

घरमा खानलाउनकै समस्या भएपछि श्यामलाल र हर्कजस्तै भोकले सताएको कारण भारतबाट आएको दुई महिनामै फेरि फर्कन लागेका कैलालीका मोहन विक पनि कमाउने कुनै बाटो नभएकाले उतै जान लागेको बताउँछन् । भारतमा कोरोना बढेर स्थिति भयावह भएपछि ज्यान जोगाउन स्वदेश फर्किएका नेपालीहरू अहिले धमाधम भारत जान थालेका छन् । भारतमा स्थिति भयावह हुँदा नेपाल फर्किएकाहरू बिहान–बेलुकाको छाक टार्नसमेत मुस्किल हुन थालेपछि उनीहरू पुनः रोजगारीकै लागि भारत जान थालेका हुन् ।

‘रोगको डरले भारतबाट नेपाल आए, तर फेरि भोकको डरले भारत नै फर्कँदैछु’, लामाले निन्याउरो अनुहार लगाउँदै दुखेसो पोखे ।

कैलालीमा निषेधाज्ञा जारी छ तर यसैबीच गौरीफन्टा नाका भएर दुई हजारभन्दा बढी नेपाली भारत पलायन भइसकेका छन् । अहिले सीमामा नेपाली नागरिकलाई भारत जान रोक छैन भने भारतीय नागरिकलाई नेपाल आउन रोक लगाइएको छ ।

यो पनि पढ्नुहोस्
डा. भोला रिजालको नजरमा पढ्नै पर्ने ५ पुस्तक
‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
आत्मानुशासन नै कोरोनाको औषधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई